Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पृथ्वीनारायण शाहप्रतिको धारणा सच्याऔँ
    कनकाई नगरपालिका

    पृथ्वीनारायण शाहप्रतिको धारणा सच्याऔँ

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८१ पुष २७, शनिबार २२:०० गते6 Mins Read

    सन्दर्भ : ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

    धेरै लेखकले शाहवंशीय राजा पृथ्वीनारायण शाह (वि.सं.१७७९–१८३१) लाई क्रुर साम्राज्यवादी शासकका रूपमा चित्रित गर्ने गरेका छन् । एकीकरण पूर्व नेपालमा ५५ बढी राज्य थिए । त्यही अवस्था अहिले हुने हो भने नेपाल र नेपालीको अस्तित्व हुने थिएन । पृथ्वीनारायण शाहलाई नेपालको एकीकरण प्रक्रियाको सुरुवातकर्ताको रूपमा मान्नुपर्छ । पृथ्वीनारायण शाहको योगदान र त्यागका कारण हामी अहिले अखण्ड नेपालका नागरिक बनेर शिर ठाडो पारेर सम्मानसाथ बाँच्न पाएका छौँ । आधुनिक नेपालको एकीकरण अभियानमा युद्धको अग्रमोर्चाको आफैँ नेतृत्व गरेका राजा पृथ्वीनारायण शाहले नेपाली सेनाभित्र साङ्गठानिक जग निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेलेको अभिलेख पाइन्छ । गोरखाका युवा राजा पृथ्वीनारायण शाहले अठारौँ शताब्दीको मध्यतिर बाइसी–चौबीसी राज्य–रजौटाहरूलाई राजनीतिक रूपमा समेत एकीकरण गरे । उनले काठमाडौँलाई राजनीतिक राजधानी बनाए, यसको इज्जत, वैभव र उच्चतम् मर्यादालाई आत्मसात् गर्दै । पृथ्वीनारायण अदूरदर्शी र एकाङ्गी थिए भने नेपालको राजधानी गोरखा कायम गर्दथे । तर एकीकरणको भूमिका निर्वाह गर्ने गोरखा राज्य नै नेपाल राज्यमा विलीन भयो । स–साना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । उनको सम्झना र सम्मानमा पुस २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । नेपालमा २००७ सम्म राणाशासन थियो भने सात सालको परिवर्तन पश्चात् राष्ट्रगुरु योगी नरहरिनाथले नेपालमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया शुरु गरेका थिए । तर पृथ्वीनारायण शाहमाथि एकल नश्ल, एकल धर्म र एकल सम्प्रदायको वर्चस्व स्थापित गरेको आरोप लगाउँदै राष्ट्र निर्माता भन्न नसुहाउने तर्क पनि गरिरहेका छन् कतिपय । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा उनको सम्बन्धमा सकारात्मक र नकारात्मक दुवै कोणबाट धेरै चर्चा परिचर्चा हुने गर्छ । उनलाई राष्ट्र निर्माता र वर्तमान नेपालको एकीकरणकर्ताको रूपमा गरिने चित्रण र चर्चालाई मन नपराउने र उनको शालिकमा थुक्नुपर्छ भन्ने जातिवादी र उग्रवादी सोच पनि देखा परेको छ । वर्षैपिच्छे पुस २७ गतेलाई पृथ्वी जयन्ती मनाउनेहरूलाई बाहुन–क्षेत्री कम्युनिष्ट भन्नेहरू पनि छन् नेपालमा । पृथ्वीनारायण शाह यहाँका अहिन्दू मूलवासी मङ्गोलहरूलाई षडयन्त्रमा पारी मितेरी साइनो गाँसी जिउँदै छाला काढी नाक, कान, पेट काटी जघन्य अपराध गर्दै आफ्नो साम्राज्य निर्माण गरेका थिए भनेर आरोप लगाइएको छ ।

