Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमाले नेतृत्वको हालको सरकारले शान्ति प्रक्रियालाई पूर्णता दिन्छ ?
    कनकाई नगरपालिका

    एमाले नेतृत्वको हालको सरकारले शान्ति प्रक्रियालाई पूर्णता दिन्छ ?

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८० चैत्र ८, बिहीबार ०७:५७ गते5 Mins Read

    नेपाल अहिले पनि द्वन्द्व, अराजकता र विद्रोहले सृष्टि गरेको सङ्क्रमणबाट मुक्त भएको छैन । यसका धेरै कारणमध्ये शान्ति प्रक्रियाले पूर्णता नपाउनु पनि हो ।

    निकट अतीतमा अर्थात् २०५२ सालदेखि २०६२ सालसम्म नेपालमा माओवादी नेतृत्वको सशस्त्र विद्रोह भयो र यो विद्रोहका दौरान विद्रोही पक्ष र राज्य पक्षबाट भएका र घटाइएका घटनाहरूबाट पीडितले आजसम्म पनि न्याय पाएका छैनन् । विद्रोह र युद्धका नियम विपरीत सयौं हजारौंको अङ्गभङ्ग गरियो, हत्या गरियो, बेपत्ता गराइएको छ, जसले न्याय पाएका छैनन् ।तत्कालीन नेपाल सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टी [माओवादी] वीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियोे । सो शान्ति सम्झौता भएको गएको मंसिर ५ गते १७ वर्ष पुग्यो । यति लामो समय बितिसक्दा पनि शान्ति सम्झौताअनुरूप काम हुन सकेको छैन । शान्ति सम्झौताका तीन मुख्य पक्षहरू रहेका थिए ।

    योग्यता पुगेका र आधारभूत निर्धारक पुरा गरेको माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्ने, माओवादी सेनाले चलाएका हातहतियार नेपाली सेनालाई बुझाउने र द्वन्द्वकालका हत्या, लुटपाट, आगजनी, बलात्कार र हिंसात्मक क्रियाकलापलाई युद्धका अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरीत रहे नरहेको छानबिन गरि किनारा लगाउने गरेर शान्ति प्रक्रियाका तीन पक्षहरू छन् । सेना समायोजन र हातहतियार बुझाएर माओवादीलाई निशस्त्रीकरण गर्ने काम पूरा भएको छ । द्वन्द्वकालमा घटेका वा घटाइएका अमानवीय र क्रुर अपराधका घटना क्षम्य हुन सक्दैनन् । विश्वको मानवअधिकारको नजरमा नगिरिकन अर्थात् आधारभूत रूपमा ती मान्यताप्रति इमानदार रही शान्ति प्रक्रियाका कार्यभार पुरा गर्नुपर्नेछ । द्वन्द्वका घाउ कहिलेसम्म चहर्याइ रहने हो रु यो समस्या राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै विश्वव्यापी मूल्यमान्यताका आधारमा हल गरिनुपर्छ ।

    विधिशास्त्रको मान्यता छ -ढिलो न्याय पाउनु न्याय नपाए सरह हो । अनन्तकालसम्म पीडितले न्याय पाउने कुरालाई थाँती राख्नु फेरि अर्को अन्याय हुनजान्छ । समयमा न्याय दिनु पर्छ । द्वन्द्वकालमा घटेका अपराधको विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार समाधान हुनुपर्छ भन्ने माओवादी धारणा छ भने अन्तर्राष्ट्रिय मानवअधिकारका मान्यतामा कुनै सम्झौता गरिनुहुन्न भन्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालाको जोडदार दलिल छ । यस्तो पेचिलो र कटिलो विकल्पका वीचबाट शान्ति सम्झौताअनुरूप द्वन्द्वकालमा घटनाका पक्षलाई सहमतिमा ल्याउन आवश्यक छ ।

    १० वर्षे जनयुद्धको नेतृत्व गर्ने नेकपा माओवादी आज आधा दर्जन बढी टुक्रामा विभक्त भएको छ । नेकपा माओवादी केन्द्र, माओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेपाल समाजवादी, नेकपा, आम जनता पार्टी, नेकपा ९बहुमत०, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी र माओवादी कम्युनिस्ट पार्टी लगायतका नाममा माओवादी क्रियाशील छन्। सरकारसँग सबै माओवादी घटकका बेपत्ता आयोग र शान्ति तथा मेलमिलाप आयोगलाई पूर्णता दिई शान्ति प्रक्रिया चाँडो टुङ्ग्याउन अपिल गर्दै आएका छन् । जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट भएका अपराधपूर्ण घटनाको छानबिन हुनुपर्ने त छँदैछ, राज्यका तर्फबाट क्षतिपूर्ति तथा भरणपोषण पीडितले पाउनुपर्ने कुरा पनि अहिलेसम्म भएको छैन । माओवादी घटकका दलहरूले कानुन परिमार्जन गरी सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न सरकारसँग माग गरेका छन् ।

