Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सामुदायिक विद्यालयमा दलीयकरण ः फाइदाभन्दा बेफाइदा बढी
    कनकाई नगरपालिका

    सामुदायिक विद्यालयमा दलीयकरण ः फाइदाभन्दा बेफाइदा बढी

    कनकाई खबरBy कनकाई खबर२०८१ भाद्र २१, शुक्रबार १९:४९ गते6 Mins Read

    नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकै तथ्याङ्क हेर्दा करीब ८० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्दछन् । त्यसैले जबसम्म सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तरमा सुधार हुँदैन, तबसम्म समृद्धि, समाजवाद र बहुदलीय जनवादका नारा फगत नारामा मात्रै सीमित हुने पक्का छ । राज्य सञ्चालक मानिएका सबै दलहरूले जनताको विश्वास जित्नका लागि आफ्ना दलका घोषणापत्र, प्रतिबद्धतापत्र, सङ्कल्पपत्र, वाचापत्र र अपीलहरू सार्वजनिक गर्दै जनतालाई मिठा सपना बाँडिरहेका छन् । तर ती घोषणा र संकल्प पुरा हुन सकेनन्, बरु उल्टै विद्यालयमा दलीयकरण तीब्र रूपमा बढिरहेको छ । २०४६ सालयता जति पनि चुनाव भए त्यसमा दलहरूले आफ्नो घोषणापत्रमा प्रतिबद्धताहरू गरे । प्रतिबद्धता अनुसार काम गरेको भए सायद आज विश्वले काम कसरी गर्नुपर्दछ भन्ने नेपाल र नेपालका दलहरूबाट सिक्ने थियो होलान् ।

    विद्यालय व्यवस्थापन समिति गठनमा सामुदायिक विद्यालयको व्यवस्थापन समिति छनोट गर्न सहमति नजुटेपछि चुनाव गराउने वा धेरै दिनसम्म सहमतिका नाममा टङ्याएर विद्यालयलाई अनिर्णयको बन्दी बनाउने आम चलनजस्तै बन्दै गएको छ । दल समर्थित उम्मेदवार परोक्ष वा प्रत्यक्ष रूपमा विद्यालयको व्यवस्थापन समितिमा आउन सबै प्रकारका हत्कण्डा अपनाउने गरिएको छ । स्थानीय तह वा प्रतिनिधिसभा निर्वाचनको झल्को दिने गरी व्यवस्थापन समितिको चुनाव हुने गरेको छ, तर वास्तवमा विद्यालय व्यवस्थापन समिति गठनमा शिक्षा ऐनले निर्वाचनको परिकल्पना गरेको छैन । सहमति नहुँदा लोकतान्त्रिक विधि भन्दै चुनावी प्रक्रियामा जानुपर्ने बाध्यता परेको बताउने गरिएको छ ।

    २०१७ साल पुस १ गते बहुदलीय प्रजातन्त्रलाई ‘कू’ गरेर त्यसकै खरानीमा पञ्चायतको महल ठड्याइयो । नेपालमा ३० वर्षे पञ्चायत व्यवस्था गएर बहुदलीय व्यवस्था आए पनि र २०६२÷०६३ को जनान्दोलनपछि राजतन्त्र फ्याँकेर गणतन्त्र स्थापना गरिए पनि हालसम्म नै शिक्षा ऐन, २०२८ नै क्रियाशील छ । सो ऐनले सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि प्रत्येक विद्यालयमा व्यवस्थापन समिति हुनुपर्ने व्यवस्था गरेको छ । अभिभावकको सहभागितामा चयन हुने व्यवस्थापन समितिमा विद्यालयका संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी र विद्यालयलाई सहयोग गरेका व्यक्तिलाई पनि सहभागी गराउन सकिने व्यवस्था छ । तर दलहरूले बुद्धिजीवी, शिक्षाप्रेमी, सहयोगीको नाममा आ–आफ्ना दलका प्रतिनिधि पु¥याउन जोड गर्ने गरेका छन् । तर साँचो अर्थमा दलको संलग्नताले सहयोग कम र हस्तक्षेप बढी हुने गरेको छ ।

