काठमाडौं, २२ पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।
जस अनुसार कोशी प्रदेशमा ३६७, मधेसमा ३७४, वाग्मतीमा ३४७, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६ र सुदूरपश्चिम प्रदेशमा २२८ मतदाता कायम भएका छन् ।राष्ट्रियसभा सदस्य निर्वाचनको लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् ।


Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