    उनीहरूले विस्तृत शान्ति सम्झौताका पक्षधर सम्पूर्ण राजनीतिक दल, नागरिक समाज एवं आमजनसमुदायलाई सङ्क्रमणकालीन न्यायको पक्षमा ऐक्यबद्धताका लागि अपिल पनि गरेका छन् । माओवादी घटकका दलहरूले द्वन्द्वकालीन घटना निरूपण गर्ने नाममा संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने भएकाले राज्यले विगतमा विभिन्न दलसँग गरेका सहमति कार्यान्वयनका लागि पनि सरकारसँग माग गरेका छन् । द्वन्द्वकालीन घटनाको निरूपण संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गर्न नसकिने उनीहरूको भनाइ छ । शान्ति सम्झौता र त्यसलाई आफ्नो अभिन्न अङ्ग मानेको नेपालको संविधानले द्वन्द्वकालीन घटनाको निरूपण गर्ने जिम्मेवारी सत्य निरूपण तथा मेलमिलाप आयोगलाई दिइएको उनीहरूको भनाइ छ । यो ऐतिहासिक सन्दर्भ र संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौताविरुद्ध हुने माओवादीहरूको दावी छ । द्वन्द्वकालीन घटनाको विषय अग्रगमन र प्रतिगमनबीचको लडाइँका रूपमा देखा परेको भनी समस्या हल गर्ने भन्दा पनि बल्झाउने पक्षमा कोही उभिनु हुँदैन।

    शान्तिपूर्ण रूपमा सबै किसिमका भेदभाव मेटिने गरी राज्यको पुनर्संरचना हुनुपर्ने जनताको माग हो । द्वन्द्वकालीन घटना माओवादी र पूर्वमाओवादीको मात्रै नभई सिंगो राज्यकै विषय हो । शान्ति सम्झौताको जगमा अन्तरिम संविधान बनेको, त्यसैलाई टेकेर अहिलेको संविधान बनेको हो । द्वन्द्वकालीन घटनाको छानबिन हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने कुरा माओवादीले भनेजस्तै नेपाली जनताको इतिहासमाथि हमला सुरु भएको होइन ।

    जनताको तागतबाट भएको परिवर्तनलाई सीमित मुठीभर दलालहरूको हातमा लगेर दलाल पुँजीपति वर्गले देशलाई कब्जा गरेर परिवर्तनका वाहक जनता, श्रमिक जनतालाई फेरि पनि धोका भएको छ । बृहत् शान्ति सम्झौताको पालना र पूरा गर्नुपर्ने दायित्य राज्य र विद्रोह दुवै पक्षको हो । सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणका लागि हरेक डेढदुई दशकमा नेपाली जनता आन्दोलित हुने गरेको इतिहास छ । आन्दोलन, सङ्घर्ष र विद्रोहमा होमिँदा सयौं हजारौंले आफ्नो जीवनको बलिदान दिनुपरेको छ भने लाखौं जनता पीडा, व्यथा र वेदनामा आँसु पिएर जीवनका कठिन कहर काट्नुपर्ने र आँखाबाट आँसु होइन, आँखाबाट रगत चुहाएर आफ्ना सन्तानको आशामा फर्किने पो हुन् कि रुू भन्दै तड्पिनु परेको छ । सहिद परिवारको पीडा र बेपत्ता नागरिकका परिवारको वेदनाले अर्को सागर नै बन्छ ।

    द्वन्द्वकालीन मुद्दा संक्रमणकालीन न्यायअन्तर्गत टुंग्याइनुपर्छ,तर निश्चितरूपमा युद्ध अपराधलाई अन्तर्राष्ट्रिय मानवाधिकारको मान्यता र फौजदारी कानुनअनुसार हल गर्नुपर्छ । शान्ति प्रक्रियालाई पुरा गर्नु पनि छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार र शान्ति स्थापनाका मूलभूत मान्यता र मूल्यको सम्मान गर्नुछ । यो वा त्यो बहानामा शान्ति प्रक्रियालाई मुल्तबीमा राख्ने र सुदूर भविष्यको विषय बनाउने हो भने भविष्यमा यसको मूल्य सबै पक्षलाई चर्को पर्न पनि सक्छ । ठूलो दलको रूपमा रहेको नेकपा एमाले नेतृत्वमा रहेको र प्रचण्ड प्रधानमन्त्री रहेको वामपन्थीहरूको बाहुल्य रहेको यो सरकारले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सक्छ भनेर विश्वास गर्न सकिन्छ ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.