Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

    २०८२ असार १८, बुधबार २२:३६ गते

    रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

    २०८२ असार १८, बुधबार १५:५१ गते

    एकदिवसीय बृहत फुटसल प्रतियोगिता,मात्र कनकाई फुटसलमा…

    २०८२ असार १२, बिहीबार २१:५१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पृथ्वीनारायण शाहप्रतिको धारणा सच्याऔँ
    कनकाई नगरपालिका

    पृथ्वीनारायण शाहप्रतिको धारणा सच्याऔँ

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८१ पुष २७, शनिबार २२:०० गते6 Mins Read

    सन्दर्भ : ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

    धेरै लेखकले शाहवंशीय राजा पृथ्वीनारायण शाह (वि.सं.१७७९–१८३१) लाई क्रुर साम्राज्यवादी शासकका रूपमा चित्रित गर्ने गरेका छन् । एकीकरण पूर्व नेपालमा ५५ बढी राज्य थिए । त्यही अवस्था अहिले हुने हो भने नेपाल र नेपालीको अस्तित्व हुने थिएन । पृथ्वीनारायण शाहलाई नेपालको एकीकरण प्रक्रियाको सुरुवातकर्ताको रूपमा मान्नुपर्छ । पृथ्वीनारायण शाहको योगदान र त्यागका कारण हामी अहिले अखण्ड नेपालका नागरिक बनेर शिर ठाडो पारेर सम्मानसाथ बाँच्न पाएका छौँ । आधुनिक नेपालको एकीकरण अभियानमा युद्धको अग्रमोर्चाको आफैँ नेतृत्व गरेका राजा पृथ्वीनारायण शाहले नेपाली सेनाभित्र साङ्गठानिक जग निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेलेको अभिलेख पाइन्छ । गोरखाका युवा राजा पृथ्वीनारायण शाहले अठारौँ शताब्दीको मध्यतिर बाइसी–चौबीसी राज्य–रजौटाहरूलाई राजनीतिक रूपमा समेत एकीकरण गरे । उनले काठमाडौँलाई राजनीतिक राजधानी बनाए, यसको इज्जत, वैभव र उच्चतम् मर्यादालाई आत्मसात् गर्दै । पृथ्वीनारायण अदूरदर्शी र एकाङ्गी थिए भने नेपालको राजधानी गोरखा कायम गर्दथे । तर एकीकरणको भूमिका निर्वाह गर्ने गोरखा राज्य नै नेपाल राज्यमा विलीन भयो । स–साना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । उनको सम्झना र सम्मानमा पुस २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । नेपालमा २००७ सम्म राणाशासन थियो भने सात सालको परिवर्तन पश्चात् राष्ट्रगुरु योगी नरहरिनाथले नेपालमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया शुरु गरेका थिए । तर पृथ्वीनारायण शाहमाथि एकल नश्ल, एकल धर्म र एकल सम्प्रदायको वर्चस्व स्थापित गरेको आरोप लगाउँदै राष्ट्र निर्माता भन्न नसुहाउने तर्क पनि गरिरहेका छन् कतिपय । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा उनको सम्बन्धमा सकारात्मक र नकारात्मक दुवै कोणबाट धेरै चर्चा परिचर्चा हुने गर्छ । उनलाई राष्ट्र निर्माता र वर्तमान नेपालको एकीकरणकर्ताको रूपमा गरिने चित्रण र चर्चालाई मन नपराउने र उनको शालिकमा थुक्नुपर्छ भन्ने जातिवादी र उग्रवादी सोच पनि देखा परेको छ । वर्षैपिच्छे पुस २७ गतेलाई पृथ्वी जयन्ती मनाउनेहरूलाई बाहुन–क्षेत्री कम्युनिष्ट भन्नेहरू पनि छन् नेपालमा । पृथ्वीनारायण शाह यहाँका अहिन्दू मूलवासी मङ्गोलहरूलाई षडयन्त्रमा पारी मितेरी साइनो गाँसी जिउँदै छाला काढी नाक, कान, पेट काटी जघन्य अपराध गर्दै आफ्नो साम्राज्य निर्माण गरेका थिए भनेर आरोप लगाइएको छ ।

