Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुमधुर स्वरका राजा गायक सुरेशकुमार क्षेत्री
    कनकाई नगरपालिका

    सुमधुर स्वरका राजा गायक सुरेशकुमार क्षेत्री

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८० मंसिर १४, बिहीबार १९:१९ गते6 Mins Read

    सङ्गीत एक ललित कला हो । सङ्गीतले मानिसलाई अलौकिक सुखको अनुभूति गराउँछ । सङ्गीतको माध्यमबाट व्यक्ति आफ्नो समस्त दुःखकष्ट, व्यथा, वेदना भुलेर केवल आनन्द अनुभव गर्न सक्छ । आजकोे यो वैज्ञानिक युगमा सङ्गीतको झन धेरै महत्त्व छ । मानिसका लागि सङ्गीत औषधि समान हो । सङ्गीत अब केवल मनोरञ्जनको साधन मात्र होइन, यो त जीवनको त्यस्तो आवश्यकता बनेको छ, जसको सहायताले पीडा र वेदनाको न्यूनीकरण गर्न सम्भव छ र वास्तविक सुखानुभूति गर्न सम्भव हुन्छ ।

    रसको सृष्टि गर्ने सुव्यवस्थित ध्वनि नै सङ्गीत हो । गायन, वादन र नृत्य तीनै वटा विधालाई सङ्गीतकलामा राखिएको छ । सङ्गीतको आदिम स्रोत प्राकृतिक ध्वनि हुन् । प्राकसङ्गीत युगमा मानिसले प्रकृतिका ध्वनि र तिनका विशिष्ट लय सम्झने कोशिश गर्दा सङ्गीत शुरु भएको मानिन्छ । स्वर र लय व्यवस्थित रूपमा मिलाएर सङ्गीतको सृष्टि गरिन्छ । देहावसान भएपछि बल्ल कलाकारको जीवनको व्याख्या गर्ने, औषधि समेत खान नपाएर बाँचुन्जेल पीडा भोग्दै, थलिँदै मृत्यु अँगाल्नुपर्ने र मरेपछि स्मरण गरिने र गुणगान गाइने नेपाली समाजको सांस्कृतिक विशेषताका वीचबाट हुर्किँदै गरेको सङ्गीतको व्यावसायीकरणको गति धीमा छ अहिलेसम्म पनि र कलामा मात्र भर परेर साधकहरूका लागि बाँच्न त्यति सजिलो छैन ।

     पश्चिमा सङ्गीतको दबदबा खेपिरहेको नेपाली सङ्गीतको कमजोर अवस्थालाई माथि उठाउन र नेपालीपनलाई बचाई राख्का लागि धेरै नेपाली गीतकार, सङ्गीतकार र गायकले आफ्नो सम्पूर्ण जीवन अर्पेका छन् र आफ्ना जीवनका सुन्दर बसन्तहरु बिताएका छन् सङ्गीतसाधनामा । त्यस्तै एक साङ्गीतिक क्षेत्रका साधक हुन् सुरेशकुमार क्षेत्री । 

    नेपाली गीत र सङ्गीतको दुनियाँमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल कलाकार सुरेशकुमार क्षेत्री १९६१ डिसेम्बर १ मा दार्जिलिङको फूलबारीबस्तीमा पिता आर.बी.क्षेत्री र माता कमला क्षेत्रीका सुपूत्रका रूपमा जन्मेका हुन् । डेढ दर्जन गीति अल्बम निकालिसकेका सुमधुर स्वरका धनी सुरेशकुमार ‘तिमी मेरो जिन्दगीको किरण’, ‘प्रिय तिम्रो सम्झना’, ‘पर्खिरहन्थ्यौ पधँरोमा’, ‘शीतल तिम्रो मायाको छहारीमा’ लगायतका गीतका कारण स्रोताका मनमुटुमा रहेका छन् ।

    उनी नेपाली सङ्गीतका अब्बल सर्जकका रूपमा मानिन्छन् । सृजनामा सरलता र स्वरमा ओज रहेकाले उनलाई धेरैले रुचाएको देखिन्छ । नेपाली सङ्गीतका पारखी स्रोतामाझ आफ्नो सुमधुर गीतहरूको लाइभ वा प्रत्यक्ष प्रस्तुतिका लागि उनी प्रसिद्ध छन् । आफ्ना कालजयी गीतहरू प्रत्यक्ष गायनमार्फत प्रस्तुत गरेर दर्शकहरूको मन जित्न सफल छन् उनी । उनी साङ्गीतिक आकाशका एक उज्ज्वल नक्षत्र हुन् । उनी अग्रज स्रष्टा हुन्, नेपाल र नेपालबाहिर संसारभरि छरिएर रहेका नेपालीका लागि गौरव हुन् ।

