Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बङ्गलादेशको विद्रोहको आगो नेपालमा सल्किन्छ ?
    कनकाई नगरपालिका

    बङ्गलादेशको विद्रोहको आगो नेपालमा सल्किन्छ ?

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८१ श्रावण ३२, शुक्रबार २१:४३ गते6 Mins Read

    नेपालमा राजनीतिप्रति वितृष्णा र राजनीतिक नेतृत्वप्रति जनताको आक्रोश यति धेरै बढ्दै गएको छ कि “अब पनि यिनै कुरूप दलहरूबाट सुन्दरताको कल्पना गर्नु हाम्रो अन्धोपना बाहेक केही होइन” भन्ने युवा जमात बढ्दो छ । निरङ्कुश सत्ता विरुद्धमा बङ्गलादेशका युवा विद्यार्थीले आरक्षणको विषयलाई लिएर उठाएको आन्दोलन यति भयङ्कर भयो कि त्यसले डेढ दशकदेखि जरा गाडेर बसेको शेख हसिनाको अकण्टक सत्तालाई चकनाचुर पारेर गर्ल्यामगुर्लुम ढाल्यो । आन्दोलन उठाउँदा हसिनाको सत्ता हटाएर के गर्ने भन्ने थिएन, तर सत्ताबाट हसिनालाई हटाउने भन्ने थियोे । नेपालमा पनि बङ्गलादेशमा भएको हेरफेरको प्रभाव पर्ने आँकलन गरिएको छ, तर कसका विरुद्ध कसले आन्दोलन उठाउने कुरा स्पष्ट छैन । मितको छोरा शहिद बनोस् र आफ्नो छोरा शहिदको सपना पुरा गर्न सत्ताको कुर्सीमा बसोस् भनेर सोच्ने नेतृत्व भएको मुलुकमा आन्दोलन उठ्न सक्ने मलिलो जमिन छ, विद्रोहको आगो सल्काउने घरेलु र बाह्य कारण विद्यमान रहेको अवस्थामा कुन बेला कहाँ कुन विषयमा असन्तुष्टिको ज्वाला दन्किने हो यसै भन्न सकिन्न । आजका युवाहरू राजनीतिक दलमा आबध्द युवालाइ झोले र अन्ध समर्थक भन्छन् ।

    जतिसुकै निकम्मा भए पनि तिनकै निर्देशनमा काम गरिरहने, तिनकै वरिपरि झुम्मिने इमान्दार तर विवेकहीन कार्यकर्ता र जनताको सोझोपनको फाइदा उठाउँदै सर्वदा कुकर्ममा लिप्त हुने प्रचलनलाई संस्थागत बनाएको भन्दै आक्रोश पोख्ने गरिएको छ । दलका कार्यकर्ता तथा नेपाली जनता र मतदाताले विवेक प्रयोग गर्न ढिला भइसकेको छ भन्ने स्वतन्त्र मानिएका युवाको आरोप छ । नेपालको संविधान २०७२ जारी भए पछिको दोस्रो आमनिर्वाचन पछिको १ वर्ष व्यतीत भइसकेको छ । जनताको अभिमतद्वारा निर्मित संविधानसभाबाट संविधान निर्माण गरिएको पनि ८ वर्ष बितिसकेको छ । डेढ वर्षअघि जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई चुनावी सम्बोधनका क्रममा एक युवकले गोली हानी हत्या गरे । यस्ता विशिष्ट व्यक्तिको जापानमा गोली हानी हत्या गरिएका घटना विरलै हुने गरेका थिए । जापानलाई आधुनिक जापान बनाएका आबेको हत्याले विश्व नै आश्चर्यमा प¥यो । नेपालमा पनि यस्तै आक्रोश बढ्ने र अप्रिय घटना घट्ने क्रम बढ्दो छ र यसले सबैमा चिन्ता बढ्दो छ । वर्तमान राजनीतिक नेतृत्वप्रति आमजनमा चरम असन्तुष्टि र आक्रोश छ । नेताप्रतिको आक्रोश र आक्रमणका पछि नेताहरूको कमजोरी मात्रै कारण हो कि अरु पनि कारण छन् भनेर विचार विमर्श गर्न आवश्यक छ । जनताका हृदयमा नेताप्रतिको जुन विश्वास थियोे, सो अनुरूप उनीहरूबाट कार्यसम्पादन हुने सकेन र विश्वासमा तुषारापात भएको हो । कतिपयले जनताको यो आक्रोश र निराशालाई राजतन्त्र वा राजाप्रतिको आकर्षक भनी अर्थ लगाइएका छन् । पटक–पटक सत्ताको बागडोर सम्हालेका शीर्ष नेताहरूले योग्यता प्रदर्शन गर्न नसकेको सत्य हो । तर, तिनको नालायकीको अर्थ जनताले विस्थापित भइसकेको र निरङ्कुशतन्त्रको हिमायती राजसंस्थालाई विकल्पका रूपमा हेरेका छैनन् ।

