Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ऐतिहासिक ज्ञानमाला वंशावली, एक सूत्र अध्ययन
    कनकाई नगरपालिका

    ऐतिहासिक ज्ञानमाला वंशावली, एक सूत्र अध्ययन

    कनकाई खबरBy कनकाई खबर२०८१ श्रावण ७, सोमबार १३:४४ गते5 Mins Read

    ऐतिहासिक ज्ञान माला वंशावली, कवि खेमनाथ अधिकारीद्वारा लिखित एक छास्मिसे सङ्ग्रह हो। मुख्यतया आफ्नै एघारौँ पुस्ताका पुस्ताहरूको वंशावलीलाई कवितात्मक रूपमा प्रस्तुत गरेको यस सङ्ग्रहले अन्य विषय सन्दर्भहरु जस्तै ,जीवन भोगाइका यावत् विषयवस्तुहरू ,समसामयिक परिस्थिति,अमेरिका यात्रा वर्णन, निर्मला पन्तको बलात्कार पछिको हत्या, आफ्नै वधुको स्वर्गारोहणपछिको वियोगमा छट्पटाएको परिस्थिति एवं धार्मिक तथा अन्य विषयहरूलाई पनि त्यत्तिकै उठाउन सफल भएको छ ।

    विसं २००८ सालमा पिता लेखनाथ अधिकारी तथा माता लक्ष्मीदेवी अधिकारीको जेठो छोराका रुपमा जन्मनुभएका कवि खेमनाथ अधिकारीले औपचारिक अध्ययनका त्यति विघ्न प्रमाणपत्रहरू प्राप्त नगरे तापनि अनौपचारिक रुपमा धार्मिक एवं सांस्कृतिक विषयका निकै ठूलाठूला ठेलीहरूको अध्ययन गरेको कुरा उहाँले यसै संग्रहमा लेखकको भनाइका सन्दर्भमा आशयका रुपमा व्यक्त गर्नुभएको छ । रामायण महाभारतको अध्ययन गर्दै गर्दा उक्त कृतिहरूको लयमा आफूलाई पनि विभिन्न विषयमा विभिन्न विषयवस्तुहरू गुनगुनाउने रहर जागेको कारणले गर्दा यो वंशावली सहितका अन्य कविताहरू रामायण एवं महाभारत कृतिकै लयमा लेख्न मन लागेको कारणले आफूले यस कृतिलाई जन्म दिएको कुरालाई समेत कविले लेखकको भनाइका सन्दर्भमा प्रस्तुत गर्नुभएको छ।

    सात दशक पार गरिसकेको सन्दर्भमा पनि वंशावलीजस्तो खोज एवम् अनुसन्धानको विषयलाई विभिन्न ठाउँमा घुमेर सङ्कलन गरी तयार पारिनु वास्तवमै यो चानचुने कार्य हैन तथापि, आँटे केले छेक्दो रहेछ ,भन्ने भनाइलाई उहाँले सहज रुपमा चरितार्थ गरी देखाइदिनु भएको छ। माथि नै भनियो संग्रह वंशावलीमा मात्र सीमित छैन। यहाँ कवि मनका अनन्त लेखन अनुभूतिका अजस्र क्षणहरू प्रशस्त रुपमा पोखिएका छन् । वंशावलीकै सन्दर्भमा नै किन नहोस् कवि अधिकारीले बडो लयात्मक रूपमा वंश वर्णनलाई कविताका माध्यमबाट यसरी पोख्नु भएको छ।