    उनी एक कुशल सैनिक नेतृत्व र सफल शासक त छँदै थिए, एउटा दूरदर्शी रणनीतिज्ञ पनि थिए । एकीकरणका दौरानमा राज्य विस्तार गर्नुपरेको कारणबाट पृथ्वीनारायण शाहले आक्रामक नीति अवलम्बन गर्नुपरेको हो । पृथ्वीनारायण शाहका योगदानको चर्चा गर्ने सबै राजावादी भएको र देशबाट राजतन्त्रको उन्मूलन भए पनि संरचना र राजतन्त्रका ठेकेदारहरू पृथ्वीनारायणलाई एकीकरणकर्ता मान्नेहरू भएको भनी आरोपित गरिएको छ । पृथ्वीनारायण शाहलाई साम्राज्यवादी सामन्ती राजा मान्दै वर्तमान नेपाल एकीकरण गर्ने व्यक्तिका रूपमा मान्न नसकिने र एकीकरणका नाममा निष्पक्ष कहीँ कतै राज्य जितेका थिएनन् भन्ने पृथ्वीनारायण विरोधीको आरोप छ । उनले त एकीकरणको नाममा साम्राज्य फैलाएको र उनको लक्ष्य राज्य एकीकरण थिएन भन्ने मत राखेको पाइन्छ । तेस्रो पटकमा नुवाकोट आक्रमण गरी विजय हासिल गरेपछि जयन्त राना मगरको छाला काढ्न लगाई निर्दयतापूर्वक मार्न लगाइएको थियो भनी केही इतिहासकारले लेखेका छन् । किर्तिपुरलाई पनि तेस्रो पटक आक्रमण गर्दा मात्र पृथ्वीनारायण शाहले जितेका थिए । तर त्यहाँका नेवार समुदायका १७ धार्नी नाक, कान काटियो भनी पृथ्वीनारायणमाथि दोष थोपरिएको छ । यो घटना १७७५ को चैत्र महिनामा भएको थियो । विजेताले विजित जनतामाथि कुनै अत्याचार र ज्यादती गरेनन् भनेर नकार्न पनि सकिँदैन । यथार्थलाई यथार्थकै रूपमा बुझौँ ।

    पृथ्वीनारायण शाहका योगदानलाई फरक ढङ्गबाट पनि बुझ्न जरुरी छ । अर्को कोणबाट हेर्ने हो भने पृथ्वीनारायण शाहले स–साना क्षेत्र जस्तै भिरकोट, कास्की, लमजुङ, गोरखा आदिमा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसालेका थिए । पृथ्वीनारायण शाहले सुरू गरेको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सीमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध (पाटलीपूत्र) र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो । पछि सुगौली सन्धि (सन् १८७३) पछि मात्र नेपाल खुम्चिनु परेको थियो । विश्वका अधिकांश देशमा बलिया र बहादुरले नै समेटेर लगेको र मुलुक निर्माण गरेको देखिन्छ । शत्रु पक्ष भन्दै दमन गर्न खोज्दा सफलता भएको देखिँदैन । अमेरिकामा आदिवासीलाई बीउका रूपमा मात्र छुट्टै क्षेत्रमा राखेका छन् । वास्तवमा स्वतन्त्र अमेरिका बनाउँदा आदिवासीमाथि ठूलै ज्यादती गरिएको थियो । इतिहासमा भएको अन्यायलाई अन्याय नै भन्नुपर्छ । तर एउटा जातले अर्को जातलाई अपमान गर्ने, एउटा राज्यले अर्को राज्यलाई परास्त गर्दै अहिलेको अवस्थामा सबै आएको इतिहास छ । यो कुरा हाम्रो नेपालमा मात्र होइन, विश्वमा पनि त्यही भएको हो । एकीकरणका क्रममा शासकहरूबाट केही अन्याय, थिचोमिचो अवश्यै हुनसक्छन् । चाहेर वा नचाहेर पनि त्यस्तो हुन्छ । के गइसकेको कुरा अब फर्काउन सकिन्छ ? बितेका कुरा छाडेर नयाँ सोचका साथ अघि बढ्न जरुरी छ । हामी अहिले एक्काइसौं शताब्दीको उत्तरआधुनिक युगमा छौं । जे भए पनि अर्थात् पृथ्वीनारायण शाहको विशाल देशको महाराजा हुने व्यक्तिगत चाहना रहेको भए पनि उनी एकीकरणकर्ता नै हुन् । विश्वभर विगतमा जति पनि राज्य विस्तार वा राज्य निर्माण भएका छन् अधिकांश व्यक्तिगत इच्छा वा महत्त्वाकांक्षाबाटै शुरु भएका हुन् । इतिहास त इतिहास भइसकेको छ । इतिहासलाई लिएर अहिले एक जातिलाई अर्को जातिमाथि अन्याय गर्न प्रपञ्च रच्नु घातक काम हो । पृथ्वीनारायण शाहलाई कसैले नायक र कसैले खलनायक भन्नु भनेको हामी नेपाली अबुझ बन्नु हो । सिङ्गो र एकताबद्ध मुलुक बनाउने क्रममा पटक पटक रक्तपात भएको नेपालको इतिहास छ । भारत र चीनमा पनि सयौँ राज्यहरू थिए । ती मुलुकमा विभिन्न सम्राट थिए । लडाइँ लडेर नै ठूलो र अखण्ड देश बनाउने काम अन्य देशमा पनि भयो । ठूला देश भारत र चीनबीचका हामी साना–साना राज्य छौँ, मिलेर अगाडि बढेमात्र टिक्छौँ, भारत र चीनले हेप्न सक्दैनन् भनेर ‘दुई ढुङगाबीचको तरुल’ भने पृथ्वीनारायण शाहले । उनले एकीकरण अभियानलाई गण्डकीसम्म पु¥याए, त्यसलाई उनका उत्तराधिकारीहरू राजेन्द्रलक्ष्मी, बहादुर शाह आदिले अगाडि बढाएका हुन् ।