    शताब्दिर्यौंसम्म राजदरबारभित्र सीमित नेपाली सङ्गीत आम जनताको पहुँचसम्म पुगेको ६ दशक पनि बितेको छैन । तर, बितेका यी ६ दशकमा गीतसङ्गीत मन्दिर र डबलीका पटाङ्गिनीबाट माथि उठेर जनताका बिचमा गइरहेको छ । आज सङ्गीत राजामहाराजाको मात्र अधीनमा रहेन, यो आम जनताको सम्पत्ति भएको छ । नेपालमा सङ्गीत, गीत र कलामा समर्पित हुनेका लागि जीवन जिउन सजिलो छैन । कला क्षेत्रको व्यावसायीकरण अत्यन्तै धीमा गतिमा भइरहेको छ । हुन त निःशुल्क गाउनेहरू गाइरहेछन्, बजाउनेहरू बजाइरहेछन् र सुन्नेहरू सुनिरहेछन् । व्यावसायिकताको अभावका बिच पनि परम्परा धान्ने र मनोरञ्जन लिने नाममा भएका यस्ता प्रयासहरू कम महत्त्वका छैनन् र हुन सक्दैनन् ।

    यौनजनिक शब्द मिसाइएका र कतिपय सबालमा अश्लीलजस्ता लाग्ने लोकगीत र दोहोरीहरूको बोलबाला भइरहेको र हिपहप, ¥याप तथा पपको चमकधमक रहेको अनि पश्चिमा संस्कृतिको बढ्दो मार खेपिरहेको नेपाली समाजमा सुरेशकुमारका गीतहरू अलग्गै स्वाद र पहिचानका साथ स्थापित छन् । मेलोडियस शैलीका सुमुधुर गीतबाट चर्चित उनले दर्शक तथा स्रोतामाझ दर्जनौं लोकप्रिय गीत पस्किसकेका छन् । गीतको लोकप्रितासँगै दर्शक तथा स्रोताको मनमुटुमा बस्न सफल गायक बनेका छन् उनी ।

    कहिले उनी नेपालमा पलेटी मारेर बसिरहेका गायक र वाद्यवादकका माझ भेटिन्छन् त कहिले विदेशका सांस्कृतिक कार्यक्रममा नेपाली भाषी स्रोता तथा लाहुरेका बिच । उनका संसारभरि नै हजारौ, लाखौं शुभचिन्तकहरू छन्, प्रशंसक तथा फ्यानहरू छन् र उनी संसारभरि नै नेपाली समुदायका बिच प्रिय छन् । स्वरमा मिठास र नरमपन महसुस गरिने उनका गीतहरू औधि रुचाइएका छन् ।

    उनले नेपालका धरान, काठमाण्डौ र भारतका दार्जिलिङ, कालिम्पोङ, सिक्किम र असम मात्र होइन, नेपाली भाषी बसोबास रहेका देश तथा क्षेत्रहरू हङकङ, बु्रुनई, अष्ट्रेलिया, दुबई र दक्षिण कोरियामा पनि आफ्नो लाइभ शो दिइसकेका छन् । उनी राम्रो गायक मात्र होइन, अब्बल गीतकार र सङ्गीतकार पनि हुन् । उनले लेखेका र सङ्गीत भरेका गीतहरु राजेश पायल राई, यम बराल, सत्यराज आचार्य, निमा रुम्बा, नविन के. भट्टराई, सञ्जीव प्रधान, मोहन भुसाल लगायतका चर्चित गायकहरूले गाइसकेका छन् ।

    सुरेशकुमारले विशेष गरी प्रेमका गीतहरू गाएका छन् र तिनमा विरह र विछोडका छाप भेटिन्छन् । अङ्ग्रेजीमा स्नातक गरेका क्षेत्री एक सफल शिक्षक पनि हुन् । जीविकोपार्जनका लागि सङ्गीतमा मात्र भर पर्न नसकिने भएकाले वैकल्पिक पेसा अपनाउनु परेको उनको भनाइ छ । सन् १९८० देखि सङ्गीतमा पूर्ण रूपमा समर्पित भएर लागेका क्षेत्रीले जीवनमा स्रोताको माया र दर्शकको प्रेरणा पाएको बताउँछन् । सङ्गीतलाई परिभाषित गर्दै उनी भन्छन्–सङ्गीत मनको उपचार हो र यो जीवनको प्रेरणा हो ।

    उनले दार्जिलिङको साङ्गीतिक परिदृश्यमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । अरुणा लामा, पारिजात, दान खालिङ, इन्द्रबहादुर राई, शिवकुमार राई लगायतका साहित्य र सङ्गीतका सर्जक मात्र होइन, शिलाबहादुर मोक्तान, कुन्ती मोक्तान, तुलसी घिमिरे, शम्भु प्रधान सहितका नेपाली भाषा, सङ्गीत र चलचित्र जगत्का नक्षत्र उत्पादन गर्ने दार्जिलिङ्ग, कर्सियाङ र कालिम्पोङलाई हेर्ने काठमाण्डौंको दृष्टिमा खासै ठूलो परिवर्तन नआए पनि नेपाली भाषा, चलचित्र र सङ्गीतका साधकले आफ्नो कर्म छोडेका छैनन् ।

