Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » महाकवि देवकोटाका साहित्यका तीन जन्म
    राष्ट्रिय

    महाकवि देवकोटाका साहित्यका तीन जन्म

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८१ कार्तिक १५, बिहीबार ०९:३७ गते4 Mins Read

    सन्दर्भ : ११६औं देवकोटा जन्मजयन्ती

    हुन त एकै व्यक्ति धेरै पटक जन्मेको कसैले विश्वास गर्दैन । महान प्रतिभा नेपाली भाषा-साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको भौतिक जन्म  एक पटक भयो । १९६६ साल कात्तिक २७ गते लक्ष्मीपुजाका दिन पण्डित तिलमाधव र अमर राज्यलक्ष्मीदेवीका तेस्रो छोराका रूपमा धोबीधारा, काठमाडौंँमा जन्मेका देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले पशुपति आर्यघाटको धर्मशालामा दिवङ्गत भए । उनको न्वारानको नाम तीर्थमाधव भए पनि बुबाआमाले लक्ष्मीको प्रसाद सम्झी लक्ष्मीप्रसाद राखेका थिए, तर लक्ष्मीप्रसाद नाम राखिए पनि उनी वास्तवमा सरस्वतीप्रसाद भए । देवकोटालाई पैसाको सदैव समस्या परेको थियो । उनको जीवन पैसाको अभावमा छट्पटीमै बित्यो ।

    नेपाली भाषाका महान नाटककार बालकृष्ण समले देवकोटा तीनचोटी जन्मेको बताएका छन्– ‘शाकुन्तल’ महाकाव्यसँग, ‘मुनामदन’ खण्डकाव्यसँग र ‘पागल’ कवितासँग । भारतका महान लेखक राहुल सांकृत्यायनले देवकोटाको अति उच्च मूल्याङ्कन गर्दै उनलाई तीन भारतीय महान् लेखकहरूको समुच्च रूप भनेका छन् । भारतीय महापण्डित राहुल सांकृत्यायनले भनेका थिए– ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवावतारका रूपमा लिएको छु ।’ सांकृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी ‘निराला’ बराबर एक जना देवकोटा हुन् भनेका थिए । देवकोटा साहित्य, कला, भाषा, धर्म र दर्शनका मर्मज्ञ थिए । भनिन्छ– उनी १४ वटा भाषामा बोल्न सक्थे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिक मार्फत् जनसमक्ष पनि आए । उनी सफल साहित्यकार मात्र नभएर मानवीय करूणा, सहयोग, सद्भाव र ममताका खानी थिए भन्ने कुरा उनका बारेका चर्चा र किंवदन्तीहरू बताउँछन् । नेपाली भाषाका नाट्यसम्राट बालकृष्ण समले महिमामण्डित गरेका तीन काव्य नेपाली वाङ्गमयका महान कृति हुन् । नेपाली भाषा र साहित्यका महाकवि देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदान उच्च कोटिको मानिन्छ ।  विशेषगरी मुनामदनका लागि उनी सुप्रख्यात छन् । नेपाली वाङ्गमयका एक अद्वितीय र अनुपम प्रतिभाका रूपमा लक्ष्मीप्रसाद देवकोटाको अभ्युदय नेपाली साहित्यमा एक ऐतिहासिक अध्यायका रूपमा रहेको छ ।  

     राणा शासनको कालरात्रीमा धरती उज्यालो बनाउने दीपक थिए ।  चेतनाको दीप प्रज्ज्वलित गर्ने  चिराग थिए उनी । देवकोटा बहुमुखी प्रतिभाशाली र विराट व्यक्तित्वका धनी महान लेखक थिए, जसले आफ्नो ५० वर्षको छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन । उनले लेखेको मुनामदन आज पनि नेपालमा धेरै बिक्री हुने पुस्तकको सूचीमा पर्दछ । त्रिभुवन विश्वविद्यालय स्थापना प्रमुख परिकल्पनाकार र पहलकर्ता देवकोटा  शिक्षामन्त्री समेत भएका थिए ।

    देवकोटामा ब्रिटिस कविहरू जोन किट्स्, पी.बी.शेली र विलियम वर्ड्स्वर्थको प्रभाव परेको थियो ।  उनी बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे, उनी सदैव कल्पनामा हराइरहेका पाइन्थे । रूपरेखा, भानु, रचना जस्ता साहित्यिक पत्रिकाले देवकोटाका विशेषाङ्क निकालेर देवकोटालाई चिनाए र उनले लगाएको ऋणको थोरै भए पनि तिर्न कोशिस गरे ।

