Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राजनीतिक दाउपेचको होइन, विपुल सभ्यताको संवाहक संस्कृत भाषा
    कनकाई नगरपालिका

    राजनीतिक दाउपेचको होइन, विपुल सभ्यताको संवाहक संस्कृत भाषा

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८१ भाद्र ११, मंगलवार १६:२५ गते6 Mins Read


    केही दिनअघि विश्व संस्कृत दिवस भव्य कार्यक्रमका वीच देश र विदेशमा मनाइएको छ । संसारमा भाषा जन्मने, विकसित हुने र समृद्ध बनेर समाजको हितार्थ प्रयोग गरिने आम नियमझैं बनेको छ । तर विविध कारणले कतिपय भाषा लोप भएर पनि जान्छन् । भाषालाई जीवित र मृत भाषा भनेर छुट्याइन्छ । संस्कृत पृथ्वीको सबैभन्दा प्राचीनतम् भाषाहरू मध्येको एक हो । यो भारोपेली भाषा परिवारमा वर्गीकृत छ । संस्कृतमा लेख्नको लागि मुख्यतया देवनागरी लिपीको प्रयोग गरिन्छ । यो दुनियाँको सबैभन्दा पुरानो उल्लेखित भाषाहरूमध्ये एक हो । सनातन हिन्दू धर्मसँग सम्बन्धित लगभग सबै धर्मग्रन्थ संस्कृतमा लेखिएका छन् । आज पनि हिन्दू धर्मका अधिकतम यज्ञ र पूजा संस्कृत भाषाका माध्यमबाट नैं सम्पन्न हुन्छन् । प्राचीनतम् ग्रन्थ ‘ऋग्वेद’ संस्कृत भाषामा नै रचिएको हो । त्यस्तै अन्य वेदहरू यजुर्वेद, सामवेद र अथर्ववेद पनि संस्कृत भाषामै लेखिएका छन् । सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण पाणिनिको हो, जुन करिब ई.पू. ५०० मा रचिएको थियो भनेर मानिन्छ । अधिकांश मानिस पाणिनिको अष्टाध्यायीबाट काव्य संस्कृतको आरम्भ मान्दछन् । अहिले मुख्यतया धार्मिक प्रयोजनको लागि मात्र प्रयोग गरिएपनि भारतवर्षमा संस्कृत हजारौँ वर्षदेखि बोलचालको भाषा रहँदै आएको थियो । यस भाषामा रचना गरिएको अमरकोश प्राचीनतम् शब्दकोश हो । सनातन हिन्दू तथा बौद्ध धर्मका प्रायः जसो सबै ग्रन्थहरू संस्कृतमै लेखिएका छन् । संस्कृतको प्राचीनतम् रूप वैदिक संस्कृत हो जो हिन्दू धर्मको प्रमुख ग्रन्थ वेदको भाषा हो ।


    संस्कृत भाषाको महत्त्व शब्दमा उल्ल्ेख गर्न सजिलो छैन । संस्कृत भाषा संसारका भाषाहरूमध्ये सर्वाधिक ओजिलो र विपुल भण्डार भएको भाषा हो, तर नेपाली समाजमा संस्कृत भाषालाई एकाधिकारवादी, ब्राम्हणवादी, सामन्तवादी र राजतन्त्रवादी राज्यव्यवस्थाको पक्षपोषण गर्ने अस्त्रको रूपमा मान्ने ठूलो तप्का छ । संस्कृत प्रयोग गर्नेले पनि त्यसै गर्छन् र बुझ्नेले पनि त्यस्तै बुझ्छन् । भाषा र राजनीतिको वीचमा कुनै पनि सम्बन्ध हुँदैन वा हुनुहुँदैन भनेर निरपेक्ष दृष्टिकोण निश्चय नै गलत हो । तथापि संस्कृत भाषाको महत्त्वलाई न्यूनीकरण गर्ने र महत्तालाई नजरअन्दाज गर्ने सोच र संस्कार गलत मात्र होइन, आत्मघाती र विध्वंशकारी छ । संस्कृत भाषा शुद्ध संस्कारित परिष्कृत भाषा हो । संस्कृत भाषा विश्वको प्राचीनतम् एवं समृद्ध भाषा हो । यो भाषा सुस्पष्ट व्याकरण र वर्णमालाको वैज्ञानिकताले भरिएको कारण अन्य भाषाको तुलनामा सर्वश्रेष्ठ रूपमा सुशोभित छ । सर्वाधिक एवं महत्त्वपूर्ण साहित्यको धनी भएकाले यस भाषाको श्रेष्ठतामा कुनै विवाद छैन । संस्कृत केवल स्वविकसित भाषा होइन अपितु संस्कारित भाषा हो त्यसैले यसको नाम संस्कृत हो । संस्कृत केवल भाषा मात्र होइन, संस्कृत एक विचार हो, क्रान्ति हो, जीवनी शक्ति हो । संस्कृत नै संस्कृति हो र संस्कार हो । भेदभाव आदि सङ्कीर्ण मनस्थितिबाट माथि उठ्न संस्कृत भाषाले सहजीकरण गर्छ । यो भाषा पूर्वीय दर्शनको संवाहक हो । तर यसप्रतिको बुझाइ गलत छ, तसर्थ गलत भाष्य सच्याउन जरुरी छ ।


