काभ्रे : १५ लाख घुससहित वडाध्यक्ष पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका-९ का वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको हो।
अख्तियारको टोलीले स्टिङ अप्रेशन गरेर वडाध्यक्ष बादेलाई रंगेहात पक्राउ गरेको थियो। वडाध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख घुस लिएका थिए।
वडाध्यक्षसँगै आएको बा७च १२९ नम्बरको कार चालक ३१ वर्षीय पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको छ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