    सुरेशकुमारका गीतहरू जब शुरु हुन्छन्, तब सङ्गीतका पारखी स्रोताहरू मन्त्रमुग्ध भएर सुन्छन् र आँखा चिम्लिएर, आफँैलाई बिर्सिएर सङ्गीतको तालमा डुब्छन् स्रोताहरू । गीत नसकिउञ्जेलसम्म स्रोताको अनुहारमा देखिने गम्भीरता र त्यसबाट बटुल्ने आनन्दको शैली  बेग्लै लाग्छ । साँच्चै भन्ने हो भने उनले साङ्गीतिक क्षेत्रमा ठूलो सफलता प्राप्त गरेका छन्, तर उनी प्रचारबाट टाढा रहन चाहन्छन् । जसरी इलामका कुबेर राई प्रतिभासम्पन्न भएर पनि धेरै वर्षसम्म गुमनाम बसे ।

    उनी वरिष्ठ गायक, गीतकार र सङ्गीतकारका रूपमा आफ्नो गरिमामय स्थान बनाउन सफल छन् । लाखौं स्रोताका लागि उनी सदावहार प्रिय गायक लाग्छन् र सङ्गीतप्रेमीहरू उनलाई सदैव आफ्नो हृदयमा सजाउन चाहन्छन् । मधुर गीतले सदैव स्रोताको आकर्षण उनीप्रति रहेको देखिन्छ । उनले सुगम सङ्गीतका अन्य शैलीमा पनि गाउन कोशिस गरे, तर जति उनी मेलोडियस गीतमा सफल भए, त्यति अरुमा हुन सकेनन् । यो कुरा उनले आफँै महसुस गरेका छन् । उनका लागि मधुरता नै गीतको प्रमुख विशेषता हो । उनको विचारमा सहजता, सरलता, मधुरता र ग्राह्यता बिनाको सङ्गीतको कुनै अर्थ हुन्न ।

    सरकारी उपेक्षा, व्यावसायिकताको कमी र अर्थ अभावले सङ्गीतको भने जति र सोचेजति विकास हुन सकेको छैन नेपालमा । यस्तो परिवेशमा जीवनका ४३ वर्ष सङ्गीतमा समर्पण गरेका साधक सुरेशकुमारबाट अझै धेरै, अभैm मधुर र कालजयी गीत आउने आशा गर्न सकिन्छ । यसका लागि उनलाई चाहिएको छ–स्रोता÷दर्शकको माया, प्रेरणा, सहयोग र साथ । मेलोडियस शैलीका गीत गाएर दर्शक तथा स्रोतामाझ लोकप्रिय भएका गायक एक अब्बल सङ्गीतकार एवम् एक सफल गीतकार पनि हुन् । सङ्गीतलाई जीवन र जीवनलाई सङ्गीत मान्ने सुरेश बिर्सनै नसकिने नेपाली सङ्गीत क्षेत्रका प्रतिभा हुन् ।

    आफ्नो गायनमा नेपाली र पाश्चात्य सङ्गीतको प्रभावलाई पचाएर छुट्टै रूपमा नेपाली सङ्गीतलाई उचाइमा पु¥याउन सहयोग गर्ने साधकको सूचीमा सुरेशकुमारको नाम अग्रपङ्क्तिमा आउँछ । इतिहास र वर्तमानलाई मूल्याङ्कन गर्दै सङ्गीत लगायतका कलाका क्षेत्रमा जीवन समर्पण गर्ने सुरेशकुमार जस्ता दीर्घसेवी साधकलाई राज्यको तर्फबाट संरक्षण र सम्मान हुन जरुरी रहेको सुरेशकुमारका गीतलाई अत्यन्तै रुचिका साथ सुन्ने प्रशंसक कनकाई सुरुङ्गा बजार निवासी व्यवसायी राजु पाठक बताउँछन् । राजुको विचारमा सुरेशकुमारका लगभग १ दर्जन एल्बममा सङ्ग्रहित गीतहरूले प्रेममा धोका खाएका र विछोड भएका प्रेमीका लागि टुटेको मुटु जोड्ने मल्हमको काम गर्छ । सुरेशकुमार नेपाली गीतसङ्गीत क्षेत्रका एक महान हस्ती रहेको उनको भनाइ छ । त्यसैले उनलाई सुमधर स्वरका राजा अर्थात किङ् अफ मेलोडी पनि भनिन्छ ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.