भनिन्छ साहित्य समाजको दर्पण हो । जसरी दर्पणले मानिसको सर्वाङ्ग शरीरलाई हुबहु परिदृश्यमा देखाइदिन्छ त्यसरी नै साहित्यले पनि समाजको वस्तुस्थितिलाई जस्ताको तस्तै देखाइदिने काम गर्दछ। यस्तै कोसे ढुङ्गाको रूपमा कन्काई साहित्य समाज कन्काई माध्यमिक विद्यालयले रक्तिम सोपान अथवा रातो सिडीका रुपमा सुन्दर कविता संग्रहलाई प्रकाशनको रुपमा ल्याएको छ। जसलाई कन्काई साहित्य समाजको मात्रै नभएर नगरकै महत्त्वपूर्ण उपलब्धिका रूपमा लिँदा अन्याय हुन्न।
विभिन्न कविहरूका सातवटा अङ्ग्रेजी भाषामा र ५४ वटा नेपाली भाषाका गरी ६१ वटा कविताहरू समावेश गरी तयार पारिएको प्रस्तुत रक्तिम सोपान कविता संग्रह ३ पुस्ताका कविहरूको सङ्ग्रहणीय संगालोको रुपमा स्थापित छ । चन्द्रप्रसाद प्रसाई, रमेश शेर्पा, कर्णबहादुर डाँगी संरक्षक रहेको सङ्ग्रहमा भीमप्रसाद दाहाल, मन्दिरा सुवेदी, शिशिर भट्टराई ,भीम अधिकारी र संगीता उप्रेती सम्पादक मण्डलमा रहनु भएको छ। त्यसैगरी हरिप्रसाद तिम्सिना, तीर्थराज खरेल ,चन्द्रप्रसाद शिवाकोटी, निर्मला भट्टराई, जनम पौडेल सल्लाहकार रहेको संग्रहको अश्विन धिताल, सन्ध्या एकतेन लिम्बु ,सरु मगर ,समीक्षा उप्रेती, प्रवेश खरेल र रक्षा निरौलाले सम्पादन सहयोगीको भूमिका निर्वाह गर्नुभएको छ।
कन्काई नगरका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको शुभकामना मन्तव्य, त्यसैगरी शिक्षक अभिभावक सङ्घ कन्काई मावि सुरुङ्गाकाअध्यक्ष रमेश शेर्पा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको शुभकामना रहेको प्रस्तुत संग्रहमा हरिप्रसाद तिम्सिनाको समेत सुभेक्षा मन्तव्य रहेको छ। त्यसैगरी संग्रहमा सम्पादकीय र प्रकाशकीयलाई समेत फरकफरक पृष्ठहरूमा समावेश गरिएको पाइन्छ। माथि नै भनियो संग्रहका कविताहरू तीन पुस्ताका कविहरूद्वारा लेखिएका छन्। तीन पुस्ता अर्थात् विद्यार्थी पुस्ता , गुरु पुस्ता र शैक्षिक अवकाश गुरुहरू पुस्ता । त्यसैले त कविताहरु आश्वाद्य छन् । सुस्वाध्य र पठनीय पनि ।
कविता आफैंमा एक प्रशान्त महासागर हो। यसको गहिराई पत्ता लगाउनु भन्दा छेउमा बसेर डुबुल्की मार्नु नै स्वभाविक हुन्छ। तसर्थ मैले यहाँ कुनै कविताको गहिराई पत्ता लगाउने प्रयास गरेको छैन। जसरी एउटा चराले तलाउको छेउमा बसी चुच्चाले पटकपटक पानी पिउँछ त्यसरी नै मैले पनि केही कविताहरुलाई चन्सु प्रवेश गराउने जमर्को मात्रै गरेको छु। यहाँ कुनै कविताको विश्लेषण छैन। न त समीक्षा नै। छ त केवल कविताको सारांश मात्रै त्यो पनिमूल आशयका रुपमा। बाह्यकलेवर अत्यन्तै आकर्षक रहेको कविताको पृष्ठ भाग हिमालले सजिनुका साथै सिँढी चढिरहेका दुई विद्यार्थीहरू राखिनुले कविताको शीर्षकलाई बाह्कलेवर आफै बोल्न सक्षम छ। अब म संग्रहका केही कविताहरूको छोटोमा सार प्रस्तुत गर्ने अनुमति लिन्छु।
