Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “ फ्रस्ट्रेसन र नेपाली समाज” विचार
    कनकाई नगरपालिका

    “ फ्रस्ट्रेसन र नेपाली समाज” विचार

    कनकाई खबरBy कनकाई खबर२०८१ श्रावण ३२, शुक्रबार १९:४३ गते7 Mins Read

    विषय प्रवेश

    प्रसिद्ध मनोविश्लेषक एवम् मनोचिकित्सक “सिग्मन्ड फ्राइड” को एउटा प्रसिद्ध भनाइबाट यस आलेखको सुरुआत् गर्नु सान्दर्भिक होला। बिरामीको उपचारका सन्दर्भमा सिग्मन्ड फ्राइडले भनेका थिए” संसारका सबै मानिसहरू बिरामी छन् अर्थात् संसारमा सबै मानिसहरु रोगी छन्। जसले आफूलाई म निरोगी छु भनेर दाबी गर्छ त्यो नै संसारको सबैभन्दा ठूलो रोगी हो।”
    माथिको सन्दर्भ सिग्मन्ड फ्रायडले बिरामीको उपचार गर्दै गर्दा बिरामीले आफू निरोगी रहेको दाबी गरेपछि व्यक्त गरेका हुन् । उनले भनेका छन्झ निरोगीले दाबी गर्दा प्रकट गरेको दाबी वा घमण्ड नै उसको सबैभन्दा ठूलो रोग हो।, फ्रायडको यो भनाइ आज पनि त्यत्तिकै सान्दर्भिक छ जति सान्दर्भिक उनले बिरामीको उपचार गर्दा आजभन्दा करिब १०० वर्ष अघि भनेका थिए होला। तर आज हामी १०० वर्षपछि पनि फयडको यस सान्दर्भिक उक्तिप्रति गहिरो अध्ययन गर्न समय छुट्याउन सकिरहेका छैनौँ।

    विषयवस्तु

    हाम्रो नेपाली समाज आज आफूलाई निरोगी प्रमाणित गर्दागर्दै ठूलो मानसिक रोगको घनचक्करमा फसिरहेको तथ्यलाई हाम्रा खुसी सूचकाङ्कका तथ्याङ्कहरुले देखाइरहेका छन्। मलाई लाग्छ , हामी दाबी प्रमाणित गर्न ल्याकत राख्ने संसारकै पहिलो नागरिक हुन सक्छौँ। किनकि हामी आफूलाई लागेका र गरिएका हरेक दाबीहरूलाई सत्य र अन्तिम मान्दछौं। हामीले हाम्रा कुनै पनि दाबीहरूलाई प्रस्तुत गर्नुपर्यो भने यति निर्धक्कताका साथ गरिदिन्छौं कि मानौं यो मेरो विद्यावारिधिपछिको पछिल्लो उपलब्धि हो।

    संसार सुनेका हामी संसार पढेभन्दा पनि ज्ञानी छौँ। हाम्रो ज्ञानको सागर यति गहिरो छ कि भूपरिवेष्ठित मुलुक हाम्रो देश नेपालमा नै हामीले प्रशान्त महासागरको गहिराई खडा गरिसकेका छौं। हामी कसैको पनि अस्तित्व स्वीकार गर्दैनौं किनकि हामीले अरुको अस्तित्व स्वीकार गर्ने ल्याकत गुमाइसकेका छौं। हामीले आफूभित्रको झमञलाई यसरी खोजिरहेका छौँ कि अन्ततोगत्वा यो झमझ म शिवाय केहीमा परिणत हुनेवाला छैन। विश्व सुनेका हामीलाई तत्काल विकसित विश्व मध्येको महान् विश्व चाहिएको छ। अर्थात् मैले परिकल्पना गरेको विश्व मेरै हुनुपर्छ त्यो पनि आजै। यसको खोजमा हामी यसरी दौडँदै छौँ जसरी कस्तुरीले आफ्नै सिङमा भएको सुगन्ध खोज्न जीवनभर जङ्गल चहार्ने गर्दछ।


