Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “धुजे” अर्थात् जीवनः १ ” कथा
    कनकाई नगरपालिका

    “धुजे” अर्थात् जीवनः १ ” कथा

    कनकाई खबरBy कनकाई खबर२०८१ आश्विन १८, शुक्रबार १८:५२ गते7 Mins Read

    बाग्मती परिवेश जति नै श्रीखण्डले मगमगाए पनि मेरो अद्वितीय, प्रिय मनका मित्र .. गोले”को

    पूर्ववत्अभिव्यक्तिले श्रीखण्डको मगमगाउँदो स्पर्शलाई मेरो नाकले छुन सकेन। मेरा दुवै आँखाहरूले मित्र गोलेलाई टक दिइरहेका थिए। उनी अघिकै जस्तो लासलाई घारोले हुँडलिरहेका थिए भने किन हो यो पटक उनका आँखाहरूमा आक्रोशको भावभन्दा मायाको भावना टल्किएको पो हो कि! जस्तो अनुभूत गर्न सकिन्थ्यो।

    म उनको नजिकै थिएँ तर लाग्थ्यो उनी मभन्दा बीसौँ कोष टाढा थिए।उनलाई मैले दशौँ पटक चिहाउँदा पनि उनलेचाहिँ मलाई एकपटक पनि चिहाउन सकिरहेका थिएनन् वा चिहाउन चाही नरहेका हुन्। अर्थात् नजिक रहेका चार आँखाहरू पनि कोशौँ टाढा थिएझैँ भान हुन्थ्यो।

    मैले चाहेर पनि आफू बसिरहेको ढुङ्गे सिँढी छोड्न सकिरहेको थिएन। त्यत्तिकैमा उँभोबाट जँडिया ओरालो झरेको प्रष्ट देख्न सकिन्छ। उसैगरी उसले छेउछाउका मानिसहरूलाई केही न केही नाताका आधारमा सम्बोधन गरिरहेको सुन्न पनि सकिन्छ। मैले सोचेँझझ जिन्दगी त जँडियाले पो बाँचेको रहेछ। यसलाई जीवनमा आफ्नोबाहेक कसैको पनि परवाह नभए जस्तो।”

    जँडियाले मलाई पनि मेरा मित्र गोलेलाईझैँ ढाप मार्यो र भन्योझझ के भयो !गोले दाइले वास्ता गरेनन् ?”

    उसको कुराले मलाई झट्का दियो। मानौँ ऊ मेरो अब दशौँ वर्षअघिदेखिको साथी हो। उसले मलाई त्यही भावका साथ प्रश्न गर्यो। तर मेरो जवाफको वास्तै नगरी आफैँ थप्योझझ बिचरा ! गोले दाइ, यस सहरका “लालगेडी” हुन्। यिनी सयौँ मानिसका आँखाभित्रका कसिङ्गर निकाल्दै हिँड्छन् तर यिनी भने आफूचाहिँ यस सहरका कसिङ्गरजस्तै हुन्। यस स्वार्थी सहरले यिनलाई पटकपटक झाडू लाइसकेको छ। हेरौँ कहिलेसम्म यिनी बढारिँदैनन् ।”

    निकै भावुक मुद्रामा देखियो जँडिया यसो भन्दा । अहिले ऊ मेरो छेउमै छ। तथापि उसको मुखबाट आज कुनै मादक पदार्थको गन्ध आएको छैन। जँडिया आज कुनै जँडिया जस्तो नभएर दार्शनिक पो हो कि झैँ गर्दै प्रस्तुत भइरहेको छ । मैले सोचेँझझ मेरो अनन्त मित्र गोलेका विषयमा थप कुरा बुझ्ने यही सु –अवसर हो।”

    “ के, गोलेले यस सहरमा घाटे बाहेक अरु कुनै काम पाउँदैनन्थे र ?”