    युवनाथ भनेर कान्छा रहेछन् भार्या तुलसा अरे

    यिनी दम्पतिमा पनि बुझिलिँदा छ भाइ छोरा भए।

    संग्रहको अर्को महत्वपूर्ण दस्तावेज भनेको कवि आफैंले केही वर्ष अगाडि घुमेको अमेरिकाको यात्रा वर्णन हो। श्लोक सङ्ख्या नदिए पनि नेपाली लोकलय अझभन्दा झ्याउरे लयका झन्डै २०० श्लोकमा रचना गरिएको यस यात्रा वर्णनले कवि आफैंले प्रत्यक्ष घुमेर अवलोकन गरेका विभिन्न ठाउँहरूको वस्तुस्थिति एवं त्यहाँको रहनसहन, परिवेश र वातावरणलाई यहाँ कविताका माध्यमबाट कविले बडो सटिक ढङ्गले प्रस्तुत गर्नुभएको छ। अमेरिका यात्रा शीर्षकभित्र पनि कविले विभिन्न उपशीर्षकहरू राख्नुभएको छ जस्तै डाउनटाउन, विश्वविद्यालय, नाउ खेल्ने पोखरीमा, क्यानवी लेक आदि। यी हरेक उपशीर्षकहरु भित्र तत् तत् स्थानका विभिन्न रोमाञ्चक परिदृश्यहरूलाई कविताका माध्यमबाट कविले यसरी पोख्नुभएको छ।

    डाउन टन भनेर नाम सुनियो बजार बोस्टन भयो,

    जमिन मुनि त सय फुट तल गई संसार अर्को भयो।

    तलको बजार कसरी बनियो आश्चर्य लाग्ने भयो,

    सुरुङ हानेर बनियो कि अथवा संसार अर्कै छ यो।।

    कविले अमेरिकाको आश्चर्य चकितताको अर्को सन्दर्भलाई प्रस्तुत गर्दै, नाउ खेल्ने पोखरीमा, शीर्षकको कवितामा आफ्नो अनुभूतिलाई यसरी व्यक्त गर्नुभएको छ।

    दुई चेली तरुणा अवस्थाका थिए चार दाविला लिकन,

    पोखरी छेउ राखी फेरि ती गए फर्केर नाउ लिन।

    नाउ पोखरी छेउ राखी तिनले दाबिला जोडे पनि

    झोडे दाबिला चालु गर्ने भएछन् पोखरी गहिरो छ नि।।

    कविले प्रस्तुत पोखरीको सन्दर्भ समुद्रको विषयमा उठाइएको हुनसक्छ । आफ्नै लोक लयको रुझानमा लेखिएको यस कविताले त्यहाँका मानिसहरू समुद्रलाई पनि गहिरो नठानी जसरी हामीले पोखरीमा आफ्ना नित्यकर्महरू गरिरहेका हुन्छौं त्यसरी नै उनीहरुले पनि समुद्रमा ती कर्महरू गरिरहेका हुन्छन् भन्ने व्यङ्ग्य सन्दर्भलाई प्रस्तुत गर्नुभएको छ।

    कविको कलमले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछिको हत्याको सन्दर्भलाई उठाउने कुरामा कतै कन्जुस्याई गरेको छैन। हरेक नयाँ सरकारको नयाँ बन्ने गृहमन्त्रीकोआफ्नो मूल नारा निर्मला पन्तको बलात्कारी एवं हत्यारा पत्ता लगाउने कुरा नारामा मात्रै सीमित भएको तर्फ इङ्गित गर्दै अनुसन्धानलाई चुस्त दुरुस्त पारी तत्काल बलात्कारीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन समेत आग्रह गर्नुभएको छ। कवि शङ्का गर्दै भन्नुहुन्छ कतै यो ढाकछोप पार्ने नियत त होइन र,

