Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

    २०८२ असार १८, बुधबार २२:३६ गते

    रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

    २०८२ असार १८, बुधबार १५:५१ गते

    एकदिवसीय बृहत फुटसल प्रतियोगिता,मात्र कनकाई फुटसलमा…

    २०८२ असार १२, बिहीबार २१:५१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिक्षणबाट निवृत्त जीवन समाज रुपान्तरणमा (भिडियो)
    कनकाई खबर बिशेष

    शिक्षणबाट निवृत्त जीवन समाज रुपान्तरणमा (भिडियो)

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० भाद्र ३०, शनिबार १२:५७ गते5 Mins Read

    कनकाईमा प्रभावकारी बन्दै न्याय सम्पादन

    कनकाई खबर \ न्याय सम्पादनका क्षेत्रमा झापाको कनकाई नगरपालिका अत्यन्तै प्रभावकारी बन्दै गएको छ ।

    न्याय सम्पादनको एक वर्षे कार्यकालको समिक्षात्मक कुराकानीका अवसरमा कनकाई नगरपालिकाकी उपप्रमुख एवं न्यायीक समिति संयोजक आशा शिवाकोटीले कनकाई खबरसँगको कुराकानीमा ३५ वर्ष सम्मको शिक्षण पेशाबाट अवकास प्राप्त जीवन अब समाज रुपान्तरणमा बिताउँने बताएकी छन् ।

    पछिल्लो समय स्थानीय तहको न्याय सम्पादनका कारण सर्वसाधारणले राहतको महसुस गर्न थालेपछि स्थानीय तहको न्याय सम्पादन प्रभावकारी बन्दै गएको महशुस गरिएको छ । स्थानीय तहले वडास्तरीय मेलमिलाप केन्द्र स्थापना गरेसँगै हाल धेरै उजुरीहरु गाउँघरमै पनि समाधान हुन थालेपछि पालिकाको न्याय सम्पादनको क्षेत्र समेत धेरै फराकिलो बन्दै गएको छ ।


    आफ्नो जीवनको ३५ वर्ष सम्मको अमूल्य समय शिक्षा क्षेत्रमा खर्च गरेर अवकाश प्राप्त समय कनकाई नगरपालिकाको उपप्रमुख जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेर कार्य सम्पादन गर्दै आएकी शिक्षासेवी आशा शिवाकोटीको संयोजकत्वमा कनकाई—२का वडाअध्यक्ष बलराम राई र कार्यपालिका सदस्य नवलकिशोर दत्त सदस्य रहेको न्यायीक समितिले गरेको कार्य सम्पादन प्रभावकारी बन्दै गएको हो ।


    इतिहास र इपिएम जस्तो महत्वपूर्ण दुईवटा विषयमा स्नातकोत्तर तह सम्मको अध्ययन पूरा भएसँगै शिक्षा क्षेत्रमा थप जिम्मेवारीका साथ अनुभव प्राप्त कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीले कनकाई बहुमुखी क्याम्पसको शिक्षा विभाग प्रमुख साथै स्नातकोत्तर तहमा इपिएम संकायको विभागीय प्रमुख भएर काम गरेको अनुभव छ ।

    भिडियो

    उपप्रमुख शिवाकोटीले कनकाई माविको प्रधानाध्यापकको जिम्मेवारीमा रहेर चार वर्ष पूरा गरेसँगै २०७४ को जेठबाट अवकास प्राप्त जीवन सुरु भएको हो । जिवनमा आउँने चुनौतीहरुलाई नै अवसरका रुपमा लिने उपप्रमुख शिवाकोटीले वि.सं. २०३९ को साउनदेखी २०७४ जेठ सम्म शिक्षण पेशामा रहेर विभिन्न जिम्मेवारी सफलतापुर्वक निर्वाह गरेको अनुभव अब समाज रुपान्तरण तर्फ परिणत भएको अनुभव गर्न सकिन्छ ।


    स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेसँगै अघिल्लो कार्यकालमा तत्कालिन उपप्रमुख एवं न्यायीक समिति संयोजक मन्जु प्रसाईको संयोजकत्वमा परशुराम गिरी र नवलकिशोर दत्त सदस्य रहेको समितिबाट प्रारम्भ भएको कनकाई नगरपालिकाको न्याय सम्पादनको कार्य वर्तमान अवस्थामा थप सशक्त बन्दै गएको सेवाग्राही बताउँछन् ।