    एकीकृत, सिङ्गो र एकताबद्ध नेपाल नभएको भए आज कस्तो हुनेथियो होला, एकछिन कल्पना गरौं त । नेपाल एकीकरण नभएको भए अहिले कस्तो अवस्थामा हुन्थ्यौँ ? भारत वा चीनको एक भागमा हामी रहन्थ्यौं होला । विजेता राज्य पराजित राज्यमा विलीन भएको उदाहरण संसारका एकीकरण इतिहासमा विरलै भेटिन्छ । तर, यही विन्दुबाट हजारौँ वर्षदेखि सँगसँगै सुखदुःख गर्दै बाँचेका तथा कुनै सीमानाले छेकबार नगरेका विभिन्न क्षेत्र, जाति, धर्म, संस्कृति एउटा नयाँ रूपमा सङ्गठित र एकाकार भए । पृथ्वीनारायणको महान् पहलबाट नै एकीकृत राष्ट्र निर्माणको प्रक्रिया शुरु भयो । पृथ्वीनारायणका बारेमा नेपालीहरू गौरवान्वित हुनुपर्छ । आज नेपाल टिकेको मात्र छैन, आवश्यक पर्दा यसले शत्रुलाई लडाएको र शत्रुलाई ढालेको पनि छ । पृथ्वीनारायणको जन्म नभएको भए आजको नेपाल सम्भव हुन्थ्यो वा हुन्नथ्यो, यसै भन्न सकिँदैन । एकीकरण आजको अकाट्य र चुनौती दिन नसकिने यथार्थ हो । यो नभएको भए नेपाल राज्य सम्भवतः विस्मृतिको गर्भमा विलीन भएको कथा भइसकेको हुने थियो । आज हामी स्वतन्त्र देशका नागरिक हुन पाएका छौं । हाम्रो विश्वभर नेपाली भनी प्रतिष्ठा छ । अतः उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु इतिहासप्रतिको इमानदारी मात्र होइन, शान्त, सुन्दर र समृद्ध नेपालको निर्माणका लागि एउटा बलियो पूर्वाधार पनि हो । उनले निर्माण गरेको राज्य गौरवको विषय हुने तर निर्माताचाहिँ अभिशाप कसरी हुन सक्छ ? तसर्थ पृथ्वीनारायण शाहलाई नेपालका निर्माता वा सूत्रधारको रूपमा गौरवमय स्थान दिनुपर्छ ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.