    उनी एक कुशल सैनिक नेतृत्व र सफल शासक त छँदै थिए, एउटा दूरदर्शी रणनीतिज्ञ पनि थिए । एकीकरणका दौरानमा राज्य विस्तार गर्नुपरेको कारणबाट पृथ्वीनारायण शाहले आक्रामक नीति अवलम्बन गर्नुपरेको हो । पृथ्वीनारायण शाहका योगदानको चर्चा गर्ने सबै राजावादी भएको र देशबाट राजतन्त्रको उन्मूलन भए पनि संरचना र राजतन्त्रका ठेकेदारहरू पृथ्वीनारायणलाई एकीकरणकर्ता मान्नेहरू भएको भनी आरोपित गरिएको छ । पृथ्वीनारायण शाहलाई साम्राज्यवादी सामन्ती राजा मान्दै वर्तमान नेपाल एकीकरण गर्ने व्यक्तिका रूपमा मान्न नसकिने र एकीकरणका नाममा निष्पक्ष कहीँ कतै राज्य जितेका थिएनन् भन्ने पृथ्वीनारायण विरोधीको आरोप छ । उनले त एकीकरणको नाममा साम्राज्य फैलाएको र उनको लक्ष्य राज्य एकीकरण थिएन भन्ने मत राखेको पाइन्छ । तेस्रो पटकमा नुवाकोट आक्रमण गरी विजय हासिल गरेपछि जयन्त राना मगरको छाला काढ्न लगाई निर्दयतापूर्वक मार्न लगाइएको थियो भनी केही इतिहासकारले लेखेका छन् । किर्तिपुरलाई पनि तेस्रो पटक आक्रमण गर्दा मात्र पृथ्वीनारायण शाहले जितेका थिए । तर त्यहाँका नेवार समुदायका १७ धार्नी नाक, कान काटियो भनी पृथ्वीनारायणमाथि दोष थोपरिएको छ । यो घटना १७७५ को चैत्र महिनामा भएको थियो । विजेताले विजित जनतामाथि कुनै अत्याचार र ज्यादती गरेनन् भनेर नकार्न पनि सकिँदैन । यथार्थलाई यथार्थकै रूपमा बुझौँ ।

    पृथ्वीनारायण शाहका योगदानलाई फरक ढङ्गबाट पनि बुझ्न जरुरी छ । अर्को कोणबाट हेर्ने हो भने पृथ्वीनारायण शाहले स–साना क्षेत्र जस्तै भिरकोट, कास्की, लमजुङ, गोरखा आदिमा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसालेका थिए । पृथ्वीनारायण शाहले सुरू गरेको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सीमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध (पाटलीपूत्र) र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो । पछि सुगौली सन्धि (सन् १८७३) पछि मात्र नेपाल खुम्चिनु परेको थियो । विश्वका अधिकांश देशमा बलिया र बहादुरले नै समेटेर लगेको र मुलुक निर्माण गरेको देखिन्छ । शत्रु पक्ष भन्दै दमन गर्न खोज्दा सफलता भएको देखिँदैन । अमेरिकामा आदिवासीलाई बीउका रूपमा मात्र छुट्टै क्षेत्रमा राखेका छन् । वास्तवमा स्वतन्त्र अमेरिका बनाउँदा आदिवासीमाथि ठूलै ज्यादती गरिएको थियो । इतिहासमा भएको अन्यायलाई अन्याय नै भन्नुपर्छ । तर एउटा जातले अर्को जातलाई अपमान गर्ने, एउटा राज्यले अर्को राज्यलाई परास्त गर्दै अहिलेको अवस्थामा सबै आएको इतिहास छ । यो कुरा हाम्रो नेपालमा मात्र होइन, विश्वमा पनि त्यही भएको हो । एकीकरणका क्रममा शासकहरूबाट केही अन्याय, थिचोमिचो अवश्यै हुनसक्छन् । चाहेर वा नचाहेर पनि त्यस्तो हुन्छ । के गइसकेको कुरा अब फर्काउन सकिन्छ ? बितेका कुरा छाडेर नयाँ सोचका साथ अघि बढ्न जरुरी छ । हामी अहिले एक्काइसौं शताब्दीको उत्तरआधुनिक युगमा छौं । जे भए पनि अर्थात् पृथ्वीनारायण शाहको विशाल देशको महाराजा हुने व्यक्तिगत चाहना रहेको भए पनि उनी एकीकरणकर्ता नै हुन् । विश्वभर विगतमा जति पनि राज्य विस्तार वा राज्य निर्माण भएका छन् अधिकांश व्यक्तिगत इच्छा वा महत्त्वाकांक्षाबाटै शुरु भएका हुन् । इतिहास त इतिहास भइसकेको छ । इतिहासलाई लिएर अहिले एक जातिलाई अर्को जातिमाथि अन्याय गर्न प्रपञ्च रच्नु घातक काम हो । पृथ्वीनारायण शाहलाई कसैले नायक र कसैले खलनायक भन्नु भनेको हामी नेपाली अबुझ बन्नु हो । सिङ्गो र एकताबद्ध मुलुक बनाउने क्रममा पटक पटक रक्तपात भएको नेपालको इतिहास छ । भारत र चीनमा पनि सयौँ राज्यहरू थिए । ती मुलुकमा विभिन्न सम्राट थिए । लडाइँ लडेर नै ठूलो र अखण्ड देश बनाउने काम अन्य देशमा पनि भयो । ठूला देश भारत र चीनबीचका हामी साना–साना राज्य छौँ, मिलेर अगाडि बढेमात्र टिक्छौँ, भारत र चीनले हेप्न सक्दैनन् भनेर ‘दुई ढुङगाबीचको तरुल’ भने पृथ्वीनारायण शाहले । उनले एकीकरण अभियानलाई गण्डकीसम्म पु¥याए, त्यसलाई उनका उत्तराधिकारीहरू राजेन्द्रलक्ष्मी, बहादुर शाह आदिले अगाडि बढाएका हुन् ।

