Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » दसैंले सबैलाई शान्त, एकताबद्ध र समृद्ध बन्न प्रेरणा दिओस्
    कनकाई नगरपालिका

    दसैंले सबैलाई शान्त, एकताबद्ध र समृद्ध बन्न प्रेरणा दिओस्

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८० कार्तिक ११, शनिबार १२:५४ गते5 Mins Read

    यतिबेला हामी बडादसैं –२०८० को विदाइको क्षणमा छौं । यो पर्व महिलाको महिमा र गुणगानले भरिएको छ । हुन त दसैंको अर्थराजनीतिक अर्थ बेग्लै होला । गरिबी, अभाव र दुःखका आफ्नै कथा छन्, तर मूल कुरा यसको सामाजिक र सांस्कृतिक महत्व नै बढी छ । हाम्रो समाज अहिले पनि पितृसत्तात्मक सोचको चौघेरामा बन्दी छ । महिलालाई दोस्रो नागरिक मान्ने साँघुरो मानसिकताले निर्माण गरेको अनेकन अप्ठेरामा नेपाली महिलाहरू छन् ।

    दुर्गामाताको पूजा आराधना गरिने, देवीको स्तुतिगान गरिने, तर सशरीर उभिएका आफ्ना माता र देवीहरूको सम्मान नहुने अत्यन्तै कहालीलाग्दो स्थितिका वीच हामी दसैं मान्ने गर्दछौं । दसैं पर्वले नेपालीहरूलाई आफ्नो दुःख सुख साट्न र रिसइबी, बदला, आक्रोस र आसक्ति छोडेर एकापसमा आत्मीयता बढाउन अभिप्रेरित गर्दछ । घृणा भाव त्यागेर सद्भावना बढाउन यो स्वर्ण अवसर हो, दसैंले एकता र मिलापका लागि उपयुक्त अवसर प्रदान गर्छ । नेपालमा रहेका हुन् वा नेपाल बाहिर रहेका हुन्, सबै नेपालीले आफ्नो पहिचान तथा नेपाली बन्धुत्वभावलाई कायम राखेर नेपाल राष्ट्र एवं नेपाली राष्ट्रियताप्रति समर्पण र प्रतिबद्घ हुन दसैंले सार्थक प्रेरणा दिन्छ ।


    दसैं हिन्दुको मात्र पर्व होइन, यो नेपालीहरूको महान चाड हो । विजयादशमीको रूपमा पनि परिचित यो पर्वले नछुने थोरै नेपालीहरू छन् । उत्साह, उमङ्ग र हर्षका साथ विविध रमाइला कृयाकलापसहित मनाइने यो पर्व राष्ट्रिय एकताको पर्व भएको छ । युगीन आलोकमा चिन्तनको महापर्व हो यो । सामाजिक भोगाइको वर्तमान सन्दर्भमा यो पर्व धनीमानी र हुनेखानेको लागि मात्र हो कि भन्ने तीतो परिवेश छ । सामान्य नागरिकको आम्दानी र बजार भाउबीचको तालमेलमा गडबड छ । असहज परिस्थितिमा सीमित खर्चले दसैं मान्नुपर्ने छ नेपालका बहुमत परिवारका लागि । दसैं मान्दाको पीडा वर्णन गरी साध्य छैन । महँगीले आकाश चुलिएको समय हो यो । यो दुःख, वेदना र व्यथा बुझिदिने को छ ?


    यो चाडसँग राम र रावण, देवी र दानवको मात्र कथा जोडिएको छैन, यसमा त नेपालको विशिष्ट अन्तरजातीय र बहुधार्मिक यथार्थ पनि प्रतिबिम्बन भएको पाइन्छ । जातीय विविधताका वीच साँचो अर्थमा राष्ट्रिय पहिचानको सुन्दर झण्डा बोकेर उभिएको छ हाम्रो सामु यो दसैं । नेपाली जनताको बलियो एकताको सन्देश दिन बडादसैं सफल भएको छ । यतिबेला सबैलाई यसको खुशीयालीले लपेटेको छ । पन्ध्र दिनसम्म मनाइने यो पर्व सबै नेपालीको साझा पर्व हो । यसको सामाजिक र सांस्कृतिक महत्त्व पनि छ ।

    यो पर्व मनाउन देशविदेशबाट आफ्ना अभिभावक र घरपरिवारसँग भेटघाटका लागि घर फिर्ने क्रम बढेको छ । शक्तिको मूल स्रोत, दयाको मूल स्रोत, क्षमा र करुणाको मूल स्रोत मातृशक्तिको आराधना गरिने यो पर्व आसुरी शक्तिको नाश गर्दै सद्विचार र सत्कर्ममा जोड दिन मनाइन्छ । आसुरी शक्ति भनेको कुनै क्षेत्र, रङ्ग, रूप, छाला, जात, धर्म र राजनीति दर्शनको भेद होइन, यो त प्रवृत्ति हो । बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक, बहुजातीय हाम्रो मुलुक विविधताका वीच एकताको मूलमन्त्रलाई आत्मसात गर्छ । विविधताका पाटाहरूलाई संयोजन गर्दै सांस्कृतिक घुलनशीलताको अनुपम उदाहरणको रुपमा देखा परेको छ दसैं नेपालमा । यो हिमाल, पहाड र तराई–मधेश सबै क्षेत्रमा बसोबास गर्ने नेपाली वीचको एकतालाई बलियो बनाउने चाडको रूपमा विकास भइरहेको छ ।