    रामायण, महाभारत, उपनिषद् र पुराण लगायतका काव्य संस्कृतमा लेखिएका छन् । संस्कृत भाषाको व्याकरण अत्यन्त परिमार्जित एवं वैज्ञानिक छ । धेरै प्राचीन कालबाट नैं अनेक व्याकरणाचार्यहरूले संस्कृत व्याकरणमा धेरै नै लेखेका छन् । किन्तु पाणिनिको संस्कृत व्याकरणमा गरिएको कार्य सबैभन्दा प्रसिद्ध छ । पाणिनि संस्कृत भाषाका प्रसिद्ध व्याकरणशास्त्री हुन् । उनको जन्म नेपालको हाल अर्घाखाँची जिल्लाको पणेना गाउँपालिकामा भएको मानिन्छ । यो नेपालीका लागि गौरवको विषय हो । संस्कृत विश्वको सबैभन्दा पुरानो पुस्तक वेदको भाषा हो । यस कारण यसलाई विश्वको प्रथम भाषा मान्न सकिन्छ । यसको सुस्पष्ट व्याकरण र वर्णमालामा वैज्ञानिकता छ । यो भाषा सर्वश्रेष्ठ सर्वाधिक महत्वपूर्ण छ, किनभने यो भाषामा विपुल साहित्यभण्डार छ । यसको महत्ता निर्विवाद भएकाले यसलाई देवभाषा मानिन्छ । अनुसन्धान र शोधबाट प्रमाणित भएको छ—संस्कृत पढनाले स्मरण शक्ति बढ्दछ । यो भाषा विश्वको सर्वाधिक पूर्ण एवं तर्कसम्मत भाषा हो । पश्चिमाहरूको परिभाषामा हाल यो भाषालाई मृतभाषा मानिन्छ किनभने यो भाषा बोलचालमा चलनमा छैन, तर भारत र इण्डोनेसियाका केही ठाउँ र नेपालका पनि केही ठाउँमा यो भाषा बोलिन्छ ।
    हाम्रो संस्कृत भाषाप्रतिको बुझाइ एकलकाँटे र एकाङ्गी रहेको छ । यो सत्ताधारीको भाषा, सामन्तवादको प्रतीक राजाको गुलामी गर्ने भाषा र राजतन्त्रप्रति भक्तिभाव गर्न र वैज्ञानिक युगमा पनि रुढीवादितालाई प्रश्रय दिने भाषा भनेर हेरिन्छ । यस्तै आरोपमा नेपालमा संस्कृत भाषाको पठनपाठनलाई निरूत्साहित गर्ने गरिएको छ । प्रश्न छ—के अङ्ग्रेजी वा हिन्दी वा जर्मन वा स्पेनिस भाषाले कतै पनि रूढीवादितालाई स्थान दिँदैनन् ? संसारका विकसित देशका भाषाहरूले पनि असमानता, विभेद र पक्षपातलाई प्रश्रय दिएका धेरै दृष्टान्त पेश गर्न सकिन्छ । संस्कृत भाषालाई आधार बनाएर जनतालाई दिग्भ्रमित गर्ने र महान् सभ्यता बोकेको भाषाको गरिमालाई प्रत्यक्ष—परोक्ष रूपमा होच्याउने आम प्रचलन रहेको छ । हुन पनि संस्कृत भाषाको ज्ञानलाई पूजापाठमा मात्र सीमित गरिएको छ । पुरेत्याइँ र पण्डित्याइँले मात्र संस्कृत भाषा समाजोपयोगी हुन सक्दैन र यसले दीर्घ जीवन पनि प्राप्त गर्दैन । वास्तवमा संस्कृत सबै जसो दक्षिण एसियाली देशहरूमा रहेका भाषाहरूको जननी हो । यिनको अधिकांश शब्दावली संस्कृतबाट लिइएका छन् वा संस्कृतबाट प्रभावित छन् । राज्यको प्रबल इच्छाशक्ति भएमा संस्कृतलाई हिब्रु जस्तै पुनः प्रचलित भाषा पनि बनाउन सकिन्छ । अर्को महत्वपूर्ण कुरा हिन्दू, बौद्ध, जैन आदि धर्महरूका प्राचीन धार्मिक ग्रन्थ संस्कृतमा छन् । हिन्दुहरूका सबै पूजापाठ र धार्मिक संस्कारको भाषा संस्कृत नैं छ । हिन्दु, बौद्धहरू र जैनहरूका नाम पनि संस्कृतमा आधारित हुन्छन् । दक्षिण एसियामा बोलिने धेरै भाषाहरूको प्राविधिक शब्दावली पनि संस्कृतबाट नैं व्युत्पन्न गरिन्छ । संस्कृत साहित्य अत्यन्त प्राचीन, विशाल र विविधतापूर्ण छ । यसमा