Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वैदेशिक रोजगार पीडाका पहाड
    कनकाई नगरपालिका

    वैदेशिक रोजगार पीडाका पहाड

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८० पुष ५, बिहीबार १९:०८ गते7 Mins Read

    फायल फोटो

    बदलिँदो परिवेशमा लाहुरे हुने नियति बदलिएको छैन । राणाकालीन अव्यवस्था, शोषण र राज्यको जनताप्रतिको वेवास्ताबाट आहत युवा कामको खोजीमा भारतका गल्लीमा भौंतारिनु परेको थियो । त्यसै क्रममा आज जारी छ बेरोजगारीको कहर र पीडा ।


    युवायुवतीका लागि विदेश पलायन हुुनुको विकल्प छैन। आफ्नो देशमा रोजगारी नहुँदा र स्वरोजगार बनी विदेश पलायन नहुने वातावरण नहुँदा नेपालका युवायुवती वैदेशिक रोजगारलाई आफ्नो अपरिहार्य विकल्प मानिरहेका छन् । वैदेशिक रोजगारमा एक जना परिवारको सदस्य नगएको परिवार पाउन मुश्किल छ । वैदेशिक रोजगारका क्रममा विदेशमा ज्यान नगुमाएको गाउँ वा नगरपालिका नेपालमा छैन भने पनि हुन्छ ।

    यो तीतो यथार्थका माझबाट गुज्रनु नेपालीको बाध्यता भएको छ । फितलो सरकारी नीति, वैदेशिक रोजगारदाताको कमजोरी र श्रमिकको आफैंप्रतिको गैरजिम्मेवारीका कारण नेपाली झन् पछि झन् दुःख र पीडामा फँस्दै गएका छन् । वैदेशिक रोजगारीका क्रममा खास गरी खाडी मुलुकमा गएका नेपाली नागरिकको विविध कारणले ज्यान गएको समाचार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाकसमा शव नआएको दिनै हुँदैन । स्वदेशमा रोेजगारीको पर्याप्त अवसर नभएका कारण परिवारको भरणपोषणका लागि विदेश जानु धेरै नेपालीको बाध्यता भएको छ तर विदेश जानेहरू सबै बाध्यतावश नै गएका होइनन् कि भन्ने दुःखलाग्दो अर्को तथ्याङ्क पनि बाहिर आइरहेकै छ ।

    वास्तवमा नेपालमा श्रमप्रतिको सम्मान छैन । आफ्नै मुलुकमा केही गर्न धेरै युवामा चाहना, दृढता र उद्यमशीलता छैन । यो हृदय नै चहर्याउने वस्तुगत सत्य हो । लाखौँ रुपैंयाँ खर्च गरेर अवैधानिक बाटोबाट विदेश जानेहरूका दुःखका कारुणिक समाचार आइरहेका छन् । दलाललाई ७०÷८० लाख रुपैंयाँ बुझाएर विभिन्न देश हुँदै महिनौँको संघर्षपूर्ण यात्रापछि अमेरिका छिर्नेका कथाव्यथा सञ्चार माध्यममा सार्वजनिक भइरहेकै छन् । यस्तै गरी अन्य विकसित मुलुकमा छिर्नका लागि दलाललाई मोटो रकम बुझाएर हन्डर खेपेका धेरै छन् । यसमा पछिल्लो नयाँ गन्तव्य रुस थपिएको छ । ठुलो धनराशि खर्च गरेर जसरी पनि विदेश जाने मानसिकताको विकास हुनेखाने नेपालीमा समेत किन भइरहेको छ भन्नेतर्फ सम्बन्धित निकायले सोच्न आवश्यक छ ।

