Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » युवाले विदेशमा पसिना बगाएर मुलुक बन्दैन
    कनकाई खबर बिशेष

    युवाले विदेशमा पसिना बगाएर मुलुक बन्दैन

    कनकाई खबरBy कनकाई खबर२०८० माघ १८, बिहीबार १६:५० गते6 Mins Read


    –तीर्थराज खरेल
    बुढाहरूले देश बिगारे, प्रणाली बिगारे, पद्धति बिगारे भन्ने आरोप छ । बुढालाई हटाएर युवा नेतृत्व स्थापित गर्ने हो भने रूपान्तरण सम्भव छ भन्ने विचार फैलाइएको छ । यो अर्धसत्य मात्र हो । युवा भनेका राम्रा र बुढा भनेका नराम्रा हुन सक्दैनन् । सँगसँगै र नेपालभन्दा पनि पछि आधुनिकीकरणमा प्रवेश गरेका चीन, भारत, दक्षिण कोरिया, सिङ्गापुर लगायतका मुलुकभन्दा नेपाल पछि पर्नुका अनेकन कारणमध्ये समाज बदल्ने साधन राजनीति सकारात्मक रूपमा बदलिन नसकेकै कारणले हो । संसारका सबै परिवर्तनमा युवा वर्गको ठूलो योगदान छ ।

    युवा भनेको शारीरिक उमेर मात्र होइन, यो मानसिकता, सोच, दृष्टिकोण, कार्यसम्पादन, कार्यकुशलता र क्रियाशीलता पनि हो । उमेरमा युवा भए पनि विचारमा रोगी भए भने, सोचमा बुढा भए भने युवा हुनु र नहुनुको के अर्थ रहन्छ र ? युवाको मनमा आँट, पाखुरामा तागत, हृदयमा भविष्यप्रतिको आशा हुनुपर्छ । उनीहरू मुलुकका नौनीघिउ हुन् । युवा भनेका उदाउँदा सूर्य हुन् । युवासँग भविष्य हुन्छ । युवासँग जोशजाँगर, हिम्मत र सुमधुर आशा हुन्छ । युवाका अघि विगतको तुलनामा आगत हुन्छ । पुरातनभन्दा पनि अद्यातन, रुढीवादीभन्दा पनि अत्याधुनिक सोच युवाका मूल शक्ति हो ।

    तर धेरै नेपाली युवाका साझा समस्या भनेको बढ्दो बेरोजगारी, बेराजगारी सँगसँगै बढेको दुव्र्यसनीको लहर, बिग्रँदो स्वास्थ्य र असुरक्षित खाद्य समस्या, सामाजिक सञ्जाल वा साइबर अपराधमा संंलग्नता, राजनीतिक अस्थिरता कायम रहनु, मुलुकको राजनीति सुधारिन्छ भन्ने विश्वास नहुनु, नेतृत्व तहमा युवा संलग्नता कम, धेरै कम युवाले मात्र राजनीतिक या सामाजिक अभियन्ताको भूमिका पाउनु, युवा परिचालनमा योजनाविहीनता, युवामाथि कम विश्वास, मनोरञ्जन तथा खेलकुदमा राज्यको कम लगानी, व्यावहारिक शिक्षा र श्रमको सम्मान गर्ने संस्कारको विकासै नहुनु आदि हुन् ।

    परिवार, समाज र राष्ट्रकै राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक रूपान्तरणको मात्र नभएर शोषण, दमन, अन्याय, अत्याचार लगायतबाट ग्रसित समाजलाई अँध्यारोबाट उज्यालोतर्फ लैजानका लागि महत्त्वपूर्ण भूमिका र योगदान गर्न सक्ने युवा वर्गको भविष्य नै दोधारमा छ । दिन दुगुणा रात चौगुणाको दरले विदेशिने युवाको सङ्ख्या बढिरहेको छ । वैदेशिक रोजगारमा जाँदादेखिका दुःख र रोजगारका क्रममा भएका पीडा कति छन् कति । लोकतन्त्र र क्रान्तिका लागि छातीमा गोली हाँसीहाँसी थाप्ने युवावर्गको सपना आज सडकमा असरल्ल छरिएको छ । युवावर्गका लागि राज्यसँग नीति तथा ठोस कार्यक्रम नहँुदा देश झन पछाडि धकेलिएको छ ।

