Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नियमित औषधिले नियन्त्रण हुन्छ बाथरोग
    कनकाई खबर बिशेष

    नियमित औषधिले नियन्त्रण हुन्छ बाथरोग

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन २५, बिहीबार ०९:२५ गते3 Mins Read

    काठमाडौँ । आज नेपालसहित विश्वभर विश्व बाथरोग दिवस मनाइँदै छ । यस वर्ष ‘जीवनका हरेक चरणमा आरएमडी (र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज) सँगै बाँच्ने’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज हाडजोर्नी र मांसपेशी दुख्ने समस्या हो । 

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र इन्टरनेसनल र्युम्याटोलोजी लिग (आइलार) को संयुक्त अध्ययनले जनसङ्ख्याको ३० प्रतिशतमा र्युम्याटिक एण्ड मस्कुलोस्केलेटल डिजिज (हाडजोर्नी र मांसपेशी दुख्ने रोग) को समस्या हुने गरेको देखाएको छ । त्यसमध्ये १५ देखि २० प्रतिशतमा कम्मर तथा ढाड दुख्ने र घुँडा दुख्ने समस्या देखिएको अध्ययनले देखाएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख डा बुद्धि पौड्यालले बाथरोग विभिन्न रोगको सँगालो रहेकोले नियमित औषधि सेवन गरेर यसलाई नियन्त्रण गर्न सकिने बताउछन् । “बाथरोग दीर्घरोग हो । यो औषधि खाएपछि निको हुँदैन । जीवनप्रयन्त रोग जान्छ तर नियमति औषधि खाएपछि नियन्त्रण गर्न सकिन्छ”, उनले भने, “त्यसैले बाथरोगलाई नियन्त्रण गर्न सकिन्छ । तर सधैँ यो रोग देखिइरहन्छ ।”उनले वंशाणुगत र वातावरणीय प्रवाहले बाथरोग लाग्ने बताउछन् । धुँलो धुवाँ, चुरोट खाने, मदिरा सेवन, युरिक एसिड हुने खानेकुरा (माछा, मासु र बढी चिल्लो पदार्थ बढी खादा), पखाला लाग्दा, बढी तौल भएको, दाँतको समस्या, फोक्सोका रोगले गर्दा बाथरोग लाग्ने गर्दछ । बाथरोग हरेक उमेर समूहका लागि हुने गरेको उनी बताउछन् । पाँचदेखि १५ वर्ष उमेरसमूहकालाई मुटुको बाथज्वरो बढी हुने गर्दछ । नेपालमा दुई वटा बाथरोग बढी देखिने गरेको छ । त्यसमध्ये हाडजोर्नी खिइने रोग र आम बाथरोग हुन् । तीमध्ये आमवाथ कडा खालको बाथरोग हो भने हाडजोर्नीवाला बूढेसकालमा बढी हुने गर्दछ । बाथरोग विशेषज्ञ डा पौड्यालले आमबाथ रोग बढी महिलालाई हुने गर्दछ । उनका अनुसार दुई तिहाइ महिला र एक तिहाइ पुरुषलाई आमबाथ रोग लाग्ने गरेको छ । उनले ४० वर्षभन्दा माथिका महिलालाई आमबाथ रोग सुरुमा हाडजोर्नी दुख्ने, सुन्निेन, बिहान उठ्दा शरीर कक्रक्क पर्ने, मुठ्ठी खोल्न र पार्न गार्हो हुने समस्या हुने गरेको छ । त्यसपछि बाथरोग कडा हुन थालेपछि ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, तौल घट्ने गर्दछ । त्यसपछि बाथरोगले फोक्सो, आँखा, मुटुमा असर गर्दछ । बाथरोग विशेषज्ञ डा पौड्यालले समयमा औषधि खाएन भने कालान्तरमा हातखुट्टाका जोर्नी बाङ्गो हुने, काम गर्न नसक्नेजस्ता समस्या हुने गर्दछ । नेपालमा पनि नेसनल बाथरोग सेन्टरले सन् २०२१ मा पाँच हजार जनसङ्ख्यामा गरेको अध्ययनले २६ दशमलव ८ प्रतिशत मानिसमा वाथलगायत हाडजोर्नी तथा मांसपेशी दुख्ने समस्या देखाएको छ । सेन्टरले काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, काभ्रे, मकवानपुर, मुस्ताङमा बाथरोगसम्बन्धी अध्ययन  गरेको  थियो । सो सेन्टरले विगत १० वर्षदेखि काठमाडौँको रातोपुलगायत देशका आठ ठाउँ (ललितपुको पुल्चोक, भक्तपुरको टेखापुखु, मुस्ताङचोक पोखरा, झापाको शनिश्चरे रोड, बुटवलको सुख्खा नगर, दाङको तुलसीपुर र चितवनको भरतपुर) मा बाथरोग सेन्टर सञ्चालन गरेर बाथरोगको प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बताए । उनका अनुसार नेपालमा करिब ८० लाख बाथरोगका बिरामी रहेको अनुमान गरिएको छ । त्यसमध्ये १० प्रतिशत जनसङ्ख्या मात्र सही उपचारको पहुँचभित्र रहेका छन् । दिवसकै अवसरमा नेशनल बाथरोग सेन्टरले बाथरोगबारे जनतामा चेतना बढाउने, बाथरोगको समयमै पहिचान गर्ने र बाथरोगको जटिलतालाई रोकथाम गर्ने उद्देश्यले राजधानीका कोटेश्वर, मङ्गलबजार, जाउलाखेल, वसन्तपुर, स्वयम्भु, महाराजगञ्ज, बौद्ध र सिफलमा शरीरका विभिन्न भागमा लाग्ने बाथसम्बन्धी फोटो प्रदर्शनी र मोटरसाइकल र्यालीको आयोजना गरेको छ । ती स्थानमा बिहान ९ देखि बेलुका ६ बजेसम्म फोटो प्रदर्शनी हुनेछ । हातका औँला दुख्ने वा सुन्निने, बिहान उठ्ने बेला हात, खुट्टा वा जिउ कक्रक्क पर्ने, खुट्टाको बुढी औँला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने र सुन्निने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुन्निने बाथरोगका लक्षण हुन् ।  त्यसैगरी बाथरोग भएका मानिसलाई कुर्कुचा दुख्ने (प्रायः बिहान उठ्ने बेला), पाइताला पोल्ने (प्रायः रातिको समयमा) वा झम्झमाउने, पिडौँला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मासंपेशी कमजोर हुने, छालामा डाबर अथवा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने, चिसोमा काम गर्दा हात खुट्टा नीलो हुनेजस्ता लक्षण पनि देखिने गर्दछन् ।   

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.