संग्रहको पहिलो कविता ,मलाई नदी जस्तै बन्न मन लाग्छ ,अश्विन धितालद्वारा रचित कविता हो। यस कवितामा कविले आफूलाई नदीजस्तै बगाएर समुन्नत देश निर्माणको परिकल्पना गर्ने चाहना व्यक्त गरेका छन् उनी बालकवि हुन् तथापि उनको कविता अत्यन्तै प्रौढ छ। शिक्षा ,कविता मुकुन्द नेपालको एक बालकविताहो। यस कविताले हरेक बालबालिकाहरुलाई ज्ञानी बन्न आग्रह गरेको छ । आयुष कडरियाको मेरी आमा ,शीर्षकको कविता सङ्ग्रहको तेस्रो कविताहो जसले आमाको महिमालाई गाउन कतै पनि चुकेको छैन। सन्ध्या अर्याल, विद्यालय ,शीर्षकमा कविता लेख्छिन् ।उनी विद्यालयलाई ज्ञानको मन्दिर मान्दै व्यावहारिक एवं जीवनोपयोगी सीप सिकाउने गुरुहरूलाई नमन भन्दछिन्। शिक्षा, शीर्षकको कविता मार्फत कवि दिनेश निरौला विशुद्ध ज्ञान पाए अन्धकारलाई चिर्ने परिकल्पना व्यक्त गर्दछन् । पूर्णिमा भुर्तेल मेरो देश ,शीर्षकको कविता मार्फत बुद्ध जन्मिएको देशमा जन्मन पाउँदा गर्वले शिर सगरमाथा झैँ उच्च भएको अनुभूत गर्दछिन् भने सन्ध्या एकतिन लिम्बु, मेरो सपना ,कविता शीर्षकको माध्यमबाट सानो सपनामा ठूला रहरहरू सजाएर जीवनरुपी बाध्यताको प्वाललाई भरोसाको चपरीले टाल्न चाहेको भाव व्यक्त गर्दछिन्। रक्षा निरौला हिम्मत नहार्नु ,कविता शीर्षकका माध्यमबाट लडेको ढुङ्गाले बास पाउने भन्दै सिंगो ब्रह्माण्ड मानव जातिकालागि चराको गुणजस्तै सुरक्षित छ भने तर्क गर्दछिन्। खुसी शाह आफ्नो छोटो कविता कोरोनाको पाठ,बाट ब्रह्माण्डमै कम कोरोनाबाट क्षति भएको मेरो देश वास्तवमै बैकुण्ठ धाम नै रहेछ भन्दै राष्ट्रवादी भाव ओकल्छिन्। लस्ट लभ नामक अंग्रेजी कवितामा कवि प्रवेश खरेलले आफ्नी प्रेमिका गुमाउनु पर्दाको पीडालाई अत्यन्तै मार्मिक ढंगबाट प्रस्तुत गर्दै आफूले प्रेमीका गुमाएपनि रोमियोले जुलियटलाई नभुले झैँ मनको अन्तस्करणमा राखिरहने तर्फ संकेत गरेका छन् । हे ब्युटिफुल गर्ल सेफ ब्युटी नामकअर्को अंग्रेजी कवितामा कवि सन्दिप बिमलीले सुन्दरता भित्रको सम्मान बचाउन निरन्तर संघर्ष गर्नुपर्ने तर्क प्रस्तुत गरेका छन्।
अन्जली खरेल देश निर्माण गर्न सपनाबुनेर मात्रै नहुने यसकालागि एकातिर अठोट ,आत्मविश्वास अनि युवाहरु आफै जाग्नुपर्ने र अर्कातिर स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनुपर्ने आशय व्यक्त गर्दछिन्, नजाउँ विदेश, शीर्षकको कविता मार्फत। ,बुबा ,शीर्षकको स्रग्वीणी छन्दमा संरचित कवि गुरु कोमलप्रसाद पोखरेलद्वारा रचित कविताले बुबा अर्थात् बाबाको महत्वलाई सारमा यसरी उजागर गरेको छ
बाबा हुन् जगका दाता बाबा नै सृष्टिकारक।
