Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » महिला र पुरुष बीचको विभेद कायमै–शास्त्रमा देवी, व्यवहारमा दास
    कनकाई खबर बिशेष

    महिला र पुरुष बीचको विभेद कायमै–शास्त्रमा देवी, व्यवहारमा दास

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक ११, शनिबार १३:५२ गते3 Mins Read


    अम्बिका भण्डारी (कनकाई खबरको दशैं कोशेलीबाट)

    मेचीनगर नगरपालिका–४ की रुना कार्कीलाई चाडबाड आउँदाको रमाइलो भन्दा थपिने कामको बोझले खासै उत्साह हुँदैन । घरबाट पढाई र जीविकोपार्जनका लागि देशभर छरिएर बसेका परिवारका सदस्यको आगमनले दशैंमा मनलाई प्रफुल्ल तुल्याए पनि थपिएको कामको कारण शरीर पनि शिथिल हुने गरेको उहाँको भनाई छ । “खुशीसँगै दुःख पनि आउँछ”, उहाँले भन्नुभयो, “परिवार र आफन्तलाई खुशी बनाउन उनीहरुको चाहना अनुसारको परिकार पकाउनै पर्यो । बर्षमा बल्ल घरमा आएका हुन्छन् स्याहार र सत्कार विशेष चाहियो । उफ रोबर्ट जस्तै बन्नुपर्छ ।”


    मेचीनगर– ६ की सुष्मा राजवंशी पेशाले सञ्चारकर्मी हुनुहुन्छ । उहाँ रेडियो साथीको एमडी हुनुहुन्छ । चाडपर्वमा गरिने सामाजिक भेटघाट र रेडियोको नियमित कामसँगै घरायसी कामले थकित उहाँ आराम कुन चराको नाम हो भनेर सम्झनु पर्ने बताउनुहुन्छ । “हाम्रा सांस्कृतिक पर्वहरु सबै रमाइला हुन्छन्”, उहाँ भन्नुहुन्छ, “तर घरेलु काम प्रायः महिलाको मात्र हो भन्ने सामाजिक मान्यताले अन्याय भइरहकेको छ । परिवारका सबैले घरको काम आफ्नो दायित्व ठान्ने हो भने सहज हुने थियो ।”


    उहाँहरु प्रतिनिधि पात्र मात्र हो । उहाँहरु जस्तै हरेक महिलाहरु बर्षभरिको घरायासी र कार्यालयको कामले व्यस्ततापछि आएको दशैंमा घुम्ने, आराम गर्ने र आफन्तसँग रमाउने सपना बुन्छन् । तर जब दशैं आउँछ, उनीहरुले बुनेको सपना सधै सपना बन्छ कहिले विपनामा परिणत हुन सक्दैन । दशैंको रौनक सुरु भएसँगै घरमा रंगरोगन गर्ने, कपडा धुने, घर सरसफाई गर्ने लगायतका कामको चापले महिलाहरुलाई रमाउने फुर्सदै मिल्दैन । हरेकका फरक फरक परिकारका माग हुन्छन् । ती मागलाई सम्बोधन गर्दागर्दै र घरपरिवारमा आएका पाहुनाको व्यवस्थापनले दशैं होइन प्रत्येक महिलालाई कामको बोझले थकित बनाउँछ ।


    दशैं अवधिभर देवीको पूजा गरिन्छ । महिलालाई शक्तिको रुपमा स्वीकार गरेर पूजा आराधना गर्ने चाडमै साक्षत्कार देवीहरुमाथि भएको शक्तिशाली हिंसाबारे सबै मौन छौं । पौराणिककालमा महिसासुर नाम गरेको राक्षसलाई बध गरेर शान्ति ल्याउने देवीको पूजा आज कलियुगमा पनि उत्तिकै हुने गरेको छ । एकातिर दशैभरि देवीको मूर्तिको पूजा आरधना गर्छौै भने अर्को तिर साक्षत्कार देवीहरुलाई सो समयमा आराम गर्ने समय नै मिल्दैन । हाम्रो समाजमा हरेक घरको भान्साको काम महिलाको मात्र हो भन्ने भास्य निर्माण भएको छ । यसलाई चिर्न कहीँ कतैबाट पहल भएको पाइदैन ।


    जब चाडपर्व आउँछ महिलालाई कामको बोझ थपिन्छ । विहान उठेदेखि घरको सरसफाई, पाहुनाको सत्कार, सबैको रुची अनुसारको खाना, चिया, नास्ता गर्दागर्दै बेलुका १० बजेको पत्तै हुँदैन । हरेक काम महिलाको मात्र नभई हामी सबैको हो भन्ने परिवारको अन्य सदस्यले सोचिदिने हो भने अरुको जस्तै चाडपर्वहरु महिलाको लागि पनि उत्सव बन्ने निश्चित छ । महिला शक्तिको सामाजिक, दार्शनिक, धार्मिक, बैदिक, पौराणिक एवम् तान्त्रिक आदिले व्याख्या गरिन्छ । आम महिलाभित्र शक्तिको बास हुन्छ भन्ने व्याख्या व्यवहारमा परिणत भइसकेको छ । तर, लोक व्यवहारमा महिलालाई बच्चा जन्माउने कारखाना र घरेलु मजदूरको रुपमा गरिने व्यवहार भने जीवितै छ ।


    मसिनो गरी हेर्ने हो भने चाडपर्वमा महिला र पुरुष बीचको विभेद खुलस्त देखिन्छ । कामकाजी महिलाले झेल्नुपरेका चाडपर्वका पिरलो अझ कष्टकर छ । महिला र पुरुषबीच विभेदको बहस चलिरहँदा भान्सामा हुने असमानताको बारेमा बहस हुन सकेको छैन । सामाजिक क्षेत्र, राजनीतिदेखि विभिन्न स्थानमा महिला समान अधिकारका लागि लडिरहेका छन् । तर, हेर्दा सामान्य लाग्ने जटिल कामको बोझ हुने भान्साका बारेमा भने आफैं पनि मौन देखिन्छौं ।

    पत्रकारितामा संलग्न महिला, प्रहरी प्रशासनका महिला, डाक्टर, वकिल लगायत कामकाजी महिलाले समेत घर र बाहिर दुवै काम गर्नुपर्ने बाध्यता छ । महिलालाई देवीको नाम दिएर काम र जिम्मेवारी भने पेलाएर लगाउने प्रवृत्ति विरुद्ध बोल्नुपर्छ । लैंगिक समानताको अभ्यास हाम्रा घरको भान्साबाटै सुरुवात गरौैं । घर चलाउन दुवैको समान महत्व छ । दम्पती मिलेर घर चलाउनुपर्छ भन्ने चेतनाको विकास गरौं । यो काम पुरुषले गर्ने र उ काम महिलाले गर्ने भन्ने गलत भाष्यलाई तोडौं ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.