    जँडियाले मेरो जवाफ दिनुपूर्व अनुहारलाई राम्ररी नियाल्यो र भन्योझझ यो एरियामा मलाई चिन्नेहरू अधिकांशले जँडिया भन्ने गर्छन् । तर मेरो वास्तविक नाम “धुजे” हो। शब्दकोशले मेरो नामको अर्थ के दिन्छ त्यो मलाई थाहा छैन। तर मेरो व्याख्यामा चाहिँ मेरो नामको आशय धुजा धुजा भएको अर्थात् सबैतिरबाट फुटेको, कतै पनि जोडिने अवस्था नरहेको भनेर बुझ्ने गर्छु। तपाईँको मित्र गोले दाइ हुनुहुन्छ नि वास्तवमा उहाँ कुनै जातिलाई प्रतिनिधित्व गर्ने अथवा भूगोललाई प्रतिनिधित्व गरी बाँचेको व्यक्ति होइन। उहाँ एक इमानको सारथी हो। यस्ता सयौँ सारथीहरूलाई यस सहरले बाग्मतीको भेलमा बगाइदिएको छ। गोले दाइ आफूलाई.. कायर हुँ’’ भन्नुहुन्छ म भन्छु उहाँ यस सहरको बहादुर मान्छे हो। कायर त ती हुन् जो बहादुरहरूलाई दिनरात सराप्दै आकाशमा उड्ने गर्छन्।”

    निकै रातो पिरो अनुहार लगाएको धुजेले यसो भनेपछि मैले उसका कुरामा तत्काल कुनै प्रतिक्रिया थप्न सकिँन। म आफू पनि राम्रोसँग बुझ्न सक्थेँ कि धुजेले मेरो प्रश्नको जवाफ दिन चाहिरहेको छैन।

    मेरा आँखाहरूले मित्र गोलेको अनुहारलाई घाटसँगै नियालिरहेका थिए। गोलेका आँखाहरूले भने घाटमा थपिइरहेका लासहरूलाई नियालिरहेका थिए। मनमा लाग्यो.. म आफैँ पनि पटकपटक गरेर थुप्रै मानिसहरूको मलामी भइसकेको रहेछु। किनकि यस आर्यघाटको परिसरले मलाई केही समयदेखि तानिरहेको छ। के अन्तर छ म र यस घाटमा देखापरेका मलामीमा ? यिनीहरूले मृत्युलाई जसरी विश्लेषण गर्दा हुन् म पनि त्यसरी नै गरिरहेको छु। बरु म अझ यी मलामीहरू भन्दा बढी विश्लेषण गर्न सक्ने भएको छु किनभने मृत्यु र घाट दुवैलाई बुझ्न सक्ने गोले र धुजे अब मेरा अनन्य मित्र हुन्।”

    मेरो स्मरणलाई भङ्ग गर्दै धुजेले थप्यो.. के भनी बोलाउँदा तपाईंको नाम बन्छ ?”

    धुजेको विचित्रको प्रश्नलाई बुझ्न केही समय लाग्यो। हतारमा मैँले जवाफ फर्काएँ।झझ मलाई तपाईँले दीर्घबहादुर भन्नुभयो भने मेरो नामले आकार पाउँछ।”

    मेरो जवाफमा ऊ फिस्स हाँस्यो र भन्यो “ होइन यो तपाईंको नाम हो कि महासागरको नाम हो ? दीर्घ भएपछि पनि बहादुर ?”

    ..किन ?दीर्घ, बहादुर हुन सक्दैन र ?”मैले प्रश्नसहित थपेँ। मेरो जवाफ नफर्काई उसले फेरि अर्को प्रश्न ग¥यो।

    “अनि यस्तो मान्छे घाट किन चहार्नु हुन्छ ? ”

    मैले पनि छोटै जवाफ फर्काएँ.. गोले मलाई जीवन बुझाउने एक असल मित्र हुन्।”

    यो पटक धुजे लामो खित्का छोडेर हाँस्यो हाहाहा—–––

    “ विचित्रको कुरा गर्नुभयो दीर्घजी! मैले तपाईँलाई बहादुर भनिन नरिसाउनु होला।” यसो भन्दा उसले मेरो अनुहार नियाल्यो। आफूलाई नियन्त्रण गरेझैँ गरी फेरि उसैले थप्योझझमलाई खुसी लाग्यो तपाईंका कुराले किनकि गोले दाइलाई राम्रोसँग चिन्ने यो सहरमा अब हामी दुईजना भएछौँ। तर के गर्ने उनलाई भाउजूले राम्रोसँग चिन्नै सकिनन्।”

