Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कोरियाको जागिर छाडेर काँटी बनाउन लागिपरेका दीपक
    कनकाई नगरपालिका

    कोरियाको जागिर छाडेर काँटी बनाउन लागिपरेका दीपक

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर २८, बिहीबार ०५:३४ गते5 Mins Read

    नेपालमा लगानीको वातावरण बनाउन राज्यले सहयोग गर्नुपर्छ, –दीपक चापागाईं

    तेह्र वर्षअघि दीपक चापागाईं रोजगारीका लागि दक्षिण कोरिया गएका थिए।

    उनले सुरूमा एउटा प्लास्टिक उद्योगमा काम गरे। त्यहाँ प्लास्टिकका दानाबाट त्रिपाल, कपडा र टनेलमा प्रयोग हुने प्लास्टिक बनाइन्थ्यो।

    आफ्नो देशमा हुँदा धेरै खटेर श्रम नगरेका दीपकलाई त्यहाँ काम गर्दा देशको याद झलझली याद आउँथ्यो। यस्तै काम बरू आफ्नै देशमा गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। नेपालमा सम्भावना होला कि नहोला भनेर घोत्लिन्थे। यस्तै अलमल हुँदाहुँदै उनी त्यो उद्योगमा धेरै टिक्न सकेनन्।

    ‘तलब थोरै थियो, १६ महिनामा काम छाडेँ,’ उनले भने।

    त्यसपछि उनले पानीजहाज बनाउने कम्पनीमा काम पाए। करिब ४० बिघा जग्गामा फैलिएको ठूलो उद्योग थियो। त्यहाँ फलामको धाउ (कच्चा पदार्थ) ल्याएर पानी जहाज बनाइन्थ्यो। उनी पाइप बनाउने काम गर्थे। त्यहाँ उनले आफ्नो सीप विकास गर्ने अवसर पाए।

    त्यो कम्पनीमा ठूलो संख्यामा आप्रवासीहरू काम गर्थे। नेपाली श्रमिकहरू मात्रै ८ सय जना थिए।

    ‘नेपालीहरूमध्ये सबभन्दा राम्रो काम गरेको भनेर म दुईपटक पुरस्कृत भएँ। काम गर्ने हौसला बढ्यो,’ उनले भने, ‘तलब पनि सन्तोषजनक थियो।’

    चार वर्ष दस महिना कोरियामा काम गरेर दीपक आफ्नो घर झापा फर्किए। केही समयपछि फेरि कोरिया जाने योजना बनाए। अझै केही वर्ष काम गरेर लगानीका लागि पैसा जम्मा गर्ने र कम्तीमा ५० जनाले रोजगारी पाउने गरी उद्योग चलाउने सपना देखे।

    कोरिया जान भाषा परीक्षा दिए। उत्तीर्ण पनि भए तर भिसा आएन। भिसा आउने कि नआउने, टुंगो पनि भएन।

    उनका लागि भिसा पर्खाइ पट्यारलाग्दो भयो। कामबिना बस्नु पर्दा दिन बिताउन पनि कठिन हुन्थ्यो। यसरी अलमलिनुभन्दा देशमै काम गर्नु उचित ठाने।

    ‘अब त भिसा आए पनि जान्नँ, आफ्नै माटोमा केही काम गर्छु भन्ने अठोट गरेँ,’ दीपकले सुनाए।

    उनले काँटी–किल्ला र नट–बोल्ट उत्पादन गर्ने उद्योग चलाउने योजना बनाए। झापाको जामुनबाडीस्थित आफ्नै दुई कट्ठा जग्गामा तारबार गरे। अनि २०७४ सालमा सुरू भयो ‘डाइमन्ड स्टिल उद्योग’।

    काम सुरू भएको मात्र थियो, कोरियाको भिसा आएको खबर पाए।

    ‘करारपत्र हेरेँ, ओभर टाइमसमेत खट्दा महिनामा तीन लाख नेपाली रूपैयाँ कमाइ हुने थियो। तर हस्ताक्षर गरिनँ। आफैं उद्योगपति बन्छु भन्ने अठोट गरेर कम्मर कसेँ,’ उनले भने।

    उद्योग सुरू गर्न सजिलो थिएन। धेरै समस्यासँग जुध्नु पर्‍यो। काँटी र नट–बोल्ट बनाउने मेसिन पाउनै सकस भयो। कतिपय आफन्तले नै कोरिया जान छाडेर काँटी बनाउन थालेको भन्दै खिसिट्युरी गरे।

    काम सुरू भइसकेको थियो। कोरिया जाने बाटो पनि बन्द भइसकेको थियो। जति नै समस्या भए पनि, जोजसले खिसिट्युरी गरे पनि अघि बढ्ने नै सोचे। नकारात्मक टीकाटिप्पणी बेवास्ता गर्दै उनी काममा लागे।

    dipak chapagain (2).jpeg

    उनले उद्योगका लागि चाहिने मेसिन खोज्न विराटनगर, वीरगञ्ज, हेटौंडा लगायत औद्योगिक क्षेत्र चहारे। केही पत्तो लागेन। गुगल र युट्युबमा पनि खोजी गरे। मेसिनका लागि भारत पुगे। सिलिगुडीका एक व्यापारीले उनलाई मेसिनका बारे जानकारी दिए। दीपक मेसिन लिन गुजरात गए। त्यहाँबाट दुइटा मेसिन ल्याए।

    मेसिन आयो, अब चाहियो काँटी बनाउने तार। त्यति बेलासम्म उद्योगका लागि ४५ लाख रूपैयाँ खर्च भइसकेको थियो। तारका लागि फेरि भारतको कलकत्ता पुगे। पहिलो चरणमा कच्चा वस्तुका रूपमा ३२ लाख रूपैयाँको तार ल्याए।

