Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रचण्ड सरकारका एक वर्ष निराशाजनक
    कनकाई नगरपालिका

    प्रचण्ड सरकारका एक वर्ष निराशाजनक

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८० पुष १८, बुधबार ११:२९ गते5 Mins Read

    गत वर्षको पुस १० मा प्रधानमन्त्रीको रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्ति पाएर आफ्नो तेस्रो कार्यकालको शुरुवातमा पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल छोटो भए पनि यस पटक देशको कार्यकारी प्रमुखको रूपमा मुलुक र मुलुकवासीमा आफ्नो छाप छोड्ने वाचा गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक मुलुकको नेतृत्व सम्हालेको एक वर्ष पुरा भएको छ ।

    गत वर्ष सत्तारोहण गरेका दाहालको एक वर्षे कार्यकाल कति सफल कति असफल भन्ने बहसमा आज आम बुद्धिजीवी, राजनीतिकर्मीले मात्र होइन, सर्वसाधारण जनताले पनि प्रत्यक्ष अप्रत्यक्ष भाग लिइरहेका छन् । प्रतिनिधि सभामा ३२ सभासद् भएका नेता दाहालले संसदको सबभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको समर्थनमा सरकार चलाइरहेका छन् । उनले दुई उपप्रधानमन्त्री, १९ मन्त्री र ३ राज्यमन्त्रीसहितको सरकार हाँकिरहेका छन् । सत्ता गठबन्धनको सहमतिअनुसार आधा कार्यकाल गुजारिसकेका प्रधानमन्त्रीको आफ्नै नतिजा प्रतिवेदनले आफ्नो सरकारले गति लिन नसकेको स्पष्ट देखाउँछ । मङ्सिर अन्तिम साता मन्त्री र सचिवहरूसहितको संयुक्त बैठकमा प्रधानमन्त्री दाहालले काम कारबाही सन्तोषजनक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

    सुरुवाती चरणमा सुशासनका क्षेत्रमा केही फरक काम गर्न खोजेको जस्तो देखिएको थियो, तर विकास निर्माण र सुशासनका क्षेत्रमा नागरिकले महसुस गर्ने गरी परिणाम दिन सरकार असफल भएको छ । सङ्कटग्रस्त अर्थतन्त्रमाथिको प्रभाव कम गर्ने, बजार नियन्त्रण, अनुगमनदेखि रोजगारीकै लागि बाहिरिनेको ताँती कम गर्न नसकिने थिएन, तर, यी विषयमा सरकारको पटक्कै चासो देखिएन । पूर्वाधारका ठूला आयोजनाको गति सुस्त छ भने राजस्व सङ्कलन धीमा गतिमा छ । प्रशासनिक तथा साधारण खर्च अकासिँदो छ भने विकास खर्चको अवस्था दयनीय छ । सरकारको सेवा प्रवाहदेखि सुशासनसम्ममा सार्वजनिक रूपमा प्रश्न उठिरहेका छन् । सरकारप्रति जनताको भरोसा घट्दै गइरहेछ । पुष्पकमल दाहाल सरकारको एक वर्ष कति सफल कति असफल भन्ने प्रश्न नेपालको आजको मुख्य बहसको विषय भएको छ । भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा दृढ उभिने कसम खाएर सत्तामा पुगेका दाहालको एक वर्ष उत्साहपूर्ण रहेन । उनले आफ्ना मतदाता र आम जनतासँग गरेका वाचा पूरा गर्न सफल भएनन् । क्रमभङ्ग, छलाङ र महाविपत्तिको सूत्र अनुसार गतिलो धक्का दिएरै अघि बढ्ने भनेका प्रधानमन्त्रीको वाचा फगत गफ मात्र भयो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारले जनपक्षीय काम गर्न नसकेको, आफूले सरकारलाई सल्लाह दिन नसकिएको र कोही पनि सल्लाह सुन्न तयार नभएको भनी नैतिकताको कारण देखाउँदै पदबाट राजीनामा दिएका छन् । यसबाट अनुमान लगाउन सकिन्छ ः सरकारको अबको कदम पनि जनताको पक्षमा हुने छैन ।