बाबा हुन् जगमा एउटा बाबा नै सत्य सारक।।
तिम्रो हात रहेसम्म सिर यी उच्च माथ छन्।
कर्मका निम्ति हे बाबा नित्य अनित्य सत्य छन्।।
कुरा बुझिराख ,शीर्षकको कविता मार्फत कवि शिशिर भट्टराईले महाकवि कालिदासद्वारा रचित पद्य नाटक अभिज्ञान शाकुन्तल नाटकको चौथो अङ्कको चारवटै श्लोकको झल्को दिएका छन् । नाटकी मुख्य पात्र शकुन्तलाको विवाहपछि बाबु कणव ऋषिले छोरीलाई दिएको अर्ती यहाँ नववधुलाई नव बरले दिएका छन्। सृष्टिको नियम तोड्नुभन्दा नियमसँगै सुन्दर घर सजाउनु उपयुक्त हुने सन्देश दिएको छ यस कविताले ।
बालबालिकाहरू राष्ट्रका आधार स्तम्भ भएका कारण जबसम्म यिनीहरु यस सुन्दर देशरुपी बगैचामा फुल्ने अवसर पाउँदैनन् तबसम्म देशको धरातल अत्यन्तै कच्चा हुने तर्क गर्दछन् कवि भीम अधिकारी आधार हुन् राष्ट्रका कविता मार्फत ।
कवि चन्द्रप्रसाद पोख्रेललाई देश बनाउने हुटहुटी छ। उनीभाइ फुट्दा देश गवारहरुले लुट्न सक्ने कुरामा सतर्क छन्। राष्ट्रवादमा आहाल खेलेको कहाँ रहन्छ देश यो कविताले हरेक नेपालीहरुलाई विचारको विद्वंशबाट माथि उठी समुन्नत देश निर्माणमा लाग्न आग्रह गरेको छ । कवि हरिप्रसाद तिम्सिनाको भिखारी कविता संग्रहको एक प्रतीकात्मककविताहो। कविताले भिखारीलाई प्रतीकका रुपमाउभ्याएर उसैका माध्यमबाट वर्तमान नेपालको राजनीतिक परिदृश्यमा नेताहरूको चारित्रिकतालाई प्रस्तुतगर्दै भिखारीले झैं नेताहरुले पनि नेपथ्यपात्रपर्खिरहेका प्रतिगतिलो व्यङ्ग्य कसेका छन् ।
छन्दमा सुन्दर कविताहरू खेलाउन सक्ने कविगोविन्दप्रसाद घिमिरे नेपाली साहित्यका स्थापितमहाकवि समेत हुन् उनीकविताहरूलाई रयाल्दैनन् मात्रै कविताकै परिकार बनाउनखप्पिस छन्। प्रस्तुत म माते शीर्षकको कवितामापनिकविप्रकृतिसँग लठ्ठ छन्। सारमा यस कविताले प्रकृतिलाई मानवीकरण गर्दै आफू त्यहीप्रकृतिको वक्षस्थलमानिधाउनचाहेको आशय समेत व्यक्त गरेका छन्।
कवि मोतिबहादुर बुढाथोकीले कवितामा नेपालीवीरहरूको उच्च प्रशंसा गरेका छन् ।सगरमाथालाई छानो बनाएर बसेका हामी नेपालीहरू प्रकृतिको अनन्त भण्डारमा ध्रुवताराजस्तै चम्चमाएर बस्दा विश्वले हेरिरहेको विराट सत्य ,हुँ म नेपालीवीर ,कवितामाव्यक्त गरेका छन्। वर्तमान समयमा देखिएको लिएर नतिर्ने प्रवृत्तिप्रतितीव्र व्यङ्ग्य छ कवि जीवनाथ सुवेदीको हातमुख बैरी कवितामा । खुसीका साथ भलाकुसारी गरेर दिइएको ऋण माग्दा रिसाउने आजको आमप्रवृत्ति कविताको मुख्य विषय हो। अभिनेत्रीलाई प्रेमपत्र लेखेका छन् कवि गोपालप्रसाद संग्रौलाले अनि शिक्षक शब्दलाई अर्थ्याएका छन् गंगाराम खतिवडाले ।