    नेपालका धेरैजसो विद्यालयका भौतिक अवस्था गएगुज्रेको छ । मुलुकका धेरै सामुदायिक विद्यालयमा पर्याप्त कक्षाकोठा नहुँदा बालबालिका धुले भुईंमा बसेर पढ्नुपर्छ । खानेपानीको व्यवस्था छैन, शौचालय उपयोग गर्न सकिने अवस्थामा छैन । शिक्षण सिकाइका लागि पर्याप्त शिक्षक नियुक्ति गर्न सकिएको छैन । शिक्षक दरबन्दी वितरण अन्यायपूर्ण, पक्षपाती र अवैज्ञानिक छ । आवश्यक भवन निर्माण हुनसकेको छैन । समिति गठनमा शुरूमा सहमतिका लागि प्रयास गर्दा समय लाग्छ, सहमति नभएर चुनावमा जानुपर्दा प्रक्रिया लम्बिन पुग्छ र महिनौंसम्म व्यवस्थापन समिति गठन हुँदैन । निर्वाचन प्रक्रियामा जान पनि दलीय सहमतिका लागि पटक–पटक बैठकको आयोजना गर्नुपर्ने, पालिका, प्रहरी र स्थानीय प्रशासनको सहमति लिनुपर्ने विद्यालयलाई बाध्यता छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार शिक्षा ऐनले विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार तोकिदिएको छ । त्यसअन्तर्गत ‘विद्यालयमा स्वच्छ शैक्षिक वातावरण कायम राख्न राजनीतिक, धार्मिक वा साम्प्रदायिक भावनाको आधारमा विद्यालयको वातावरण धमिल्याउन नहुने’ पनि उल्लेख छ । तर, विद्यालय व्यवस्थापन समिति गठनमा नै राजनीतिक हस्तक्षेप भइदिन्छ । दलहरू आ–आफ्नो स्वार्थ बाझ्ंिदा विद्यालयले दुःख पाउने गरेका छन् । अति राजनीतीकरणले नै सामुदायिक शिक्षा कमजोर भएको छ ।

    विद्यालय व्यवस्थापन समितिमा आउने दलको प्रयत्नका पछि निश्चय नै स्वार्थ लुकेको छ । सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा दलहरूले आफ्ना प्रतिनिधि पठाउन चाहनुको मुख्य कारण विद्यालयको आर्थिक स्रोत दोहन नै हो । विद्यालयमा भौतिक संरचना निर्माण, बस खरिद, शैक्षिक सामग्री खरिद जस्ता कार्यमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारबाट प्राप्त अनुदानको दोहन हो । विद्यालयका प्रधानाध्यापकलाई अदबमा राखेर वा प्रअसँगको मिलोमतोमा आर्थिक चलखेल गर्ने क्रम बढेर गएको छ । संस्थागत, नीतिगत र प्रणालीगत भ्रष्टाचार मौंलाउँदो छ विद्यालयमा । विद्यालयको समितिमा आउने प्रमुख कारण खर्च हुने ठूलो रकमबाट लाभ लिन सकिने लोभ हो । त्यसबाहेक व्यवस्थापन समितिमा आफ्ना मान्छे राख्दा आफू निकटका शिक्षकको भर्ना र सरुवा आदि सहज हुन्छ । अभिभावकलाई प्रभावमा पारेर स्थानीय स्तरका अन्य निर्वाचनमा पनि लाभ लिने उनीहरूको प्रयास हुन्छ ।

    आफ्नो छबिलाई जनस्तरमा अभिवृद्धि गर्न र जनसम्पर्क स्थापित गर्न सहज हुने आँकलनबाट विद्यालय व्यवस्थापन समितिमा जाने प्रतिष्पर्धा हुने गरेको छ । आफू चिनि र सम्मान प्राप्त गर्न पनि समितिमा जाने पनि पाइन्छन् । समिति गठनमा विवाद हुनुको मुख्य कारण आर्थिक र राजनीतिक लाभ नै हो । विद्यालयको दिवा खाजा, छात्रवृत्ति, भौतिक निर्माण जस्ता विषयमा अनियमितता गरिएका समाचार आउने गरेका छन् भने शिक्षा विकास तथा समन्वय एकाइ, अख्तियार आदिमा उजुरी पर्नुले पनि यो कुराको पुष्टि हुन्छ । दलले विद्यालयमा राजनीतिक हस्तक्षेप गरेर अभिभावकको अधिकार खोसिरहेको शिक्षाविद्हरूको भनाइ छ । सामुदायिक विद्यालयमा भएको राजनीतिक हस्तक्षेप शिक्षाप्रतिको बेइमानी हो । शिक्षामा लगानी गर्न नचाहने तर त्यहाँ आफ्ना मान्छे राख्न जे पनि गर्ने प्रवृत्ति घातक छ ।