अध्यात्म, दर्शन, ज्ञानविज्ञान र साहित्यको विशाल भण्डार छ । सनातन वैदिक धर्मलाई अहिले हिन्दु धर्म पनि भनिन्छ र यस धर्ममा गर्भाधान देखि अन्त्येष्टिपर्यन्त षोडश संस्कार संस्कृतमा नै हुन्छन् । त्यसैले संस्कृत भाषा समृद्ध छ । जैन एवं महायानी बौद्धहरूको समस्त विशाल साहित्य संस्कृतमा नै छन् । विचार–विस्तार, भाषण को माध्यम संस्कृत नै हो । संस्कृत साहित्यले ‘वसुधैव कुटुम्बकम्’ को भावनालाई उद्बोधन र महिमामण्डित गरेको छ । संस्कृत भाषा नेपाली भाषाको जननी हो । संस्कृतको ज्ञान बिना नेपाली भाषा शुद्ध बोल्न र लेख्न सकिदैन र नेपाली भाषा र साहित्यको विकास र प्रतिष्ठा स्थापित हुन सक्दैन । नेपाली भाषाको आत्मा संस्कृत मै बसेको छ । नेपाली भाषाको क्षेत्रमा मात्र होइन, हाम्रो संस्कृतिको प्रभावकारी आधार पनि संस्कृत भाषा नै हो । अन्य भाषाको तुलनामा संस्कृतमा सबभन्दा कम शब्दमा वाक्य पूरा हुन्छ । स्पिच थेरापीमा संस्कृत सहयोगी सिद्ध हुन्छ र एकाग्रता बढाउँछ ।
    नेपाली भाषाको जननी भाषा संस्कृत हो, तसर्थ नेपाली भाषाको रक्षा, विकास र समुन्नतिका लागि संस्कृत जीवित हुन आवश्यक छ । बाह्य र घरेलु सीमित आगन्तुक शब्दभण्डारका सहायताले नेपाली भाषा मौलाउन र जीवित रहन सक्दैन । संस्कृत केवल स्वविकसित भाषा होइन अपितु संस्कारित भाषा हो त्यसैले यसको नाम संस्कृत हो । तर आजको मानसिकता संस्कृतप्रति अनुदार छ र यो मानसिकता अङ्ग्रेजी र अन्य पश्चिमा भाषाहरूमार्फत भएको आर्थिक, सांस्कृतिक, सामाजिक हस्तक्षेप र प्रभावका कारण भएको मान्न सकिन्छ । संस्कृत भाषाका समर्थकहरू संस्कृतलाई ‘मृत’ भाषा भनेर सम्बोधन गरेकोमा दुःख मान्छन् र भन्छन्, ‘सूर्य उदाएर उज्यालो छर्दा पनि अन्धकार देख्नु सूर्यको दोष होइन ।’ उनीहरू संस्कृतलाई समर्थ, सरस, सरल र अमर भाषा मान्दछन्, जुनकुरा साँचो पनि हो । संस्कृत भाषाको रक्षा र उन्नतिमा नागरिक र राज्यस्तरबाट योगदान हुनु जरुरी छ । दश वर्षे माओवादी द्वन्द्वकालीन अवधिमा संस्कृत विद्यालय बन्द गर्ने, विद्यालयहरू आगजनी गर्ने, स.सकृत पढाउने गुरुलाई रुखमा बाँधेर हत्या गर्ने जस्ता नेपाली सभ्यतामाथि आगो झोस्ने कार्य अमिलो स्मृति मात्र बनोस् र तीतो इतिहास मात्र बनोस् । त्यस्ता जननीलाई जिउँदै जलाउने कृत्यको पुनरावृत्ति हुने छैन भन्नेमा हामी आशावादी बनौं । संस्कृत साहित्यमार्फत पन्पिने रुढी, ढोङ्गी परम्परालाई त्याग्दै र कतिपय अवस्थामा परिष्कृत गर्दै संस्कृत साहित्य भण्डारमा भएका वैज्ञानिक, जीवनवादी र मानवतावादी सोच, दर्शन र विचारलाई समयसापेक्ष रूपमा मनन गर्दै आजको परिवेशलाई सुसम्पन्न र सुसंस्कृत बनाउन प्रयत्न गर्नु बढी वस्तुवादी हुन्छ । नास्तिकताका नाममा वा फरक धार्मिक पन्थ पछ्याइएको नाममा संस्कृत भाषालाई बेवास्ता गर्नुभन्दा भाषाको संरक्षण गर्दै वैदिक, प्राचीन र संस्कृत साहित्यको विपुल भण्डारलाई मुलुक, मुलुकवासी र वैश्विक हितमा सदुपयोग गर्नु बढी बुद्धिमानी हुन्छ ।

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.