    सरकार र सरकारी निकायप्रति जनतामा चरम निराशा र अविश्वास देखिन्छ । तथ्यमा भन्दा मिथ्यामा रमाउने र सत्तालिप्साको खेलमात्रै खेल्ने गरेकाले नेपाली नेताहरूप्रति जनतामा वितृष्णा र आक्रोश समेत बढ्दै गएको एक देखिन्छ । सरकारप्रति समेत नागरिकमा विश्वास घटिरहेको देखिन्छ । नागरिकको सबैभन्दा कम विश्वास राजनीतिक दल र नेताहरूप्रति देखिएको छ । राजनीतिक दलका नेताहरूको बोली र व्यवहारमा आकाश–जमिनको फरक छ । तथ्यहीन कुरा गरेर खालि आश्वासन मात्रै बढी दिने गर्नाले नेतालाई जनताले पत्याउन छाडेका हुन् । घोषणा पत्रमा महत्वाकांक्षी योजना लेख्ने, ठूलठूला भाषण गर्ने तर कार्यान्वयन पक्ष अति नै फितलो हुनाले देशको अवस्था जर्जर हुँदै गएको र युवाहरू पलायन हुने क्रम पनि बढ्दै गएको छ । राजनीतिक दल र नेताप्रति नागरिकको वितृष्णा र अविश्वास पैदा हुँदा लोकतन्त्र र लोकतान्त्रिक मूल्यमान्यतामा नै खतरा उत्पन्न हुनसक्छ । त्यसैले, नेता र सरकारी कर्मचारीको कार्यशैली रूपान्तरण, व्यवस्थित र जनमुखी हुनु आजको प्रमुख आवश्यकता हो । दूरदृष्टि भएका मान्छे राजनीतिमा नआउनु, अदूरदर्शी र पुरातन सोचको जगमा जनतालाई भुल्याउने÷अलमल्याउने नेताहरूको भनाइ र गराइमा तालमेल नमिल्नुले उनीहरूप्रति अविश्वास बढिरहेको छ । नागरिकको आशामा पटक–पटक चिसो पानी खन्याइएको छ र राज्यमा स्वेच्छाचारिता, भ्रष्टाचार र मनोमानी झनझन बढ्दै गएको छ ।

    भ्रष्टाचार, बेरोजगारी, विदेश पलायन आदि असन्तुष्टिका मूल कारण हुन् । शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित नयाँ दलका नयाँ अनुहारहरू रवि लामिछाने, स्वर्णिम वाग्लेप्रति पनि जनताको असन्तोष रहेको छ । भ्रष्टाचार, घोटाला र बेथितिका समाचारहरुले प्रमुख स्थान पाएका छन् यतिबेला पनि । राणा, पञ्च र राजा फालेपछि मुलुकमा कायापलट हुन्छ भन्ने आशा जगाइएको थियो, तर दिनप्रतिदिन मुलुक खोक्रो बन्दै छ । मुलुक वैदेशिक ऋणले मुलुक चुर्लुम्म डुबेको छ । महँगीको मारले जनता थिचिएका छन् । उद्योग कलकारखाना बन्द छन् । स्वदेश बस्ने मानिसको आय घटेर जहान परिवार पाल्न धौ–धौ हुने स्थिति देखिएको छ । अवस्थामा सुधार नआएमा अवश्य नै जनताले विद्रोहको स्वर प्रस्फुटन गर्ने छन् । वर्गीय विभेद र शोषण दमनको नष्ट गरी समाजवाद कायम गर्ने सपना फगत सपना भएको छ । स्वदेशमा भोकै मर्नुपर्ने र विदेशमा पनि शोषण, दमन र अत्याचारमा मर्नुपर्ने युवाको नियति भएको छ ।

    अबको विकल्प के हुन सक्छ ? दलविहीन व्यवस्था वा व्यक्तिकेन्द्रित समाधान स्थायी हुन सक्दैन । दलीय भूमिका कमजोर, अस्पष्ट, सङ्कीर्ण र अनुदार भएका कारण नेपाली जनताले दुःख पाएका हुन् । राजनीतिक दललाई लोकतन्त्रको आधारशिला भनिन्छ । दलगत शासन उत्तरदायी शासनको महत्त्वपूर्ण सिद्धान्त हो । राजनीतिक दल उत्तरदायी शासनको अविभाज्य अङ्ग हो । राजनीतिक दलबिना लोकतन्त्रको कल्पनासम्म पनि गर्न नसकेका पश्चिमी विद्वान्हरू छन् । राजनीति भनेको राज्यविषयक विज्ञान हो । प्राचीन र प्रारम्भिक राजनीतिक विद्वानहरूले विज्ञानको रूपमा राजनीतिलाई मानेका छन् । आधुनिक राजनीतिक वैज्ञानिकहरूले राजनीतिलाई सर्वश्रेष्ठ नीतिका रूपमा विस्तृत अर्थमा प्रयोग गरेका छन् । हिजोआज राजनीति भन्नाले व्यावहारिक राजनीति भन्ने बुझिन्छ र यसको प्रयोग या त राजनीतिक दललाई नियन्त्रण गरी कुनै खास सरकारी पदमा पुग्ने कलाका लागि गरिन्छ या सरकारको नीतिलाई निर्देशित गरी कुनै खास लक्ष्यतर्फ अभिमुख गराउने कलाका लागि गरिन्छ ।