    एकीकृत, सिङ्गो र एकताबद्ध नेपाल नभएको भए आज कस्तो हुनेथियो होला, एकछिन कल्पना गरौं त । नेपाल एकीकरण नभएको भए अहिले कस्तो अवस्थामा हुन्थ्यौँ ? भारत वा चीनको एक भागमा हामी रहन्थ्यौं होला । विजेता राज्य पराजित राज्यमा विलीन भएको उदाहरण संसारका एकीकरण इतिहासमा विरलै भेटिन्छ । तर, यही विन्दुबाट हजारौँ वर्षदेखि सँगसँगै सुखदुःख गर्दै बाँचेका तथा कुनै सीमानाले छेकबार नगरेका विभिन्न क्षेत्र, जाति, धर्म, संस्कृति एउटा नयाँ रूपमा सङ्गठित र एकाकार भए । पृथ्वीनारायणको महान् पहलबाट नै एकीकृत राष्ट्र निर्माणको प्रक्रिया शुरु भयो । पृथ्वीनारायणका बारेमा नेपालीहरू गौरवान्वित हुनुपर्छ । आज नेपाल टिकेको मात्र छैन, आवश्यक पर्दा यसले शत्रुलाई लडाएको र शत्रुलाई ढालेको पनि छ । पृथ्वीनारायणको जन्म नभएको भए आजको नेपाल सम्भव हुन्थ्यो वा हुन्नथ्यो, यसै भन्न सकिँदैन । एकीकरण आजको अकाट्य र चुनौती दिन नसकिने यथार्थ हो । यो नभएको भए नेपाल राज्य सम्भवतः विस्मृतिको गर्भमा विलीन भएको कथा भइसकेको हुने थियो । आज हामी स्वतन्त्र देशका नागरिक हुन पाएका छौं । हाम्रो विश्वभर नेपाली भनी प्रतिष्ठा छ । अतः उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु इतिहासप्रतिको इमानदारी मात्र होइन, शान्त, सुन्दर र समृद्ध नेपालको निर्माणका लागि एउटा बलियो पूर्वाधार पनि हो । उनले निर्माण गरेको राज्य गौरवको विषय हुने तर निर्माताचाहिँ अभिशाप कसरी हुन सक्छ ? तसर्थ पृथ्वीनारायण शाहलाई नेपालका निर्माता वा सूत्रधारको रूपमा गौरवमय स्थान दिनुपर्छ ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल
      तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

    २०८२ असार १८, बुधबार २२:३६ गते

    रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

    २०८२ असार १८, बुधबार १५:५१ गते

    एकदिवसीय बृहत फुटसल प्रतियोगिता,मात्र कनकाई फुटसलमा…

    २०८२ असार १२, बिहीबार २१:५१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

    २०८२ असार १८, बुधबार २२:३६ गते

    रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

    २०८२ असार १८, बुधबार १५:५१ गते

    एकदिवसीय बृहत फुटसल प्रतियोगिता,मात्र कनकाई फुटसलमा…

    २०८२ असार १२, बिहीबार २१:५१ गते

    आरएफसी युथ क्लबले सुरुङ्गामा वृहत फुटसल प्रतियोगिता गर्ने

    २०८२ असार १२, बिहीबार २१:३७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.