    दसैंको अवसरमा घर घरमा र देवीका मन्दिर तथा शक्तिपीठहरूमा दुर्गा भवानीको पूजा गरिन्छ । यस अवसरमा प्राचीन दरबार, कोट तथा मौलोहरूमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको हुन्छ । मौलिबाट मौलो शब्द बनेको हो, जसको अर्थ सर्वोच्च, शिखर, मुकुट, प्रमुख आदि हुन्छ । पशुको भोग खाने देवी देवताको मन्दिरमा पनि मौलो गाडिएको हुन्छ । मौलो खासगरी बलिकै लागि गाडिएको खाँबो हो, तापनि राजदरबार र कोटको मौलोले सामरिक एवं प्रशासनिक महत्व राख्छ । यहाँका मौलोहरूलाई राज्य एवं शासनसत्ताको प्रतीक मानिन्छ । पहिले कुनै राज्य वा त्यसको कुनै क्षेत्रमा विजय गर्न सकियो भने विजयको प्रतीकस्वरूप त्यहाँ मौलो गाडेर आफ्नो हक भोग कायम गरिन्थ्यो ।

    संस्कृतिविद् डा. जगमान गुरुङ्गले बडा दसैंको प्रशासनिक, सांस्कृतिक, धार्मिक महत्वका साथमा राष्ट्रिय भावना र एकताको भावना सुजना गर्ने राष्ट्रिय पर्वका रुपमा दसैंलाई लिनुपर्ने बताउँछन् । अहिले हामी मुख्यतः दसैंलाई धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा बढी मान्न थालेका छौं । जीवन दुःख र सुखको संगम हो । आखिर जीवन भनेको दुःखैदुःख मात्र पनि होइन । मुटुभरि सयौं विषादका चोटहरु बोकेर पनि, विभेदीकरण, अन्याय, अत्याचार र शोषणका कहालीलाग्दा कहर सहेर पनि, आँखामा सदैव आँसु साँचेर बाँच्न बाध्य भएर पनि हिमालवासी, पहाडवासी र तराईवासीका लागि ओठमा केही दिनकै किन नहोस् दशैंको खुशीको मुस्कान छचल्किएको छ ।

    शरीरमा हर्ष र उमंगका उत्ताल तरंगहरु लहरिएका छन् यतिबेला । दसैंमा गाइने मालश्रीको धुन एकताको प्रतिक हो । समस्त नेपालीका लागि यो पर्व विजयको प्रतिक हो र यो बिम्ब हो जस्तासुकै दुःखकष्टका बेला पनि नेपालीहरु दुःखलाई बिर्सेर खुशीयालीको माहौलमा सरिक भएर मनका पीडाहरुलाई निकास दिन सक्छन् र भोलिको सुनौलो सपना आँखामा सजाएर आशा बोकेर बाँच्न सक्छन् भन्ने कुराको । हामीभित्रका आसुरी शक्तिलाई चिनेर मिल्काउन सके यो पर्वको सार्थकता रहन्छ व्यक्तिगत रूपमा र मुलुकका लागि पनि ।

    जनअपेक्षाको थर्मोमिटर चढ्दो छ, तीनै तहका सरकारका गतिविधिहरू जनतामा आशा जगाउने खालका छैनन् । यो पर्व शान्ति र सहअस्तित्वको पर्व बन्न सकोस् । अहंकार, असहिष्णुता र अशिष्टता असुरत्व हुन् । तसर्थ हामी भित्रका शत्रुलाई चिनौं, हाम्रा मनभित्र गुजुल्टिएर बस्दै अलिअलि गर्दै खाइरहने रिसराग, द्वेष, अहंकार र वैरभावलाई हटाऔं । नेपालीका मनमा सुनौलो क्षितिज उघ्रन सकोस् । मूल कुरा हाम्रो देश हो । मुलुक भनेको संस्कृतिको समुच्च रुप हो । मुलुक रहे लोकतन्त्र रहन्छ, लोकतन्त्र रहे राजनीति रहन्छ, हाम्रो भविष्य रहन्छ र हाम्रा असीमित चाहना पुरा गर्ने सम्भावना रहिरहन्छ । यस सालको बडादसैंले हामीलाई शुभसन्देश दिन सकोस्– हाम्रो प्यारो देश नेपाल शान्त, एकताबद्ध र समृद्ध बन्ने बाटोमा अघि बढ्न सकोस् ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.