    समाजसेवा, खेलकुद, व्यापार, शिक्षालगायत क्षेत्रमा गुटबन्दी भएमा राजनीति घुस्यो भनेर भनिन्छ । वस्तुतः हिजोआज राजनीति विकृत अर्थमा प्रयोग गरिन्छ । वास्तवमा राजनीतिक दलले राज्य सञ्चालनको प्रमुख भूमिका खेल्दछन् । तर अचेल राजनीति भन्नाले छक्कापञ्जा, छलछाम, गुटबन्दी र स्वार्थको खेललाई बुझिन्छ । यो राजनीतिको सङ्कीर्ण परिभाषा हो । दलीय व्यवस्थामा राजनीतिक दलका कमजोर भूमिकाका कारण सबै क्षेत्रमा समस्या सिर्जना हुन्छन् । पहिलो कुरा राजनैतिक दलले आफ्नो कर्तव्य र गरिमालाई बोध गर्न सकेमा मात्र लोकतान्त्रिक व्यवस्थाको महत्त्व स्थापित हुन्छ । आधुनिक शासन–व्यवस्था लोकमतमा निर्भर छ । हरेक राजनैतिक दलले आफ्नो जनताप्रतिको दायित्व र मुलुकप्रतिको उत्तरदायित्व बुझ्न जरुरी हुन्छ । स्थानीय, क्षेत्रीय र राष्ट्रिय समस्या र तिनका समाधानका लागि दलहरूले सक्रियता, सबलता र सक्षमतापूर्वक चिन्तनमनन र विचारविमर्श गर्नुपर्छ । बनेका नीतिनियम र योजना–परियोजनालाई सफलताका साथ कार्यान्वयन गर्ने मूल दायित्व राजनीतिक दलकै हो । नेपालमा नेपाली काङ्ग्रेस र एमालेजस्ता दलले मुलुकको विकास, सुरक्षा, विदेश सम्बन्ध, शिक्षा नीति लगायतका विषयमा आफ्नो धारणालाई प्रभावशाली बनाउनका नसकेको कारणबाट आजका समस्या सृजना भएका हुन् ।

    दलको अभावमा स्वतन्त्रताको अभाव रहन्छ । प्रतिनिधिमूलक लोकतन्त्रको सफलता राजनीतिक दलहरूउपर नै निर्भर छ । राजनीतिक दलविना लोकतान्त्रिक शासन व्यवस्था चल्न नसक्ने कुरा जगजाहेर छ । राजनीतिक दलहरूले नै मनुष्यका अस्पष्ट तथा परस्पर विरोधी विचारहरूलाई रूप र आकार प्रदान गर्दछन् । राजनीतिक दल नहुने हो भने सिद्धान्तको एकीकृत अभिव्यक्ति हुन सक्तैन, नीतिको नियमित विकास असम्भव हुन जान्छ, नियमित रूपले निर्वाचनको वैधानिक उपाय प्रयोग गर्ने तरिका समाप्त हुन जान्छ र ती समस्त संस्थाहरूको अन्त्य हुन जानेछ जसको माध्यमबाट राजनीतिक दलले शक्ति ग्रहण गर्दथ्यो र तिनलाई जीवित राख्ने प्रयत्न गर्दथ्यो । राजनीतिक दल जनमत निर्माण र जनताको विचार अभिव्यक्तिको महत्त्वपूर्ण साधन हो । राजनीतिक दलले जनताप्रतिको कर्तव्यबोध गरेमा लोकतन्त्र सबल हुन्छ र मुलुक खिचातानीबाट मुक्त भएर सकुशल प्रभावशाली, समृद्ध र विकसित हुनसक्छ ।

    त्यसैले अबको विकल्प भनेको नेताहरु सच्चिएर आउनु, जनतासँग माफी माग्नु, मुलुकको नेतृत्वमा नयाँ पुस्तालाई अगाडि सार्नु हो । विकल्प दिन सकिएन भने जनताको विद्रोह स्वभाविक रूपमा प्रकट हुनेछ । अर्को श्रीलङ्का वा अर्को बङ्गलादेश नेपालमा नदोहोरिएला भन्न सकिन्न ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.