    तर युवा सबै युवा सोचका हुँदैनन् । हो, निश्चय नै युवा हुँदा शारीरिक रूपमा स्वस्थ हुन्छ, जाँगरिलो हुन्छ, तर दिमागमा रुढीवादले घर गरेको छ भने युवा कमजोर हुन्छ, निरीह हुन्छ र शक्तिहीन हुन्छ । दुर्भाग्यको कुरा मुलुकमा आर्थिक परिवर्तनका मुख्य संवाहक हुन सक्ने युवाहरु आज विदेसिन बाध्य छन् । हुन त मुलुकले केही विप्रेषण अर्थात् रेमिट्यान्स पाएको होला, परिवारले सामान्य आधारभूूत आवश्यकता परिपूर्ति गर्नसम्म पाएका होलान् तर वैदेशिक रोजगारको उपलब्धीको तुलनामा त्यसको पीडा अति धेरै कहालीलाग्दो छ । राजनीतिमा संलग्न युवाहरूले बुझ्नुपर्ने कुरा के हो भने राजनीतिशास्त्र धर्मशास्त्र होइन । राजनीतिमा सृजनशीलताका लागि प्रशस्त ठाउँ हुन्छ ।

    पुस्तौंपुस्तासम्म पनि अभ्यासमा रहेको अठारौं शताब्दीमा प्रतिपादित समाजवादी तथा पुँजीवादी चिन्तन अहिले पार्टीहरूको मुख्य राजनीतिक दर्शन बनेका छन् । समाजको रूपान्तरणसँगै बदलिएका जनआकांक्षाको सम्बोधन हुन सकेको छैन । अब परिवर्तन आत्मसात गर्न सक्ने युवाशक्ति राजनीतिको मुख्य बागडोर सम्हाल्ने ठाउँमा आउनुपर्छ भनेर सैद्धान्तिक रूपमा सबैले मानेको विषय हो । यो सत्य हो, नेपाली युवा हरेक राजनीतिक उपलब्धि र परिवर्तनका संवाहक हुन् ।

    केन्द्रीकृत, एकात्मक राजतन्त्र तथा जहानियाँ राणाशासन विरुद्धको जनजागरण अभियानको शुरुदेखि अहिलेसम्मका परिवर्तनका नाममा भएका विभिन्न क्रान्तिमा युवाको भूमिकाको पुष्टि भइसकेको छ । द्वन्द्वको अवस्थाको अन्त्य भएर शान्तिपूर्ण राजनीतिक धरातलमा मुलुक आइसकेको छ । तर राजनीति जनता र देशकेन्द्रितभन्दा पनि सत्ताकेन्द्रित हुन थालेको छ । फेरि पनि नेपाली जनतामाथि हिंसा थोपर्ने अण्डा कोरल्ने गुँड बनाउन कोशिस भइरहेको छ । पछिल्लो राजनीतिक संस्कार बदलेर वा बदल्न खबरदारी गरेर सम्पूर्ण निकाय सामाजिक, आर्थिक विकासतर्फ उन्मुख हुन नसकेमा र युगको स्पन्दनलाई सुन्न नसकेमा मुलुक कहिल्यै पनि उँभो लाग्दैन । शिक्षित नयाँ पुस्ता राजनीतिमा नआउनुको दण्ड यो हुन्छ कि अयोग्य र अशिक्षित व्यक्तिले मुलुकमाथि शासन गर्छन् ।

    आजको समय जटिल समय हो, तर राजनीतिमा आएका युवामा पनि मुलुकको परिवर्तनका लागि ठोस र सकारात्मक चिन्तन विकास हुन सकेको छैन । उनीहरू पनि नेताका दौराका फेरा समातेर सत्ताको कुर्सीमा पुग्न गुटबन्दीमा आशक्त भएर लागेका छन् । वास्तवमा यतिबेला व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकका बारेमा सोच्ने नेतृत्व चाहिएको छ । चिनियाँ नेता माओत्सेतुङले भनेका छन्– युवा हो यो संसार तिमीहरूको हो, हाम्रो पनि हो, फेरि तिमीहरूकै हो । युवा राजनीतिसँग जोडिएमा मात्र देश विकास हुन्छ ।

    देश बदल्न सक्ने क्षमता युवासँगै छ भन्ने सच्चाइलाई युवा र राज्यले बुझेका दिनमा मात्र मुलुकले कोल्टे फेर्न शुरु गर्नेछ । राजनीतिक क्षेत्रमा पनि युवा नेतृत्व स्थापित हुने हो निश्चय नै मुलुकले काँचुली फेर्ने थियो । जनसाङ्ख्यिक लाभका दृष्टिले पनि युवाहरूको सक्रियता र नेतृत्व दुवै आवश्यक रहेको बेला हो यो । राष्ट्रप्रेमी, सदाचारी, अनुशासित र कर्मठ युवाको खोजी यो मुलुकले गरिरहेको छ तर नेपालमा पढेलेखेर पनि रोजगारी नपाइने, पाइहाले पनि काम गर्दा सम्मानित नहुने, राज्यले सामाजिक सुरक्षाको प्रत्याभूति दिन सक्दैन भन्ने सोचमा रहेका युवा समूह स्वदेशी माटोमा रमाउन सकिरहेका छैनन् । मुलुकको अवस्था युवामैत्री छैन ।