    धुजे निकै मलिन देखियो। एकपटक उसले पनि आर्यघाटतिर आँखा सन्कायो ।

    बाक्लो मलामीको भिडमा उसले पनि गोलेलाई नियाल्न खोज्यो। भिडका बीचमा गोलेलाई ठम्याउन सकेन। त्यत्तिकैमा सिँढीबाट दुवै हातमा पानीको बोतल बोकेको एउटा सानो केटो उकालो लागेको देखियो। उसका बोतलभन्दा पनि छोटा हातहरुले पानी बोकेका थिए। मैले उसँग एक बोतल पानी किनेँ। आत्तिएको जस्तो अनुहार गरेर त्यो केटाले मलाई हतार हतार बोतल हातमा थमाइदियो र भन्योझझ मलाई तुरुन्तै पैसा दिइहाल्नुस्।” उसले गरेको हतार देख्दा लाग्थ्यो “केटोले कतै धारामा पानी भरि सिल प्याक गरेर बेच्न ल्याएको हो वा कहिँबाट चोरेर ल्याएको ।”

    मैले तुरुन्तै गोजीबाट पैसा झिकेर केटोलाई बिदा गरेँ। ऊ उसैगरी दायाँबायाँ आँखा सन्काउँदै उकालो लाग्यो। म बोतल खोलेर पानी पिउन थालेँ। धुजेले भन्यो.. यो केटो तल सुकुम्बासी बस्तीमा बस्छ। ऊ मेरै छिमेकी हो। कान्छी आमा ल्याएपछि बाबुले आमा मेरी श्रीमतीसँगै घरघर डुलेर भाँडा माझ्ने, लुगा धुने, काम गर्थे। एक महिनाअघि कामबाट फर्कँदा बसबाट लडेर आमाको खुट्टा भाँचिएका कारण घरको मालिक यो केटो आफैँ बनेको छ। आफूलाई मात्र होइन पानी बेचेर आमालाई समेत पालिरहेको छ। ओखती मुलो गरिरहेको छ। तर के गर्नु आहाल बसेको भैँसीको रगत चुसेर ढाडिएको “भ्यात्लुङ”झैँ ढाडिएका यस सहरका शासकहरूले यसले दुईचार बोतल पानी बेच्दा सहर कुरूप देख्छन् तर यही पशुपति परिवेशमा हुने गरेको दुर्व्यसनीको कालो व्यापार हेर्ने आँखाहरुमा चाहिँ मोतिया बिन्दु नै लागे जस्तो गरी हिँड्ने गर्छन्। सायद यसैले भनिएको होला.. काठमाडौँ खाल्टाको कानुन शासकले जानुन्।”

    गोलेलाई चिन्न खोजेको मैले धुजेलाई चिन्ने सु– अवसर प्राप्त गरेँ। अर्थात् अब गोलेसँगै धुजे चिन्ने ढोकाहरूसमेत खुल्न थाले। आर्यघाटसँगै जोडिएको बाग्मती पुल तर्दै गरेको एउटा युवकतिर हेर्दै धुजेले भन्यो… के खबर छ हौ देशभक्त भाइ ? कहिले उड्ने विदेशतिर ?”

    उसले धुजेको अनुहारतिर हेर्दै जवाफ फर्कायो… सायद पर्सी बेलुकी उड्छु होला !”

    धुजेले उसलाई हाँस्दै बिदा गर्दै भन्यो… ल भाइ बधाई छ, राम्रोसँग जानु शुभ यात्रा। देशभक्त.. हुन्छ” भन्दै बाक्लो भिडमा बिलिन भयो।