    प्रचण्डको प्रमुख गठबन्धन साझेदार नेपाली काङ्ग्रेस पनि सरकार सञ्चालनमा समस्या हुने गरेको घामजत्तिकै यथार्थ हो । नेपाली
    काङ्ग्रेसभित्रको द्वन्द्वको कारण सरकार गतिमा बारम्बार अवरोध गर्दै आएको छ, प्रतिद्वन्द्वी काङ्ग्रेस गुटले सत्तारूढ गठबन्धनभित्रै प्रतिपक्षको रूपमा काम गरेको छ । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कर्तव्य त सरकारलाई खबरदारी गर्ने नै हो । काम गर्ने उपयुक्त वातावरण छैन भनेर कुनै पनि हालतमा प्रमको शासनप्रशासनका केही स्पष्ट कमजोरीहरूलाई जनताले माफ गर्दैनन् । सरकारले हात हालेका कुनै पनि ठूला भ्रष्टाचार मुद्दाहरू समाधान गर्न सरकार असफल भयो, सायद भ्रष्टाचारका मुद्दालाई अघि बढाउँदा नाजुक सत्तारूढ गठबन्धनलाई झन निराश पार्ने थियो । तर उनलाई पक्कै थाहा हुनुपर्छ ः जनताले सरकारको कार्यकालको लामो अवधिको आधारमा होइन, तर पदमा रहँदा उनले के गरे भनेर उनको मूल्याङ्कन गर्छन् । त्यसैले काङ्ग्रेस सभापति शेरबहादुर देउवा र स्वयम् दाहालको बारम्बार कार्यकाललाई असफलताको रूपमा हेर्दा पनि जनहितमा लगनशील भएर काम गरेका बीपी कोइराला र मनमोहन अधिकारीको अपेक्षाकृत छोटो कार्यकाल सफल भएको देखिन्छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीले १८ महिना र प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहनको ९ महिनाको कार्यकाल रह्यो, तर उनीहरुले इतिहासमै स्वर्ण अक्षरले नाम लेखाउन सफल भएका छन् । तीन पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले आफ्नो सरकारको कार्यसम्पादनबारे आफैँ प्रश्न उठाउँदै आएका थिए ।

    दाहालको अर्को अक्षम्य असफलता भनेको अर्थतन्त्रलाई कुनै गति दिन नसक्नु हो । उनले जनतालाई विश्वास दिलाउन सकेनन् । बेरोजगार, गरिब र रोजगारका लागि विदेसिने सोच बनाएका मानिसहरू झन झन निराश हुँदैछन् । न त दाहालले मन्त्रीहरूलाई स्पष्ट निर्देशन दिन सकेका छन् न त जनताको हितमा काम गर्न लगाउन सकेका छन् किनभने उनीहरूको निराशाजनक कार्यसम्पादनको रिपोर्ट प्रधानमन्त्री कार्यालयले तयार पारेको छ । प्रदेशहरूलाई सशक्तीकरण गर्न सरकारको अनिच्छा प्रस्ट देखिएको छ । दाहालको एक वर्षे सिंहदरबार बसाइ आशाप्रद रहेन । अब उनले बाँकी रहेको समयमा केही महत्त्वपूर्ण निर्णय लिने साहस देखाउलान् भन्ने झिनो आशा मात्र गर्न सक्छौँ । प्रधानमन्त्रीको रूपमा बलियो विरासत छोड्न चाहने व्यक्तिका लागि गठबन्धनका साझेदारहरूलाई कुनै पनि हालतमा खुसी राख्नु उनको शीर्ष प्राथमिकता हुनु हुँदैन । शीर्ष प्राथमिकता त जनताको हित हुनुपर्छ, तर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको एक वर्षे कार्यकाल एउटा मध्यम स्तरको कार्यसम्पादन गर्न सफल भएको छ । सर्वत्र सरकारको मूल्यांकनबाट उत्साहित हुनुपर्ने अवस्था नरहेको टिप्पणी गरिँदैछ । सरकारले प्राथमिकता दिएका र दिनुपर्ने प्रमुख काम सुशासन, आर्थिक सुधार, शान्तिप्रकृयाको पूर्णतालगायतमा सरकारले उल्लेख्य प्रगति देखाउने गरी काम गर्न सकेन ।

    यसको जिम्मेवारी औपचारिकरूपमा सरकारको नेतृत्व गर्ने दल, गठबन्धनका दलहरु र व्यक्तिगत रुपमा प्रधानमन्त्री प्रचण्डले लिनुपर्छ ।
    प्रधानमन्त्री प्रचण्डको सम्पूर्ण शक्ति र समय कुर्सी टिकाउनमा व्यतित भएको छ । मुलुकमा कसरी सुशासन हुनसक्छ भनेर उनले सोच बनाउन पर्याप्त समय दिन सकेका छैनन् । जहाँसम्म सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्तासम्बन्धी आयोगको काम छिटो सम्पन्न गरेर शान्तिप्रक्रियालाई पूर्णता दिने कुरा छ यो सिंगो राज्यको दायित्वको कुरा हो, कुनै पार्टी विशेषको मात्र हैन र हुन सक्दैन । किनकि यो बृहद शान्ति–सम्झौता र संविधानले निर्दिष्ट गरेको विषय र लाखौं द्वन्दपीडित जनताको सरोकारको विषय हो । हाम्रो शान्तिप्रक्रियाको मूल मर्म सत्य कुरो बताएर क्षमा दिने र लिने र देशमा दिगो मेलमिलाप र शान्ति कायम गर्ने हो । तर यसको अगुवाइ पनि सरकारले नै गर्ने हो । तर यो कुरा अन्तर्राष्ट्रिय समुदायको चासोको प्रश्न बनिसक्दा पनि हामीले समस्या अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी कानुनको दायरामा रही समस्याको हल खोज्नुपर्छ । समग्रमा भन्दा बाहिरबाट हेर्दा प्रम प्रचण्ड नेतृत्वको सरकारको वर्षभरिको कार्यसम्पादन सन्तोषजनक हुन सकेन ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.