    इतिहास र इपिएम जस्तो महत्वपूर्ण दुईवटा विषयमा स्नातकोत्तर तह सम्मको अध्ययन पूरा भएसँगै शिक्षा क्षेत्रमा थप जिम्मेवारीका साथ अनुभव प्राप्त कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीले कनकाई बहुमुखी क्याम्पसको शिक्षा विभाग प्रमुख साथै स्नातकोत्तर तहमा इपिएम संकायको विभागीय प्रमुख भएर काम गरेको अनुभव छ


    कार्य सम्पादनकै क्रममा कनकाई नगरपालिकाको न्यायिक समितिमा अघिल्लो आर्थिक वर्ष २०७८ \ ०७९ बाट सरेर आएका ९ वटा मुद्दा रहेकोमा आर्थिक वर्ष २०७९ \ ०८० को असार मसान्त भित्रमा थप२२ वटा गरी जम्मा ३१ वटा विभिन्न विषयका मुद्दा दर्ता भएको बताइएको छ ।

    त्यस मध्ये २४वटा मुद्दालाई मेलमिलाप गराई न्याय सम्पादन गरिएको कनकाई नगरपालिकाकी उपप्रमुख एवं न्यायीक समिति संयोजक आशा शिवाकोटीले जानकारी दिएकी छन् । जसमा लेनदेन साथै जग्गा विवाद सम्बन्धि १७ वटा मुद्धा दर्ता भएकोमा ११ वटा मुद्धा फर्छौट भएको संयोजक शिवाकोटी बताउँछिन् । हालको अवस्था सम्ममा बाँकी रहेका सबै मुद्धा फर्छौट भइसकेको समेत बताइएको छ ।


    त्यस्तै घर झगडा सम्बन्धी दर्ता भएको २ वटा मुद्धा, करार सम्बन्धी १, गाली बेइज्जती १, मानाचामल सम्बन्धी १ वटा गरी जम्मा २२ वटा मुद्धा दर्ता भएको संयोजक शिवाकोटीले बताइन् । यस बाहेक सम्बन्ध विच्छेद, बहुविवाह जस्ता कतिपय निवेदनलाई दर्ता प्रक्रियामै नलगीकन आपसी छलफलको माध्यमबाट खुशीसाथ मेलमिलाप गराई घरमा जाने वातावरण बनाउँदै आएको न्यायिक समिति संयोजक कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटी बताउँछिन् ।

    न्यायिक समितिले यसको अधिकार क्षेत्रमा रहेर विवादको निरुपण गर्ने तथा मेलमिलापको माध्यमबाट आएका उजुरीलाई सहजीकरण गर्ने साथै न्यायिक कार्य सम्बन्धी कार्य सम्पादन गरिरहेको संयोजक शिवाकोटीको भनाई छ । उपप्रमुख शिवाकोटीले दिएको जानकारी अनुसार न्याय सम्पादनसँगै कनकाई नगरपालिकाले कार्यविधि नै बनाएर उपप्रमुख सुत्केरी पोषण कार्यक्रम संचालन गरिरहेको छ । जस अनुसार कनकाई नगरपालिका क्षेत्रका नौ वटै वडामा सुत्केरी भएका महिलाहरुलाई सुत्केरी पोषण सामाग्री वितरण गर्दै आएको जनाइएको छ ।

    पोषण वितरणको कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाको स्वास्थ्यसँग सम्बन्धित कर्मचारी सिनियर अनमी टिका दवाडी साथै सम्बन्धित वडाका पोषण समितिका सदस्यहरुको उपस्थितिमा सुत्केरी आमाहरुलाई पोषण सामाग्री वितरण हुँदै आएको बताइएको छ । सोही क्रममा आर्थिक वर्ष २०७९ \ ०८० मा नगर क्षेत्रका ४ सय ४३ सुत्केरी आमाहरुलाई नगरपालिकाको तर्फबाट सुत्केरी पोषण उपलव्ध गराइएको उपप्रमुख शिवाकोटीले जानकारी दिएकी छन् । हाल सम्ममा यो संख्या बढेर ४ सय ५० पुगेको बताइएको छ ।


    उपप्रमुख सुत्केरी पोषण प्राप्त गर्नकालागी सुरुवातबाटै गर्भवती महिलाहरुले स्वास्थ्य संस्थामा गई गर्भ जाँच गराउँन प्रेरित गरिने भएकाले गर्भवती महिला, सुत्केरी आमा, नवजात शिशु तथा वालवालिकाहरुको स्वास्थ्यमा दीर्घकालिन रुपमा सकारात्मक प्रभाव पर्ने कुरामा विश्वास गरिएको छ ।
    नेपालको संविधानले राज्यको मूल संरचना संघ, प्रदेश र स्थानिय तह हुने र तिनै तहबाट संविधान र कानुन बमोजिम राज्यशक्तिको प्रयोग गर्ने व्यवस्था गरेको छ ।