     भनिन्छ – देवकोटामा कालिदास, भवभूति र श्रीहर्षको छनक पाइन्छ ।  सर्वसाधारण नेपालीका नजरमा देवकोटा  मुनामदनका श्लोकहरूमार्फत  नेपाली समाजकै लोकप्रिय कवि दरिन्छन् ।

    मुनामदनमा देवकोटाको जीवनदर्शन मानवतावादी छ । मानिसको उपकार, सेवा र भलाइमा विश्वको भलाइ छ भन्ने उनको सन्देश छ । उनले मानवताका लागि अमर सन्देश दिने कविताहरू रचना गरे । 

    अर्को जन्म मानिएको “पागल” कवितासँग हो ।

    राणा शासनको निरङ्कुश शासनका बेला एकातिर गरिबीको मार अर्कोतिर ऐशआरामको चमत्कार देख्दा देवकोटा पनि क्रान्तिकारी बन्न बाध्य बनेका थिए र उनी क्रान्तिकारी बनेका पनि थिए । वर्गीय असमानताले उनको हृदय छियाछिया हुन्थ्यो । ‘पागल’ कवितामा उनले तत्कालीन विसङगति, शोषण, अन्याय, पाखण्डप्रति विद्रोह बोलेका छन् । इलामेली कवि विष्णु नवीनले ‘सत्य कुरा बोल्ने पागल हुन्छ वा सत्य बोल्न पागल हुनुपर्छ’ भने झैं देवकोटा पनि दुनियाँका नजरमा पागल लाग्थे ।

     कट्टर देशभक्त आफ्नो देश, पूर्वीय सभ्यता, संस्कृति, भाषा र परम्परागत वैभवप्रति उनी अत्यन्त आस्था प्रकट गर्छन्  । “शाकुन्तल” महाकाव्य कालिदासकृत शास्त्रीय संस्कृत नाटक “अभिनव शाकुन्तलम्” बाट प्रेरित रहेको मानिन्छ । यसमा कल्पनाको उडान, विराट भावभूमि, व्यापक पटकथा र आकर्षक भाषाशैली पाइन्छ । पाँच दर्जनभन्दा बढी कृतिको रचना गरी नेपाली साहित्य भण्डारमा अत्युच्च योगदान पुर्‍याउने महाकवि देवकोटाले रचना गरेका शाकुन्तल, सुलोचना, महाराणा प्रताप, प्रमिथस, पृथ्वीराज चौहान,  वनकुसुममध्ये सर्वोत्कृष्ट महाकाव्यमा शाकुन्तल नै हो ।   प्रस्तुत महाकाव्यमा देवकोटाले परोक्ष शैलीमा सामाजिक आदर्शको सूचना दिएका छन् । राजा दुष्यन्तले शकुन्तलालाई गरेको तिरस्कार देखाएर देवकोटाले आफ्नो देशका शासकलाई सतर्क गराएका छन् । उनले किसानको नयाँ प्रसङ्ग जोडी सरलता र अतिथि सत्कार गर्ने नेपाली जातीय परम्पराको राम्रो चित्रण गरेका छन् । दुष्यन्त र शकुन्तलाको वादविवाद, शिष्य शार्ङ्गरव र दुष्यन्तको भनाभन, विश्वामित्रको तपोभङ्ग गर्न उद्यत स्वर्गलोक र त्यहाँको विलासीपन, शकुन्तलाको सरलता, शकुन्तलालाई घर पठाउने क्रममा कण्व ऋषिले दिएको मार्मिक अभिव्यक्ति आदि सबै जसो प्रसङ्गभित्र नेपाली सामाजिकता झल्किएको छ ।

    महाकवि देवकोटा स्वदेश तथा विदेशका नेपाली भाषा–साहित्यप्रेमीहरुको लागि आजपर्यन्त आकर्षणका केन्द्र बनिरहेका छन् ।  सदासर्वदा नेपाली साहित्यकाशमा उज्ज्वल नक्षत्रको रूपमा चम्किरहने देवकोटा महाकाव्यकार हुन्, महाकवि हुन् र नेपाली  जनताका हृदयबाट कहिले पनि नहराउने उच्चस्तरीय प्रतिभा हुन् । उनले अझै कति शताब्दीसम्म नेपाली भाषीमाझ अमिट छाप छोडिरहनेछन् ।    

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.