    स्वदेशमै सानातिना उद्यम, व्यापार व्यवसायमा लगानी गरेर परिवारसँग रमाएर बस्नुको विकल्पमा विदेश नै जाने प्रवृत्ति बढ्दै गइरहेको छ । कमाउने लोभमा विदेश जानेहरूले धन गुमाउनुका साथै दुःख बेहोरेर फर्किने गरेका घटना त सामान्य हुन्, ज्यानै गुमाएका दुःखद घटनाले परिवारको मात्र नभएर आमनेपालीको मन लामै समयदेखि उद्वेलित बनाइरहेको छ । विसं २०६१ भदौ १५ गते इराकमा भएको १२ जना नेपालीको हत्याका कारण सिङ्गो देश रोएको थियो । केही समयअघि इजरायलमा पढ्न गएका दस जना विद्यार्थीको हमासको आक्रमणमा परेर भएको निधनले अर्को पीडा थपेको थियो भने यसरी विदेशमा नेपालीको हत्या हुने क्रम बढिरहनु थप चिन्ताको विषय भएको छ ।


    थप अर्को पीडा यतिबेला युद्धग्रस्त मुलुक रुसको सरकारी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्धमा ज्यान गुमाएका छ जना नेपाली युवाका कारण परिवारको बिचल्ली हुनुका साथै आमनेपालीको मन अमिलिएको छ । रुसी सेनामा भर्ती भएर गएको असारयता युद्धमा ज्यान गुमाउनेहरूमा कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की, गोरखाका सन्दीप थपलिया, इलामका गङ्गाराज मोक्तान र दोलखाका राजकुमार रोक्का भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।


    यसै गरी युक्रेनले बन्दी बनाएका विवेक खत्रीको अवस्था पनि सार्वजनिक हुन सकेको छैन । यसरी युद्धसेनामा जानाजान आशक्त हुने विकृति प्रवृत्ति तत्काल रोक्नु वान्छनीय भएको छ ।


    रुस र युक्रेनबिच झन्डै दुई वर्षदेखि युद्ध चलिरहेको छ । युद्धकै क्रममा रुसी सेनामा भर्ती गराउन नेपालबाट भूतपूर्व सुरक्षाकर्मी मात्र नभएर बहालवाला सुरक्षाकर्मीलाई समेत मोटो रकमको लोभ देखाएर लाखौँ असुल्दै रुस पु¥याउन सक्रिय गिरोहको पर्दाफास भएको छ । पर्यटक भिसामा रुस पु¥याएर सेनामा भर्ती गराउने गिरोहका नाइके उदयपुर जिल्लाको कटारी नगरपालिका–६ का भूतपूर्व सैनिक हरिबहादुर विश्वकर्मा (हरि विक) सहित अन्य सहयोगी ११ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

    गिरोहले अहिलेसम्म १८ जनालाई रुस पु¥याइसकेको र थप १५ जनालाई उडाउने तयारी गरिसकेको अवस्थामा उनीहरू पक्राउ पर्नुले थप नागरिक जोखिममा पर्नबाट जोगिएका छन् । पक्राउ परेकाहरूको साथबाट ठुलो मात्रामा राहदानी बरामद हुनुले वैदेशिक रोजगार व्यवसायी र शैक्षिक परामर्शदाताको आवरणमा उनीहरूको धन्दा लामो समयदेखि चल्दै आएको अनुमान गरिएको छ । युद्ध चर्किंदै जाँदा रुसले विदेशी नागरिकलाई समेत सेनामा भर्ती खोलेपछि नेपाली सुरक्षाकर्मी दलालमार्फत गैरकानुनी बाटोबाट रुस पुग्नुको पछाडि आर्थिक प्रलोभन नै मूल कारण देखिन आउँछ । भारत, साउदी अरब, कतारलगायतका मुलुक हुँदै रुस पुगेर युद्धरत देशको सेनामा भर्ती हुनु भनेको आफ्नो जिउज्यानको माया मार्नु नै हो । छ जनाले युद्धमा ज्यान गुमाएपछि मात्र सार्वजनिक भएको यस घटनामा अन्य कति जना रुसी सेनामा भर्ती भएका छन् भन्ने तथ्याङ्क सरकारले कूटनीतिक तवरबाटै तत्काल खोज्न आवश्यक छ । युक्रेनी सेनामा पनि उसरी नै भर्ती भएका पनि हुन सक्छन् । नेपाली नागरिकले बेलायत र भारतीय सेनामा मात्र वैधानिक रूपमा भर्ती हुन पाउने प्रावधान छ ।