    उद्योग तयार थियो। मेसिन भयो। कच्चा वस्तु आयो। तर मेसिन चलाउने दक्ष जनशक्ति भएन। त्यसका लागि पनि भारतकै भर पर्नु पर्‍यो।

    ‘मासिक भारू ३० हजार तलब दिने गरी मेसिन अपरेटर झिकाएँ,’ उनले भने, ‘खानेबस्ने सुविधा पनि दिएको थिएँ।’

    उत्पादन सुरू भयो तर भारतीय अपरेटर तीन महिनामै काम छाडेर हिँडे। श्रमिक नभएर उद्योग नै बन्द हुने अवस्था आयो। दीपक नेपाली श्रमिक नभई हुँदैन भन्ने निष्कर्षमा पुगे। नेपालीलाई तालिम दिने उपाय सुझ्यो।

    मेसिन किनेको कम्पनीसँग समन्वय गरेर दुई जना नेपालीलाई गुजरात पठाए। कम्पनीले दुई महिनाको तालिम दियो। उनीहरू दक्ष भएर आए।

    ‘कच्चा पदार्थको समस्या, श्रमिकको समस्या; राज्यबाट कुनै सहुलियत छैन। लगानी डुब्यो भने कसैले वास्ता गर्दैन। जोखिम निकै ठूलो थियो,’ त्यो बेलाको हैरानी स्मरण गर्दै दीपकले भने, ‘पाइलैपिच्छे आफ्नो लगानी डुब्ने हो कि भन्ने डर भयो तर हिम्मत नहारी अघि बढेँ।’

    डाइमन्ड स्टिल उद्योगमा हाल दुई जना प्राविधिक छन्। अन्य श्रमिक तीन जना छन्। मार्केटिङ र उद्योग व्यवस्थापन समेत गरेर कुल आठ जना छन्। उद्योगले दैनिक फरकफरक पाँच वटा नापका काँटी उत्पादन गर्छ। नट–बोल्ट र स्टिल दराज पनि उत्पादन गर्छ।

    हाल उद्योगको क्षमता बढाउन काम भइरहेको छ। काँटी उत्पादनका लागि तीन वटा मेसिन थपिएका छन्। लगानी ८० लाख रूपैयाँ नाघेको छ।

    दीपक दैनिक चार हजार केजी काँटी उत्पादन गर्ने तयारीमा छन्।

    ‘नट–बोल्ट, जिआई तार, चुरी र रड पनि उत्पादन गर्ने योजना छ,’ उनले भने, ‘उत्पादन बढाउन सके भारतबाट हुने आयात मात्रामा कमी हुने मेरो विश्वास छ।’

    उनी ‘भरोसा बिजनेस ग्रुप’ दर्ता गरेर विभिन्न केमिकल, फिनेल, हरपिक लगायत वस्तु पनि उत्पादन गर्ने योजनामा छन्। भूकम्प प्रतिरोधात्मक ‘इन्टरलक ब्लक’ बनाउने उद्योगका लागि भौतिक संरचना तयार हुँदैछ। कोरियाको एक कम्पनीसँग सहकार्य गरी प्लाइ तथा प्लास्टिक कम्पनी खोल्ने प्रक्रिया पनि सुरू गरेका छन्।

    दीपकले कन्काई नगरपालिका–२, सुकेडाँगीमा करिब २५ करोड रूपैयाँ लगानीमा कुहिने फोहोरबाट बायोग्यास र प्रांगारिक मल उत्पादन सुरू गरेका छन्। यहाँ हाल १७ जना मजदुर नियमित काम गर्छन्।

    कनकाई नगरपालिकाकै वडा नम्बर ८, लक्ष्मीपुरमा ‘यू एन्ड डी इन्डस्ट्रिज’ नामको उद्योग स्थापना गरेका छन्।

    ‘भौतिक संरचनामा गुणस्तरीय सामग्री उत्पादन गर्ने उद्देश्यले यो उद्योग सुरू गरेको हुँ। यसले ढुंगा, गिटी र बालुवा प्रशोधन गर्छ,’ उनले भने, ‘यहाँ १३ जना काम गर्छन्।’

    आगामी पाँच वर्षमा डायमन्ड स्टिल उद्योगलाई मझौला उद्योगमा विकास गर्ने उनको लक्ष्य छ। यति धेरै काममा पाइला चालेका भए पनि सरकारी निकायहरूसँग दीपकको अनुभव सुखद छैन।

    ‘नेपालमा उद्योग चलाउन सजिलो छैन। असम्भव त केही पनि छैन तर धेरै कठिनाइ बेहोर्नु पर्छ। व्यवसाय गर्छु भन्नेलाई राज्यको सहयोग चाहिएको छ,’ उनी भन्छन्।

    कोरियामा सरकारले उद्योगीहरूको प्रोत्साहन र हकहितमा निकै काम गरेको आफूले देखेको उनले बताए।

    ‘त्यहाँ त सरकार उद्योगीका लागि अभिभावक नै हुँदो रहेछ। यता नेपालमा उद्योग दर्ता गराउँदादेखि पाइला पाइलामा समस्या छ। केही समस्या लिएर सरकारी अड्डा गयो भने पैसाको कुरा आउँछ। नेपालमा लगानीको वातावरण बनाउन राज्यले सहयोग गर्नुपर्छ। राज्यको सहयोग र संरक्षण नभई उद्योगहरू फस्टाउन सक्दैनन्।’ -साभार ःसेतोपाटीबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.