    सरकारले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ जारी गरी विद्यालयलाई राजनीतिबाट मुक्त राख्ने भनिसकेको छ । नेपालका मुख्य राजनीतिक दलहरूले विद्यालयलाई शान्ति क्षेत्रको रूपमा स्वीकार गरिसकेका छन् । तर पनि व्यवस्थापन समिति गठनमा आफू निकटका व्यक्तिलाई पु¥याउन हिंसाको सहारा लिनेसम्मका कृत्य गर्न पछि पर्दैनन् । अहिले दलहरूले भन्ने एउटा र गर्ने अर्को हुन्छ, त्यसको मारमा नेपालको शिक्षा क्षेत्र परेको छ । उनीहरूले जानाजान बालबालिकाको भविष्यमाथि खेलबाड गरिरहेको भनेर आरोप लगाइएको छ । शिक्षा ऐनले विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सञ्चालनका लागि प्राप्त साधन र स्रोतको परिचालन गर्ने, सम्पत्तिको लगत राख्ने, सुरक्षा गर्ने, विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक तथ्याङ्क अद्यावधिक गराइराख्ने, विद्यालयको वार्षिक बजेट स्वीकृत गर्ने र त्यसको जानकारी पालिकामा दिने, शिक्षकको पदपूर्ति गर्ने, शिक्षक सरुवामा सिफारिश गर्ने लगायत जिम्मेवारी दिएको छ । विद्यालयको प्रशासनिक र शैक्षिक व्यवस्थापनमा विद्यालय व्यवस्थापन समितिको भूमिका रहे पनि वास्तविकता फरक छ, अनुदानको शिक्षक राख्न, विद्यालयको प्रशासनिक काम अनुगमन गर्न, भौतिक निर्माण र शैक्षिक क्रियाकलाप सञ्चालनमा मात्र होइन ससाना काममा पनि विद्यालयलाई संलग्न गराएको छ । विद्यालयमा दिवा खाजा र स्यानिटरी प्याडको व्यवस्थापन गर्ने जिम्मा व्यवस्थापन समितिलाई छ । विद्यालय व्यवस्थापन समितिलाई दलीय राजनीतिबाट मुक्त राख्नका लागि समितिको अध्यक्षमा अभिभावक मात्रै रहने व्यवस्था गर्नुपर्छ भन्ने आवाज पनि उठेको छ । मनोनीत व्यक्तिबाट पनि अध्यक्ष बन्न सक्ने प्रावधानले दललाई चलखेलको अवसर दिएको धेरैको बुझाइ छ । विद्यालय सञ्चालनका लागि अभिभावक र समुदायको सहयोग आवश्यक हुन्छ, समुदायको सहभागिता बढाउनका लागि बरु सहयोगीका रूपमा बेग्लै प्राविधिक सल्लाहकार समिति बनाउन सकिन्छ । प्रत्यक्ष दलीय हस्तक्षेपको प्रभाव व्यवस्थापन समितिसम्म पुगेको छ ।

    दलीय स्वार्थ विद्यालयभन्दा बाहिर भए मात्रै बालबालिकाको हित सम्भव छ भन्ने बुझ्न जरुरी छ । विद्यालयले समाज र राष्ट्रको लागि आवश्यक पर्ने विभिन्न किसिमका जनशक्तिहरूको उत्पादन गर्दछ । बालवालिकाहरूलाई सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरी समाज र सचेत नागरिक बनाई विद्यालय मात्र नभई राष्ट्रमा शान्ति कायम गर्न सहयोग पु¥याउँछ । भौतिक असुविधा, विद्यालयभित्रको विभेद, हिंसा, आर्थिक अभाव, विद्यालय व्यवस्थापन समितिमा राजनीति, शैक्षिक वातावरणको कमी आदिले पनि विद्यालयको वातावरण बिग्रेको हो । यो कुरा सत्य हो कि, बहुदलीय राजनीतिक व्यवस्थामा सरकारको गठन राजनीतिक दलहरूले गर्दछन् । स्थानीय निकाय (स्थानीय सरकार) पनि दलहरूले सञ्चालन गर्दछन् । देशको स्रोतसाधन उनीहरूको नियन्त्रणमा हुन्छ । मुलुक नै राजनीतिक व्यक्तिहरूले सञ्चालन गर्ने हुनाले शैक्षिक संस्थाहरूलाई पनि उनीहरूको सहयोग जरुरी पर्छ नै । तर त्यस्तो सहयोग हस्तक्षेपकारी हुनुभएन जसले शिक्षण संस्था र विद्यार्थी माथि नै नकारात्मक प्रभाव परोस् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.