    नताको नजिक रहि सेवामुलक कार्य गर्नकालागि स्थानिय तहमा कानुनले तोके बमोजिमका विभिन्न समितिहरुको गठन गरी सेवालाई छिटो छरितो र सहज रुपमा सञ्चालन गरी सेवाप्रवाह गर्ने कार्य भईरहेको बताइएको छ ।

    स्थानिय सरकार संचालन ऐन २०७४ तथा यस नगरपालिकाको कार्य संचालनका क्रममा निर्माण तथा जारी भएको कानुनमा समेत नगरपालिकाको उपप्रमुखको जिम्मेवारी उल्लेख गरेको बताइएको छ। सोही बमोजिम तोकिएको कार्य गर्ने क्रममा आ.व.२०७९÷०८०मा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको संयोजकत्वमा रहेका विभिन्न समितिबाट कनकाईमा भएको कार्यसम्पादन प्रभावकारी बन्दै गएको अनुमान गर्न थालिएको हो ।


    जनप्रतिनिधिले स्थानीयतहको नेतृत्व सम्हालेसँगै संविधानमा समेत उल्लेख भए बमोजिम गाउँपालिका तथा नगरपालिकामा न्यायिक सम्पादनको जिम्मेवारी सम्हाल्दै आएको न्यायिक समितिले गरेको न्याय सम्पादनसँगै स्थानीयवासीलाई राहत मिलेको बताइएको छ । न्यायिक समितिले न्याय सम्पादनमा सहजताकालागि सबै सरोकारवाला निकाय, पक्षविपक्ष समेतको स्थलगत अनुगमन गरी सूक्ष्म रुपमा अध्ययन छलफल र बहसका साथ कार्य सम्पादन गर्दै आएको बताइएको छ ।


    न्याय सम्पादनलाई सहज र छिटोछरितो रुपमा सम्पन्न गर्नकालागि स्थानीय तहहरुले हरेक वडामा मेलमिलाप केन्द्र गठन गरेर कार्य सम्पादन गर्ने गरेको बताइएको छ। सोही क्रममा आर्थिक वर्ष २०७९ \ ०८० मा कनकाई नगरपालिकाको नौ वटै वडामा भएका मेलमिलाम केन्द्रमा समेत १४२वटा दर्ता भएका उजुरीहरु मध्ये १२६ वटा फैसला भएर मेलमिलाप गराउँन सफल भएको बताइएको छ । त्यस्तै कनकाई नगरपालिकाको इजलासमा समेत दर्ता भएका १७३ उजुरी मध्ये १५० उजुरी फैसला भइ मेलमिलाप गराउँन सफल भएको बताइएको छ ।


    न्याय सम्पादनको जिम्मेवारी पाएको स्थानीय तहमा सबै किसिमका समस्याहरु आउने भएपनि विशेषगरी लेनदेन सम्बन्धी, जन्मदर्ता, महिला हिंसा, वातावरण प्रदूषण, ध्वनी प्रदूषण, गाली बेइज्जती, ह्युमपाइप निर्माण सम्बन्धी, पानी निकास सम्बन्धी, सम्बन्ध विच्छेद सिफारिस,मानाचामल भर्ने, जग्गा किचलो, बाटो खोली पाउँ भन्ने व्यहोरा लगायतका उजुरी आउने गरेको कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटी बताउँछिन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला
      रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

    २०८२ असार १८, बुधबार २२:३६ गते

    रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

    २०८२ असार १८, बुधबार १५:५१ गते

    एकदिवसीय बृहत फुटसल प्रतियोगिता,मात्र कनकाई फुटसलमा…

    २०८२ असार १२, बिहीबार २१:५१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

    २०८२ असार १८, बुधबार २२:३६ गते

    रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

    २०८२ असार १८, बुधबार १५:५१ गते

    एकदिवसीय बृहत फुटसल प्रतियोगिता,मात्र कनकाई फुटसलमा…

    २०८२ असार १२, बिहीबार २१:५१ गते

    आरएफसी युथ क्लबले सुरुङ्गामा वृहत फुटसल प्रतियोगिता गर्ने

    २०८२ असार १२, बिहीबार २१:३७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.