    धुजेले मेरो अनुहार ननियालीकन भिडतिर हेर्दै भन्यो.. बागबजारमा यसको एउटा जागिर थियो। मैले जागिरको विषयमा सोध्दा “ राम्रो छ।” भन्ने जवाफ फर्काउँथ्यो। मलाई लाग्छ केटोले राम्रै कमाइरहेको थियो। छिमेकीको छोराले विदेशमा उसको भन्दा बढी पैसा कमाएको खबर सुनेपछि उसले पनि नेपाल छोड्ने निधो गर्यो। नेपालका देशभक्त युवाहरूहरू यस्तै छन् दीर्घजी ! यिनै हुन् आजका नेपाली युवा। यिनीहरूले आफ्नीभन्दा राम्री आमा भेटे भने आमा पनि साटिदिन्छन्। किनकि यिनीहरू स्मार्ट फोन र सामाजिक सञ्जालमा हुर्किएका युवाहरू हुन्। हातमै विश्व हेरेका यिनीहरूले आफ्नो धरातललाई भने कहिले हेर्न सक्दैनन् । म त भन्छु आरोहण भनेको चढ्नु होइन। आरोहण उत्रनुचाहिँ हो।”

    धुजे अब मलाई पूर्णरुपमा दार्शनिकझैँ लाग्न थाल्यो। ऊ बाग्मती परिवेशलाई मात्र चिन्दैन। ऊ सिङ्गै काठमाडौँलाई चिन्दो रहेछ। काठमाडौँका कथा चिन्दो रहेछ। हरेकका कथासँगै देशको व्यथा पनि जान्दो रहेछ।

    घाम पशुपतिनाथको मन्दिरको टुप्पोलाई छुँदै ओरालो लागेको देखिन्छ। आर्यघाटमा लासहरू जलिरहेका छन्। अब श्रीखण्डको सुवासनाले आर्यघाटलाई छोडेर मानव मिश्रित गन्ध बहाइरहेको छ। मेरा प्रिय मित्र गोले अनि धुजेसँगै म पनि छु। गोलेमा श्रीखण्डको वासना र मानव दुर्गन्ध आधा आधा छ। सायद आर्यघाट पछ्याएका म र धुजेमा पनि गन्ध उही हुँदो हो। हाम्रो मौनतालाई चिर्दै आर्यघाटतर्फ देखाउँदै गोलेले भनेझझ यहाँ जल्दै गरेका लासहरूमा एउटा ३५ वर्षे युवकको लास हो जो काम र मामको खोजीमा दुई वर्षअघि साउदी अरब गएको रहेछ । पेन्टिङको काम गर्दो रहेछ बिचरो! घरबाट लडेर उतै मृत्युवरण गर्न पुग्यो। अर्को ८० वर्षीय वृद्धाको लास हो। ३० वर्षअघि सुखको खोजीमा युरोप भासिएका थिए। रोगले थलिएपछि स्वदेशमै मर्न भनी नेपाल आएका रहेछन्। आज यिनको मृत्यु भयो। पशुपतिनाथको लीला पनि अपरम्पार छ। सुखमा रत्तिएको होस् वा दुःखमा विरक्तिएको नै किन नहोस् मृत्युमा चाहिँ कहिल्यै विभेद नगर्ने।”

    धुजेले गोलेको कुरालाई समर्थन गर्दै भन्यो झझ मृत्यु एउटै हुन्छ दाइ ! हवाई दुर्घटनामा परेर भएको होस् वा पहिरोमा चेपिएर मरेको होस् तर यति कुरा बुझ्न मानिसहरूले या त घाट नै चहार्नुपर्छ या त आफन्त नै गुमाउनुपर्छ।”

    गोलेलाई ढाप मार्दै धुजेले फेरि थप्योझझ ल, दीर्घजी! ल गोले दाइ ! म लागेँ ,यो आर्यघाट तपाईंहरूको जिम्मा।”

    आजको भेटले जँडिया अब जँडिया रहेन। ऊ धुजेमा रूपान्तरण भयो। गोलेले मलाई आर्यघाटसँगै मृत्यु पढाए भने धुजे मलाई देश अनि युवा पढाउने शिक्षक भएका छन् ।

    हाम्रो मौनता भङ्ग गर्दै आकाशमा ठूलो आवाज दिएर जहाज उडेको सुनिन्छ। झस्किएझैँ गर्दै गोलेले आकाशतिर हेरी देब्रे हात हल्लाउँछन्। लाग्छ ,उनी एयरपोर्टमा कसैलाई बिदा गरिरहेका छन्। आकाशतिर हल्लिएको हात झर्नुभन्दा पहिले नै जहाज भने बादलभित्र लुकिसकेको हुन्छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.