Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा एकैदिन चार जना मृत फेला
    कनकाई खबर बिशेष

    झापामा एकैदिन चार जना मृत फेला

    कनकाई खबरBy कनकाई खबर२०८० माघ ८, सोमबार २१:३१ गते2 Mins Read
    संकेतिक तस्बिर

    झापामा आज एकैदिन चार जना मृत फेला परेका छन् । जिल्लाका विभिन्न स्थानमा दुई जना महिला र दुई जना पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

    आज बिहान अर्जुनधारा नगरपालिका ६ स्थित व्याडमिन्टन कबर्ड हल नजिक माई नगरपालिका वडा नम्बर १ कलकत्ते निवासी ५० वर्षीया माया मगर शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन् । मगरको टाउकोमा चोट देखिएका कारण हत्या भएको हुनसक्ने भन्दै प्रदेश प्रहरीको टोलीसहित कुकुर झिकाएर अनुसन्धान गरिएको थियो । तर, कुकुरले कुनै क्लु पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । मगर बिर्तामोड ५ मा कोठा बस्दै आएकी थिइन् ।

    यसैगरी, शिवसताक्षी नगरपालिका ११ मैनाचुली बस्ने अन्दाजी ७४ वर्षीया रमनमाया राई गाईको गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राई पहिलादेखि नै डिप्रेशनको बिरामी भएको आफन्तको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

    त्यस्तै बाह्रदशी गाउँपालिका वडा नम्बर ७ घर भएका २० वर्षीय दिनेश चौधरी कनकाई नगरपालिका वडा नम्बर ३ स्थित सागर बिष्टको घरमा डेरा बस्ने गरेको र सोही घरको कोठामा बिहान १० बजेतिर सिलिङ फेनमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

    दमक नगरपालिका वडा नम्बर ४ प्रतिभा टोल निवासी ६० वर्षीय रामचन्द्र न्यौपाने घर भित्रबाट ताला लगाएको अवस्थामा कोठामा मृत फेला परेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए । उनी घरमा एक्लै बस्दै आएको र बिहान अबेर छिमेकीले बोलाउँदासमेत नउठेकाले प्रहरीलाई खबर गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.