डोल्पा : हिमाली जिल्ला डोल्पामा आफैंले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।जिल्लाको ठुलिभेरी नगरपालिका ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा आफैंले चलाएको ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ का २४ वर्षीया लक्की थापा रहेका छन् ।शनिबार राती साढे नौ बजेतीर घटना भएको र घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
