Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्वास्थ्यको भवन संचालनमा नआउँदा सेवागा्रही अन्यौलमा
    समाचार

    स्वास्थ्यको भवन संचालनमा नआउँदा सेवागा्रही अन्यौलमा

    कनकाई खबरBy कनकाई खबर२०७५ मंसिर १३, बिहीबार १४:५६ गते3 Mins Read

    सुरुङ्गा \प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको नवनिर्मित भवन निर्माण कार्य सम्पन्न भएको चार महिना विति सक्दा पनि संचालनमा नआउँदा स्थानीयवासीमा अन्यौलता छाएको छ ।
    जिल्ला स्तरको ठूलो अस्पतालका रुपमा विकास गर्ने योजनाका साथ भौतिक संरचना निर्माणलाई तिव्रता दिएको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा निर्माण कम्पनीले ढिला सुस्ती गरेका कारण सेवाग्राहीहरु अस्पतालवाट लिने गुणस्तरीय सेवावाट वन्चीत भएका हुन् । ठूलो अस्पतालवाट स्थानीयस्तरवाटै भरपर्दो सेवा पाउँने आशाले ढुक्क भएका सर्वसाधारणमा अन्यौलता छाएको छ । अस्पताल संचालनमा ढिलाई भएकै कारण दातावाट प्राप्त भएका १५ लाख भन्दा बढी मूल्य पर्ने स्वास्थ्यसँग सम्वन्धित अत्याधुनिक उपकरणहरु प्रयोग विहिन हुँदा नष्ट भएर जाने अवस्थामा पुगेको वताइएको छ ।

        भवन निर्माणका लागि नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले ६ करोड ९३ लाख १० हजार ६ सय पैतालीस रुपैंयाँ ५ पैशाको अनुमानित लागतमा वोल पत्र आह्वान गरेको थियो । जस अनुरुप पाँच करोड ५२ लाख ५८ हजार २ सय ३९ रुपैंया ८७ पैशामा दि कञ्चनजंघा र कञ्चनजंघा जेभी काठमाण्डौले यहि मिति २०७४ को चैत्र १० गते सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७२ सालको चैत्र १० गतेका दिन कार्यादेश भएको हो । भवन निर्माण सम्पन्न भएसँगै १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द्र संचालन गरीने संझौता भएको वताइएको छ ।

       स्थानीय तहमा एक अस्पतालको सरकारी अवधारणा अनुरुप कनकाई नगरपालिका ३ स्थित सुरुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला स्तरको अस्पतालको रुपमा संचालनमा ल्याउँने तयारी भएको हो । अस्पताल संचालनका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधार तयारी हुनुका साथै आवश्यक मापदण्ड पूरा गर्नु पर्ने भएकाले अस्पतालका लागि भौतिक संरचाना निर्माण कार्यलाई तिव्रता दिएको हो । तर रङ्रोगन सहितको निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौता अनुसारको समय सीमा ८ महिना वितिसक्दा पनि अस्पताल संचालनमा नआउँनुमा संचालक समिति साथै सरोकारवाला सरकारी निकायले चासो नदिएको स्थानीयवासी वताउँछन् ।

       हाल स्वास्थ्य भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसके पनि झ्यालढोकाको काम बाँकी रहेकोले समितिलाई हस्तान्तरण गर्न ढिलाई भएको शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका इन्जिनियर सुदिप पौडेलले वताएका छन् । झ्यालढोकाको लागि आवश्यक पर्ने सामग्रीको अभाव भएकाले केही समय ढिला भए पनि अव एक महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न गरी समितिलाई हस्तान्तरण गर्ने इन्जिनियर पौडेलले वताए । भवन निर्माणका लागि टेण्डर पारेर निर्माणको कार्य गर्दै आएको निर्माण कम्पनीले गुणस्तरहीन सामाग्री प्रयोग गरी निर्माण कार्यमा लापरवाही भएपछि स्थानीयवासी अख्तियार सम्म पुग्नु परेको स्थानीय हरिभक्त संग्रौला वताउँछन् । अहिले पनि प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन पक्ष कमजोर हुँदा केन्द्रमा आवश्यक्ता अनुसारको औषधी नहुनु, दक्ष जनशक्तिको अभाव, प्रशासनीक पक्षको कमजोरीका कारण सेवाग्राही समस्यामा परेको केन्द्रकै स्वास्थ्यकर्मी वताउँछन् ।

        प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिको बेवास्ताका कारण केन्द्रको संचालनमा कमजोरी भएको स्थानीयवासी वताउँछन् । स्थानीय स्तरमा रहेको स्वास्थ्य संस्थाको संचालन साथै व्यवस्थापनमा स्थानीय सरकार अझै गम्भिर वन्नु पर्ने वताइएको छ । केन्द्रको संचालक समितिका पदाधिकारीहरुमा स्थानीय वडा नं. ३ का वडा अध्यक्ष नै स्वास्थ्य केन्द्रको अध्यक्ष हुने व्यवस्था भएअनुसार वडा अध्यक्ष रुद्रप्रसाद चिमरीया यसका अध्यक्ष हुन् । त्यस्तै उपाध्यक्षमा सुरेन्द्र प्रधान र प्राथमिक स्वास्थ्य केन्द्रका इञ्चार्ज सदस्य सचिवको जिम्मेवारीमा रहेका छन् । समितिका अन्य सदस्यहरुमा स्थानीय अगुवा सामाजिक व्यक्तित्वहरु कुमारमणि पोखरेल, निर्मलकुमार खतिवडा, मनोनित सदस्य अम्विका उप्रेती र वडा सचिव भोजराज आचार्य रहेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.