    राजनीतिक अस्थिरता, व्यावहारिक र व्यावसायिक शिक्षाको अभाव, सम्मानित रोजगारीको अवसरको कमी नेपालका युवाका प्रमुख समस्या र प्रतिकूलताका विषय हुन् । विदेशी भूमिमा गर्ने मिहिनेत नेपाली भूमिमा गर्ने हो भने यहाँ पनि सम्भावना छ । राज्यले युवाहरूका लागि ठोस नीति तथा कार्य योजना बनाउन सकेको छैन । अवसर यही देशभित्र पनि प्रशस्तै छन् भन्ने कुरा सम्बन्धित पक्षले युवालाई बुझाउन नसकेको पनि यथार्थ हो । देशमा पुरातनवादी सामन्ती सोच, अवैज्ञानिक शिक्षा प्राणालीका कारण नेपाली युवा वर्ग आफ्नो इच्छा शक्ति भए अनुसारको अवसर र सीपअनुसारको रोजगारी र त्यही अनुरूप पारिश्रमिक नपाउँदा बेरोजगार बनिरहेका छन् । राज्यले उत्पादनशील जनशक्तिलाई परिचालन गर्न सकेको छैन ।

    नेपालको संविधान २०७२ ले दिशानिर्देश गरेको समाजवादउन्मुख अर्थतन्त्रको नेपाली खाका बनाउने र रूपान्तरणका लागि आवश्यक कार्यक्रम, कार्यभार र कार्ययोजना बनाउने नेतृत्व हामीलाई चाहिएको छ । सबै प्रधानमन्त्री राजनेता होइनन् । भारतका महात्मा गान्धी, सुवासचन्द्र बोस, नेपालका पुष्पलाल, मदन भण्डारी, गणेशमान सिंह आदि केही उदाहरण हुन् जो प्रधानमन्त्री वा राष्ट्रपति नभए पनि शीर्ष स्थानमा छन् । बीपी कोइराला र मनमोहन अधिकारी आज पनि सबैका प्रिय छन् । क्षणक्षणमा भएको समाज रूपान्तरणसँगै समाजका अवयव पनि बदलिएका छन् । समाज बदल्ने साधन राजनीति पनि क्षणक्षणमा बदलिएको छ ।

    राजनीतिले समयको गति पक्रन सकेकै कारण छिमेकी देश चीन र भारत आज विश्व शक्तिका रूपमा स्थापित हुँदै गएकाछन् । नेपालमा अबको विकल्प भनेको ऊर्जाशील, गतिशील, श्रमशील नयाँ नेतृत्व हो । धेरै युरोपेली मुलुकमा ५० वर्षमुनिका युवा मुख्य नेतृत्वमा पुगेका छन् । युवासँग समाज, मानवजाति र मुलुकको ठूलो अपेक्षा हुन्छ । सोच, चिन्तन, कार्यशैली, कार्यतत्परता र कार्यसम्पादनमै यो कुराले प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछ । युवा पुस्ताले नेतृत्व गर्न पाउने हो भने मुलुकमा सोच, चिन्तन र कार्यशैलीमा व्यापक फेरबदल आउने निश्चित छ । रुखमा झुण्डिएका लहराजस्तो गरी पार्टीभित्रका नेताका गुटउपगुटमा तुर्लुङ्ग झुण्डिएर समग्र मुलुकको रूपान्तरणमा सबल, परिणाममुखी, सक्षम र विश्वासिलो नेतृत्व बन्न युवा नेतृत्वलाई सहज हुँदैन, तसर्थ राजनीतिमा आउने युवाले दूरदर्शी बनी फराकिलो छाती बनाएर आफ्ना सम्पूर्ण सोच, दृष्टिकोण र विचार बदल्न आवश्यक छ । हाम्रो राष्ट्रिय मुद्दा भनेको आर्थिक क्रान्ति हो ।

    आर्थिक क्रान्तिका लागि नवीन सोच र विचारको आलोकमा राजनीतिको नेतृत्वमा नयाँ पुस्ता र युवा पुस्ताको आगमन जरुरी छ । परिपक्व पाकाका सल्लाहसुझाव लिएर नवीन विचार निर्माणसँगसँगै मुलुकमा आर्थिक रूपान्तरण गर्ने दायित्व पनि युवाको हो । लाखौं युवाले विदेशमा पसिना बगाएर मुलुक बन्दैन ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.