    जुन देशको सुरक्षा निकायमा नेपाली नागरिक भर्ती हुन सक्ने भन्ने दुई पक्षीय सम्झौता छैन, त्यस्तो मुलुकमा भर्ती गराउने गिरोहको जालो तोडेर कारबाहीको दायरामा ल्याउन अनुसन्धानलाई अझै फराकिलो बनाउनुपर्ने हुन्छ । नेपाली नागरिकलाई यथार्थ नबुझी जोखिम मोलेर दलालको भरमा विदेश नजान सम्बन्धित निकायबाट जनचेतना अभिवृद्धि गरिनु पनि उत्तिकै आवश्यक देखिन आउँछ ।


    वैदेशिक रोजगारमा जाने र दुःख पाउनेको कथाले एउटा उपयास छ । वैदेशिक रोजगारका अव्यवस्थाका कारण सृजित समस्याका कारण बगेका आँसु जम्मा गर्ने हो भने एउटा अर्को फेवाताल नै बन्छ । वैदशिक रोजगारमा पठाउने दलालहरूको बोली जति मीठो हुन्छ, व्यवहार उस्तै क्रूर हुन्छ। आकर्षक कमाइ हुने कामको खोजीमा भौंतारिएका व्यक्तिसँग भेट भयो भने दलालहरूले यसरी गफ दिन्छन् कि उनीहरूले भनेअनुसार पैसा बुझाउन सक्यो भने श्रमिकको आर्थिक हैसियत केही वर्षमै कायापलट हुन्छ। सपनामा पनि सोच्न नसक्ने गरी पैसा कमाउन सकिने गफमा भुलेर श्रमिकहरू दलालको भुलभुलैयामा पर्छन् र तत्काल घरघडेरी बेचेर भए पनि दलाललाई कुस्त पैसा एड्भान्सका रूपमा दिइहाल्छन्। यसरी तिरेको पैसाको कुनै कानुनी हैसियत हुँदैन।


    दलालहरू भने बेपत्ता भइसक्दा पनि रोजगारमा जाने योजनामा रहेकाहरू भने विदेश जाऔंला र पैसा कमाउँला भन्दै दिन गनेर बसिरहन्छन्। तर त्यो दिन कहिल्यै आउँदैन। दलालको फन्दामा परेर सडकको बासमा पुगेका थुप्रै नागरिक दलालको खोजीमा छन्। कोही वर्षौंदेखि कानुनी लडाइँमा छन्। साहुबाट ल्याएको ऋणको सावा–ब्याज तिर्नुपर्ने र अकारण लड्नुपरेको मुद्दाको थिचोमा परेकाको समस्याबारे राज्य गम्भीर हुनुपर्छ ।

    खराब आचरण भएका केही दलालका कारण समग्र वैदेशिक रोजगार व्यवसायलाई नै बदनाम गराएको छ। मुलुकभर वैधानिक रूपमा ७५२ वटा वैदेशिक रोजगारसम्बन्धी म्यानपावर कम्पनी रहे पनि समाजका कुनाकुनामा दलालहरू फैलिएका छन्। स्वदेशमा एक प्रकारको काम गरेर विदेश पुगेपछि अर्कै काममा लगाउने, कबुल गरेअनुसारको सेवासुविधा नदिनेदेखि आकर्षक मुलुकमा पठाउँछ भन्दै रकम कुम्ल्याएर आफैं फरार हुने प्रवृत्ति यो क्षेत्रमा छ। विदेश गएर रोजगारमा लागे पनि कुनै न कुनै समस्या नभोगेका व्यक्ति भेट्न मुस्किल छ। तुलनात्मक रूपमा प्रदेश २ का नागरिक यो समस्याबाट बढी प्रभावित छन्।

