Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा सार्वजनिक विदा : सन्थाल समुदायको सोहराय पर्व सुरु
    कनकाई नगरपालिका

    कनकाईमा सार्वजनिक विदा : सन्थाल समुदायको सोहराय पर्व सुरु

    कनकाई खबरBy कनकाई खबर२०८२ माघ १८, आईतवार १४:०९ गते3 Mins Read

    फाइल फोटो ,
    कनकाई खबर \ आदिवासी सन्थाल समुदायको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व सोहराय आजदेखि सुरु भएको छ। कनकाई नगरपालिकाले यस अवसरमा सार्वजनिक विदा घोषणा गरेको छ।

    छ दिनसम्म मनाइने सोहराय पर्वलाई सन्थाल समुदायले आफ्नो जीवनशैली, कृषि परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा लिन्छन्। यस पर्वमा घर सफा गर्ने, सामूहिक भोज गर्ने, नाचगान गर्ने, गाई–वस्तु पूज्ने लगायतका परम्परागत विधिहरू सम्पन्न गरिन्छ।

    कनकाई नगरपालिकाले सार्वजनिक विदा दिएकाले पालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्थाहरू आज बन्द रहेका छन्। कोशी प्रदेश सरकारले प्रकाशित गरेको प्रदेश राजपत्रमा जारी भएको सूचना अनुसार माघ शुक्ल पूर्णिमाका दिन आज माघ १८ गते आइतबार सोहराय पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएअनुसार सन्थाल समुदायको बाहुल्यता रहेको झापाका अधिकांश पालिकाहरुमा सार्वजनिक विदा दिएको बताइएको छ ।
    कनकाई नगरपालिकाले स्थानीय विदा सम्बन्धिको सूचना जारी गर्दै सन्थाल समुदायको महान पर्व सोहरायका अवसरमा नगरपालिकाका अत्यावश्यक सेवा बाहेक पालिकाको कार्यालय र मातहतका सबै वडा कार्यालयहरु तथा नगरपालिका अन्तर्गतका निकाय र विद्यालयहरुमा स्थानीय विदा दिइएको कनकाई नगरपालिकाले सार्वजनिक गरेको सूचनामा जनाइएको छ ।

    सतार (सन्थाल) आदिवासी समुदायले मनाउने सोहराय पर्व परम्परागत उल्लासका साथ मनाइरहेका छन् । कृषि, प्रकृति र पशुपालनसँग गहिरो रूपमा जोडिएको यो पर्व धानबाली भित्र्याएपछि सिमान्तकृत तथा लोपुन्मुख अवस्थामा रहेको सन्थाल जातीको प्रमुख सांस्कृतिक उत्सव हो । माघ शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको सोहराय पर्व ६ दिनसम्म मनाउँने गरेको नेपाल सन्थाल आदिबासी उत्थान संघ केन्द्रिय समितिका महासचिव कुन्दन मुर्मू बताउँछन् । मुर्मूका अनुसार सोहराय पर्वका अवसरमा कनकाई नगरपालिका क्षेत्र सहित अन्य पालिकाहरुमा समेत आफ्नो परम्परा अनुसारका सामूहिक पूजा, भोज र नाचगानसहितको कार्यक्रम रहेका छन् ।

    झापासहित पूर्वी नेपालमा मात्र बसोबास रहेको सन्थाल जातीको प्रमुख पर्व सोहरायले सन्थाल अर्थात् सतार समुदायको जीवनदर्शन, श्रमको सम्मान र सामूहिक एकताको प्रतीक बोकेको मुर्मूले जानकारी दिए ।

    विशेषगरी झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने सतार समुदायले सोहराय पर्व माघ महिना वा स्वस्थानीको पूर्णिमाको अवसर पारेर मनाउने गरेको बताइएको छ । खेतीपातीको चक्रअनुसार मिति केही फरक पर्न सक्ने भएपनि धान भित्र्याईसकेर गाई–गोरुको पूजा, सामूहिक भोज र नाचगानसहित पर्व मनाइने गरेको सन्थाल अगुवाहरु बताउँछन् ।

    सोहराय पर्वको मुख्य विशेषता गाई–गोरुप्रतिको सम्मान रहेको र सतार समुदायका लागि गाई–गोरु खेतीका सहयात्री मानिने गरेको बताइएको छ । पर्वका दिन गाई–गोरुलाई नुहाइदिने, सिंगार्ने, तेल–सिन्दुर लगाइदिने र विशेष आहार खुवाउने परम्परा छ । यसले पशुप्रति कृतज्ञता र प्रकृतिसँग सहअस्तित्वको भावना उजागर गर्ने विश्वास रहिआएको सन्थाल अगुवाहरु बताउँछन् ।

    सोहराय पर्वमा परम्परागत पूजा, सामूहिक नाचगान, भोजका साथै भित्ते चित्रकला (सोहराय आर्ट) विशेष आकर्षणका रूपमा रहने गर्छ । गाउँका माझी, नायकेजस्ता अगुवाको नेतृत्वमा पुर्खा र प्रकृति देवताको पूजा गरिन्छ । राम्रो बाली, समुदायको समृद्धि र रोगव्याधिबाट जोगिने कामना गरिन्छ । सोहराय पर्वको अर्को महत्वपूर्ण पक्ष सांस्कृतिक नाचगान भएको बताइएको छ । ढोल, मादल, तामक र तिरियो बाजाको तालमा युवायुवती गोलाकार घेरामा नाच्ने परम्परा रहेको छ ।

    यो नाचगान मनोरञ्जन मात्र नभई पुस्तौंदेखि संस्कृति हस्तान्तरण गर्ने माध्यम भएको बताइएको छ । आधुनिकता, बसाइँसराइ र सांस्कृतिक दबाबका बीच सोहराय पर्व सतार समुदायका लागि पहिचान जोगाउने माध्यम बन्दै गएको छ । यस पर्वले भाषा, परम्परा र सामुदायिक मूल्यलाई जीवित राख्न महत्वपूर्ण भूमिका खेलेको आदिबासी अगुवाहरुको भनाई छ सोहराय पर्व सतार समुदायको फसल भित्र्याएको खुशी मात्र नभएर, प्रकृति, श्रम, पशु र समुदायबीचको सम्बन्धलाई सम्मान गर्ने सांस्कृतिक उत्सव भएको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.