Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईका बंगाली समुदायबाट सांस्कृतिक प्रस्तुतीसहित मनासादेवीको विशेष पूजाअर्चना
    कनकाई नगरपालिका

    कनकाईका बंगाली समुदायबाट सांस्कृतिक प्रस्तुतीसहित मनासादेवीको विशेष पूजाअर्चना

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ भाद्र २४, सोमबार १५:०५ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगर क्षेत्रको सामाजिक गतिविधिमा क्रियाशिल बंगाली समाज सेवा समितिले मनसादेवीको पूजाअर्चना सहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

    बंगाली भेषभुषामा सजिएका समुदायले विशेष पर्वको अवसरमा कनकाई ३, सुरुङ्गास्थित कालिस्थान टोलमा विशेष कार्यक्रमको आयोजना गरी कनकाई माइसम्मको कलशयात्रा समेत गरेका थिए । कनकाई माई नदीमा पुगेर ल्याएको शुद्ध जल मनसादेवीको मन्दिरमा अर्पण गरिएको कार्यक्रम संयोजक जन्मजय मण्डलले जानकारी दिए ।

    बंगाली सेवा समाज कनकाईका अध्यक्ष पंकज मण्डलको सभापतित्व रहेको विशेष कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । समाजका उपाध्यक्ष दिगम मण्डलको स्वागत तथा सचिव रबिन मण्डल र मीना दासले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा सदस्य राजु मण्डलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।कार्यक्रममा बंगाली समुदायका बालबालिकाहरुले सहभागीहरुलाई नृत्यबाट समेत स्वागत गरेका थिए ।

    कार्यक्रममा मनसा देवीको पुजा आरधनासँगै प्रणामी समुदाय वाइजुराज टिमबाट डडिया नृत्य, बंगाली समुदायबाट बंगाली नृत्य , ग्लोवल एडुकेयर एकाडेमीबाट तामाङ सेलो , हरिकुल नमुना अंग्रेजी माविबाट थारु नृत्य , सुरुङ्गा डान्स सेन्टरबाट साकेला नृत्य साथै झापा मेरीगोल्ड अंग्रेजी माविका विद्यार्थी सुवास पाठक र गायक भक्त विश्वासले समेत गायन प्रस्तुत गरेका थिए । कार्यक्रमकै अवसरमा समाजले आफ्नो ठाँउलाई फुटबल खेलको माध्यमबाट देश विदेसमा चिनाउन सफल भएको भन्दै स्थानीय रोहन कार्कीलाई सम्मान पत्रबाट सम्मान समेत गरेका थिए ।

    औपचारिक कार्यक्रमका अवसरमा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणी पोखरेल , कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा , नेपाली काँग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाई ,माओवादी केन्द्रका नगर अध्यक्ष यमनाथ सेडाई लगायतले कार्यक्रमको सफलताको कामना गर्दै बंगाली समाजले आफ्नो संस्कार एवं संस्कृतिको संरक्षणमा देखाएको सक्रियताप्रति प्रशंसा गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीले देश दिगो विकासको लक्ष्यका साथ अघि बढेको भएपनि महिलाहरु आफ्नै कमजोरीका कारण अझै पनि हरेक कुरामा पछि परेकाले समाज रुपान्तरणमा समस्या आएको बताइन् । बंगाली समाजका महिलाहरु समेत एकजुट भएर सामाजिक क्षेत्रमा अघि बढ्न उपप्रमुख शिवाकोटीले जोड दिएकी छन् ।

    नेपाल चार जात छत्तीस वर्णको साझा फुलबारी भएकाले सबैले आ–आफ्नो धर्मसंस्कृति एवं संस्कारलाई एकआपसमा जगेर्ना गर्दै अघि बढ्नु पर्ने तर्फ उपप्रमुख शिवाकोटीको जोड थियो । यस क्षेत्रमा विगत लामो समयदेखी बसोबास गर्दै आएका बंगाली समाजले आफ्नो संस्कार साथै संस्कृतिको संरक्षणमा देखाएको सक्रियताले अन्य समुदायलाई समेत प्रेरणा जगाएको भन्दै उपप्रमुख शिवाकोटीले माता मनसादेवीबाट सम्पूर्ण नेपालीमा एकता एवं सद्भावका साथ अघि बढ्ने शक्ति प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरिन् ।

    बंगाली समुदायले भदौ महिनाको पहिलो पञ्चमी तिथिलाई विशेष पर्वका रुपमा मनाउँछन् । बंगाली समुदायको परम्परा अनुसार चतुर्थी तिथिदेखि षष्ठी तिथिसम्म तीन दिनलाई विशेष पूजाअर्चनाका साथ मनाउँदै आएका छन् । भदौ महिनाको चतुर्थी, पञ्चमी र षष्ठी तिथिमा मनाइने यो पर्वलाई बंगाली समुदायले विशेष महत्वको पर्वका रुपमा लिने गरेको बंगाली समाज सेवा कनकाईका अध्यक्ष पंकज मण्डल बताउँछन् । माता मनसा देवीको विशेष पूजाअर्चना गरी यो पर्व मनाउने गरिएको मण्डलको बुझाई छ ।

    मनसा देवीको पूजाअर्चनाबाट दुःख, कष्ट सबै नाश भएर जाने र मानिसका सबै मनोकामना पूर्ण हुने विश्वास गरिएको छ । भदौ महिनाको पहिलो पञ्चमीका दिन हुने मनसा देवीको यो विशेष पूजाअर्चनाकालागि एक दिन अघि चतुर्थीका दिनदेखि नै व्रत बस्ने चलन रहेको बताइएको छ ।
    यो पर्वमा बंगाली समुदायका महिला मात्र होइन पुरुषहरूले समेत व्रत बस्ने र मनसा देवीको विशेष पूजाअर्चना गरी रातभर जाग्राम बस्ने चलन रहेको बंगाली समुदायका अगुवाहरु बताउँछन् । दिनभर व्रत बसेका व्रतालुहरूले चामलको पिठोबाट घिउमा पकाइएको विशेष परिकार (घाटरा पिठा) साथै फलफूलहरू प्रसादको रुपमा खाने चलन रहेको बताइएको छ ।

    षष्ठिका दिन बिहान बलीपूजा गरेर चेलीबेटी, भान्जाभान्जी, आफन्त, साथीभाइलाई बोलाएर प्रसाद खुवाउने परम्परा रहेको सेवा समिति कनकाईका सचिव रविन मण्डलको भनाई छ । सोहीदिन बेलुका मनसा देवीको मूर्ति नदीमा लगेर विसर्जन गरेपछि यो पर्व समाप्त हुने गरेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.