    दलाललाई लाखौं रुपैयाँ बुझाएर पनि विदेश जान नपाएका र अहिले न्याय पाउने आशामा रहेको दर्जनौं नागरिक अदालती निर्णयको पर्खाइमा छन्। फितलो अनुगमन र उनीहरूले जस्तै गल्ती गरे पनि उच्च राजनीतिक तथा प्रशासनिक पहुँचका कारण कानुनी कारबाहीबाट उन्मुक्ति पाउने गरेका छन्। अपवादबाहेक वैदशिक रोजगारमा जान चाहनेहरूको आर्थिक हैसियत कमजोर नै हुन्छ। यस्ता वर्गको सरकारी निकायसम्म राम्रो पहुँच पनि हुन्न। उनीहरूले राम्रो कानुनी ज्ञान लिन पनि सक्दैनन्। यसैको फाइदा दलालहरूले लिइरहेका छन्। कतिपय दलाल पक्राउ गरे पनि उनीहरूमाथि कडा कानुनी कारबाही हुन सकेको छैन।

    सत्ता प्राप्तिका लागि मुलुकमा हिजोआज दैनिकजसो सभा–सम्मेलन हुने गरेको छ। नेताका कोठे बैठकको गन्ती गरिसाध्य छैन। तर यस्ता सम्मेलन वा बैठकमा घामपानी वा हर प्रकारका वाधा प्रवाह नगरी हाड खियाइरहेका दाजुभाइलाई यो बाध्यात्मक अवस्थाबाट मुक्ति दिने विषयमा मन्थन भएको पाइँदैन। बरु विदेशमा दस नंग्रा खियाइरहेकाबाट आर्थिक संकलन गर्ने र कसरी चुनाव वा सत्ता आरोहणका लागि भर्याङ बनाउने भन्ने ध्याउन्नमा नेताहरू केन्द्रित भएको पाइन्छ। योभन्दा लाजमर्दो अवस्था अरू केही हुन सक्दैन।


    विदेशी भूमिमा बेहोर्नुपरेको कष्टको समाधान गर्न नसके पनि स्वदेशभित्र आफ्नै दाजुभाइलाई ठग्नेविरुद्ध भने कडा कारबाही हुनुपर्छ। पीडितलाई न्याय दिनुपर्छ। आफ्नै दाजुभाइलाई ठगेर रातारात धनी बन्ने ध्याउन्नमा लागेकाहरूलाई नियन्त्रण गर्नुपर्छ। रोजगारमा जान चाहनेले बलियो कानुनी आधारविना दलाललाई पैसा दिनुहुन्न। यस्ता विषयमा सरकारी तथा गैरसरकारी संस्थाबाट प्रभावकारी परामर्श दिनुपर्छ। अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ। सरकारी दरभन्दा बढी रकम असुल्न खोज्ने दलाल पहिचानका लागि रोजगारमा जान चाहनेले पनि सहयोग गर्नुपर्छ। धेरै पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने सोचाइमा परिवर्तन ल्याउन जरुरी छ। सरकारी स्तरबाट रोजगार सिर्जना हुने नीति तथा कार्यक्रम ल्याउन जरुरी छ। स्वदेशमा रोजगार गर्न सक्ने वातावरण निर्माण गर्ने राज्यको नितिमा परिवर्तन आउन जरुरी छ । साँचो अर्थमा आफ्नै मुलुकमा रोजगारी सृजना गर्न सम्भव छ । दलाल पुँजीवादलाई विस्थापित गरी राष्ट्रिय पुँजीको विकास गर्न सकेमा मात्र स्वावलम्बी नेपाल सम्भव छ ।


    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.