    आन्दोलन ठूलो भयो त्यो ठाउँमा अश्रु र गोली चले,

    घाइते कति छन् अपाङ्ग कति ता कसैका ज्यानै गुमे।

    व्यक्ति निर्दोषीलाई ती पुलिसले पक्री देखाएछन्,

    जाली पुलिस नै भए त्यस कारण आन्दोलन चर्कियो झन्।।

    यस संग्रहमा कविले हाम्रा चाडबाड ,रीतिरिवाज, परम्परा आदिलाई पनि कविताका माध्यमबाट मिही ढङ्गले प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ। हाम्रा दशैं, तिहार, बुद्धपूर्णिमा ,साकेला, तीज आदि जस्ता परम्पराहरू क्रमश क्षयीकरण भएकातर्फ इंगित गर्दै कविले ती चाडपर्व, परम्पराहरूलाई बचाउन सबै एकजुट भई अघि बढ्नु पर्ने कुरालाई कविताका माध्यमबाट व्यक्त गर्नुभएको छ। चाडपर्व मासिए इतिहास मासिने भन्दै हाम्रो इतिहास बचाउन चाडपर्वलाई समेत बचाउनुपर्ने कविको तर्क छ।

    कवि ज्योतिषशास्त्रमा समेत दखल राख्ने व्यक्तिका रुपमा स्थापित हुनुहुन्छ। उहाँले कविताकै माध्यमबाट भद्रा हेर्ने ,योगिनी हेर्ने ,यम घण्टा योग हेर्ने ,आदि जस्ता कुराहरुलाई कविताकै माध्यमबाट अत्यन्तै सरल रूपमा प्रस्तुत गर्नुभएको छ। कविता संग्रहभित्र नवग्रह भित्र पर्ने विभिन्न देवीदेवताहरूको स्तुति, पुण्य तीर्थका लागि गरिएका देवी देवादिको भक्तिगान, बिहानै ओछ्यानमै बसी हात हेरी दिनको शुभ शुभारम्भ गर्ने श्लोक, अनेक देवी देवताहरूको स्तुति गरी उक्त स्तुतिबाट प्राप्त हुने फल, छोरीको विवाहको सन्दर्भ, धर्म नीति, वेदको सामान्य परिचय, आफ्नो जन्मथलो एवं कर्मथलोको इतिहास तथा ती थलामा आफूले गाउने पुराना गीतहरूको सन्दर्भलाई समेत कवितामा कविले छुटाउनु भएको छैन भने विश्वलाई नै स्तब्ध बनाउने कोरोना महामारी अनि त्यसले पारेको प्रभाव र असरलाई समेत कविताका माध्यमबाट कविले प्रस्तुत गर्नुभएको छ।

    यस सङ्ग्रहको अन्त्यमा वधु वियोग शीर्षकको करूण रसप्रधान वियोगान्त कवितालाई राखिएको छ। जसमा कविले वर्ष दिनअघि मात्रै आफ्नी छोरी समानकी बुहारी गुमाउनु पर्दाको पीडालाई व्यक्त गर्नुभएको छ। बुहारी अम्बिका बिरामी भएदेखि स्वर्गारोहणसम्मको विषयलाई अत्यन्तै भावुक भई कविले कवितात्मक भावमा पस्कनुभएको छ, लाग्दैन, यी कविताका पंक्तिहरू हुन् बरु लाग्छ, छोरी समानकी बुहारी गुमाउनु पर्दाको बियोगपत्र हो।

    अन्त्यमा ऐतिहासिक ज्ञानमाला वंशावली कवि खेमनाथ अधिकारीको पहिलो प्रकाशनमा आएको वंशावली सहितको कविता संग्रह हो। विभिन्न विषयहरूलाई एउटै संग्रहमा राखी प्रकाशन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको यस सङ्ग्रहले सात दशक पार गरिसकेपछि पनि यदि व्यक्ति सिर्जनशील भए उसले कविता संग्रह जस्तो गहन विषयलाई पनि सिर्जना गर्न सक्छ भन्ने सन्देश दिएको छ। संग्रहभित्र केही वर्णविन्यासीय त्रुटिहरु पनि छन्। यी त्रुटिहरूलाई सच्याई आगामी दिनमा अर्को संग्रहको सहजै अपेक्षा राख्न सकिन्छ कवि खेमनाथ अधिकारीसँग। उहाँको सिर्जनशील उमेरलाई साधुवाद भन्दै लेखनी यही अन्त्याइन्छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.