Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरकी गहना गीतकार नेपालको पाँचौं कृतिको विमोचन तथा विमर्श
    कनकाई नगरपालिका

    कनकाई नगरकी गहना गीतकार नेपालको पाँचौं कृतिको विमोचन तथा विमर्श

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ भाद्र १९, बुधबार १२:४६ गते3 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा गीतकार टीका भट्टराई नेपालको पाँचौं कृति संग्रह ‘मूर्च्छना’ को गृह विमोचन तथा विमर्श गरिएको छ ।

    ‘नेपालकै नमूना हो,कनकाई सुरुङ्गा’ नामको कनकाई नगरपालिकाको नगर गीतमा स्वर सहित शव्द रचना गर्ने नगरकै गहनाका रुपमा रहेकी कनकाई.—३ निवासी गीतकार नेपालको, कृति संग्रह ‘मूर्च्छना’ को गृह विमोचन तथा विमर्श गरिएको हो ।

    कनकाई प्रतिभा प्रतिष्ठानले संस्थाको मासिक साहित्यिक गोष्ठीको अवसर पारेर सुरुङ्गा स्थित होटल डिलाइटको सभाहलमा संचालन गरेको एक विशेष समारोहका विच कृतिको विमर्श गरिएको हो । प्रतिष्ठानको मासिक साहित्यिक गोष्ठीका संयोजक निर्मलकुमार खतिवडाको अध्यक्षता एवं अग्रज संचारकर्मी साथै गीतकार चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भण्डारीले कुनै पनि स्रष्टाको सिर्जना भनेको विश्व बजारको सम्पत्ति भएकाले स्रष्टा र सर्जकहरुको संरक्षणमा सबै एकजुट हुनु पर्नेमा जोड दिए । गीत संगीतबाट जनप्रतिनिधि साथै स्थानीय सरकारले समेत ज्ञान लिनु जरुरी रहेको भन्दै प्रमुख अतिथी भण्डारीले कुनै राजनीतिक दलको घोषणा पत्र भन्दा एउटा स्रष्टाको सिर्जना धेरै बलियो हुने तर्क प्रस्तुत गरे ।

    प्रमुख अतिथीका रुपमा रहेका भण्डारीसँगै आयोजक संस्थाका तर्फबाट निर्मल खतिवडा, प्राज्ञ मुनाराज शेर्मा, सुमित्रा वाङ्देल चेली, हरि पौडेल, गीतकार शिवशंकर थापा, साहित्यकार कोमलप्रसाद पोखरेल लगायतका अतिथिहरुले कृति विमोचन गरेका हुन् ।

    सोही अवसरमा टीका भट्टराई नेपालद्वारा रचित पाँचवटा गीतहरू गायक तथा गायिकाहरुले गाएर कार्यक्रमलाई संगीतमय बनाएका थिए । गीतकार नेपालको पाँचौं कृति संग्रह ‘मूर्च्छना’ को ताप्लेजुङस्थित पाथिभरा मन्दिर परिसरमा पुगेर केही महिना अघि विमोचन गरिएको थियोे ।
    सानै उमेरदेखि नै गीतसंगितमा रुची राख्ने टीकाको कृति विमर्श कार्यक्रममा साहित्यकार विवशबलीभद्र कोइराला र गायक तथा संगीतकार दीपक रायमाझीले कृतिको विषयमा चर्चा परिचर्चा गरेका थिए ।

    गीत संगीतमा प्रयोगमा आउने सातवटा अक्षर ‘सारेगमपधनिस’ भित्र पर्ने आरोह–अवरोहको संकेत भावका रुपमा ‘मूर्च्छना’ तयार गरिएको साथै गीत लेखनको संरचनाभित्र रहेर लेखिएको टीका भट्टराई नेपालको गीत संग्रहमा खोट लगाउने ठाउँ नरहेको स्रष्टा विवशबलीभद्र कोइरालाले बताए ।
    ‘मूर्च्छना’ गीत संग्रहमा १ सय २० वटा गीतहरू संग्रहित छन् । संग्रहमा देशभक्ति गीत, युगल गीत,लोक गीत र आधुनिक विधाका गीतहरू पुस्तकमा समेटिएका छन् । सरल भाषाशैली र उत्कृष्ट शब्द संयोजन रहेको टीका भट्टराई नेपालका गीतहरूमा देशप्रेम, माटोको सुगन्ध ,नेपाली संस्कृतिप्रतिको मोह, परम्परा र चाडपर्वमा आएको विकृतिप्रतिको चिन्ता,जीवनयापनका यावत आरोह अवरोध, माया प्रेम, पीडा आदि विषयमा गीतहरू सृजना गरिएका छन् ।

    गीतकार संघको आयोजनामा गत जेठमा गीतकार संघ काठमाडौ नेपालको सभाहलमा यो कृतिको परिचर्चा समेत गरिएको थियोे ।
    गीतकार टीका भट्टराईलाई गतसाल गीतकार संघ नेपालले उत्कृष्ट गीतकारको रुपमा सम्मान तथा पुरस्कृत समेत गरेको थियो । उनको पहिलो कृति ‘आमा’शोक काव्यबाट साहित्य विधामा कलम चलाएकी हुन् ।त्यसपछिका तीनवटा कृतिहरु प्रितीपुष्प, मनका रङ्गहरु,अनुभूतिका स्वरहरु सबै गीत संग्रहहरु छन् ।

    टीका भट्टराईका गीतहरुमा यशोदा पराजुली, नरेन्द्र प्यासी, शिशिर योगी, प्रमोद खरेल, मेनुका पौडेल, निशान्त भट्टराई , झलक सङ्ग्रौला, सरोज कोइराला, अस्मिता अधिकारी, मेलिना मैनाली ,आनन्द कार्की ,भानु ढकाल ,गौरव दर्पण ,माया गजुरेलले स्वर दिइसकेका छन् । टिकाका करिव ३० वटा गीतहरू संगीत भइ बजारमा आइसकेका छन् ।

    प्रतिष्ठानका उपाध्यक्ष डाक्टर पुण्यप्रसाद सिग्देलले संचालन गरेको औपचारिक कार्यक्रममा स्रष्टा खगेन्द्र खुशीले गीतकार टीका भट्टराई नेपालको साहित्यीक यात्रा सहितको परिचय प्रस्तुत गरेकी थिइन् । गीतकार नेपालले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, स्रष्टाहरु सुमित्रा बाङदेल, केशव आचार्य, शिवशंकर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्रष्टा हस्त परियार, गायक झलक संग्रौला, रबिना लिम्बू, आकृति विष्टले कार्यक्रममा गीतकार नेपालको गीत प्रस्तुत गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.