यहाँ केही प्रतिनिधि कविताहरूको मात्रै नामउच्चारण गरियो यसको अर्थ यो होइन कि अन्यकविताहरु निस्तेजित छन् भन्ने । सारमा सबै कविताहरु काव्यिक दृष्टिकोणले अत्यन्तै सफल छन्, सबल छन् अनिअब्बलपनि । बिम्बहोस्वाप्रतीक , मध्यनुप्रास होस् वाअन्त्यानप्रास ,पद्य कविताहुन् वागद्यकविता ,बालकविकाकविताहरु नै किननहुन् सबै कविताहरू ओज र जोसले भरिपूर्ण छन्। संग्रहका सबै कविताहरूमाशीर्षक छनोट अत्यन्तै चतुरतापूर्वक राखिएको पाइन्छ। शीर्षक र विषयवस्तुकाबीचगहिरो तादत्मयता छ भने संरचनाका दृष्टिकोणले पनि संग्रहकाकविताहरू मध्यमआकारदेखि लघु आकारसम्मका रहेका छन्। विषयवस्तुका दृष्टिकोणले कविताहरूमा धर्म ,संस्कार ,संस्कृति ,देश ,समाज ,रीतिरिवाज ,प्रकृति ,जीवनकाभोगाई ,आरोह, अवरोह जस्ता यावत कुराहरुलाई समान दृष्टिकोणबाट राखिएको पाइन्छ ।
कविताको मूलतत्व नै भावविधानभएकाले संग्रहकाकविताहरूमामानवीयजीवनजगतकाअनन्तविषयवस्तुहरूलाई अनुभूतिकाआधारमाव्याख्यान गरी सिङ्गो प्रकृति ,मानव, राजनीति ,देश ,समाज, दर्शन जस्ता सम्पूर्ण कुराहरुलाई कविताहरूले उठाउन सफलभएका छन् । तसर्थ संग्रहभित्र सीमाभन्दाप्राप्ति नै हराभरा भएर फुलेका छन्। केहीकविकाकविताहरु दोहोरिएर आउनु , अङ्ग्रेजीकविताहरूलाई क्रमश नराख्नु, एउटै पेजमादुईवटा कविता राखिनु, कन्काई माविको परिचयलाई पछिल्लो पृष्ठहरूमा समावेश गरिनु जस्ता केही सामान्य सीमाहरूलाई छाडेर कविता संग्रह साँच्चै नै उपलब्धिपूर्ण बन्नगएको छ। लाग्दैन यो कुनै विभिन्न लेखकहरूको छ्यासमिसे कविता संग्रहहो। महाकविकाकविताहरू देखि लिएर उदाउँदाकविहरूकाकविताहरू समावेश गरी यति सुन्दर कविता संग्रहप्रकाशनमाल्याउने प्रकाशकप्रति श्रद्धा भावव्यक्त गर्नैपर्छ।
आज अन्य क्षेत्रजस्तै साहित्य विधापनि डिजिटल युगमा प्रवेश गरिसकेको छ। यसका थुप्रै सकारात्मक पाटाहरु पनि छन्। तर पुस्तक पाठ्य संस्कृतिमा भने डिजिटल युगले चिरहरण गरेको सत्य कतै पनि लुकेको छैन । पाठ्य संस्कृतिको विकास मात्रै होइन विद्यार्थीहरूमा सृजनात्मक एवं समालोचनात्मक चिन्तनको आवश्यकता खड्किरहेको सन्दर्भमा रक्तिम सोपान पियुष सिद्ध भएको छ। यस विद्यालयले रक्तिम सोपान संग्रहका माध्यमबाट मात्रै तीन दर्जनभन्दा बढी विद्यार्थी कविहरू उत्पादन गर्न सफल भएको छ। यस स्तुत्य कार्यका लागि प्रकाशकप्रति गर्बिलो सम्मान टक्र्याउनै पर्छ। किनकि यो पुनित कार्य आजकालागि साहित्यको आधा आकाश होला तर भोलिका लागि यी कविहरू ब्रह्माण्डका उपलब्धि पनि हुन सक्छन् ।
अन्त्यमा आगामी दिनमा पनि कन्काई माविले ऊर्जाशील विद्यार्थी उत्पादन गर्न सृजनशील साहित्यको विजारोपण गरी यस्ता कृतिहरू पुनः प्रकाशनमा ल्याउनेछ भन्ने कुरामा पूर्ण विश्वस्त रहँदै बिदा हुने अनुमति लिन्छु । … प्रस्तुती सुर्यप्रसाद अधिकारी