    यो पङ्क्तिकारको मगजले भ्याएसम्म हामीले हाम्रो विकसित विश्वरूपी देशको परिकल्पना उबेला अर्थात् परापूर्व कालदेखि नै गर्दै आएका हौँ। १०४ वर्षीय जहानीया राणा शासन फालेपछि त शक्तिशाली राक्षसीय सत्ता ढालेको परिकल्पना पनि गर्‍यो। मानौँ अब हामीले खोजेको नवीन विश्व फेला पर्यो। त्यो खुसी पनि लामो समयसम्म कायम रहेन। गुमाएकाहरू फ्रस्ट्रेसनमै थिए। त्यो फ्रस्ट्रेसन स्वयं व्यक्तिमा मात्र केन्द्रित नरही समाजमा विजारोपण हुँदै गयो। परिणाम तत्काल देखिने सन्दर्भमा ठूलाठूला उलटफेरहरू भइरहे। प्रत्येक उलटफेरहरूमा पाउनेले पाएको खुसी मात्र व्यक्त गरेनन् नपाउनेहरूले गुमाएकाप्रति आफ्नो फ्रस्टेसनलाई समाजमा बीज छरेझैँ छरिरहे। ०६२ र ०६३ सालको जनआन्दोलनले समाजमा एउटा ऊर्जा त ल्यायो तर त्यो लामो समयसम्म कायम रहेन किनकि कतिपय परिवर्तनका जगहरू परापूर्व कालदेखि बुनिदै आएका फ्रस्ट्रेसनका परिणामहरू समेत थिए। पहिलो संविधानसभाको विगठन पछि त झन् हामीमा राजनैतिक फ्रस्ट्रेसनको त्यो बाढी आयो हामी हरेकले राजनीतिलाई राजनीतिका रूपमा मात्र बुझेनौँ त्यहाँ भन्दा माथि उठी ब्रह्म द्रष्टाहुँदा मानसिकता थप विचलित बन्न पुग्यो। व्यक्तिहरू विज्ञ राजनीतिक कार्यकर्ता वा राजनीतिक व्यापारीजस्तै भए । हामीलाई लाग्न थाल्यो राजनीति भनेको एउटा व्यापार हो। नाफा कमाउन पनि राजनीति नै गर्नुपर्ने र घाटा बेहोर्न पनि राजनीति नै। गाईजात्रे कालमा गरिने व्यङ्ग्यहरू छ्यापछ्याप्ती गर्न थालिए भने वास्तविक कुराहरु भन्दा हामी माथि उड्न थाल्यौँ । परिणामस्वरूप हामीले चाहेको भन्दा पनि सोचेको जस्तो उपलब्धि प्राप्त नभएपछि हामी आफैँ फ्रस्ट्रेसनमा गयौँ र हरेक राजनीतिक कर्मीहरूलाई धारे हात लगाई सराप्न सुरु गर्यो।

    दोस्रो संविधानसभाको निर्वाचनपछि नेपालको गणतान्त्रिक संविधान निर्माण भयो तर त्यसपछि पनि फ्रस्ट्रेसनका बीजहरू यसरी अंकुरित भएकी त्यो संविधान नभएर कुनै दर्शनको ठेली बनेको थियो। हिजोदेखि आजसम्म आइपुग्दा हामीमा त्यति नै असन्तुष्टि छ जति असन्तुष्टि असन्तुष्टिको विजारोपण हुँदा समेत थिएन। आज आएर असन्तुष्ट समाजले क्रमशः सिङ्गो देशलाई यसरी निलिरहेको छ कि उसले भोलि उकेल्ने समेत ल्याकत नराख्न सक्छ।

    हिजोभन्दा विकसित आजको विश्वसँगै खेल्न पल्किएका हामीले शब्ददेखि व्यवहारसम्मै खेलिरहेका छौँ। पछिल्लो पटकको हाम्रो अर्को सामाजिक सञ्जालरुपी जन्म पहिलो पटकको भन्दा विचित्र किसिमको रह्यो। अब हामी हाम्रा पूर्वजहरूका अनुभवमा विश्वास गर्न सक्दैनौँ। यी विश्वासहरू हामी आफैंले मारेका हौँ। किनकि यी विश्वासहरूमा अब हामी बाँच्दा हामी नवीन नभई पुरातन कहलिन सक्छौँ, यो डर हामीमा व्याप्त छ।

    हठात् हामी सम्पन्न बन्नु छ। त्यति नै शक्तिशाली, संसार जित्न रित्ता खुट्टा दौडिएका हामीले आफ्नै सन्तानलाई कुल्चिरहँदा पनि त्यसको वास्ता गरिरहेका छैनौं तथापि हामीले हाम्रो अन्तिम सत्यचाहिँ आफ्नै सन्तानका स्वार्थलाई नै बनाइरहेका छौं। यसै स्वार्थका खातिर हामी प्रत्येकले यही माटोलाई यसरी धिक्कारिरहेका छौं कि अब यो माटो माटो होइन जलेको धुलो खरानी हो, जतिसुकै बेला पनि हावाको बेगसँगै उडेर जान सक्छ। हामी प्रत्येक दिन, प्रत्येक रात, हाम्रा सन्ततिहरूलाई उज्यालो पढाउने नाममा अन्धकार रटाइरहेका छौं। सुदूर भविष्य देखाई कुरूप वर्तमानमा बाँच्न सिकाइरहेका छौं। तर पनि हामीलाई गर्व छ किनकि हामीले गाली गर्न पाएका छौं हाम्रै अमुक माटोलाई। भन्दै छौं “छि  ! मेरो देश  !”

    सारमा

    झण्डै १५ वर्षअघि हुँदो हो, यो अनुच्छेदकारले नेपालको राष्ट्रिय दैनिकमा एउटा “जेल डायरी” नामक अंश पढ्ने मौका पाएको थियो। हिटलरका सेनाबाट बलात्कृत एक यहुदी नारीले आफ्नी छोरीलाई शक्तिशाली अनि कठोर बनाउन अनेकन् अर्ती उपदेशहरू दिइएकी मात्र रहिनछिन् आत्मरक्षाका लागि उनलाई तेक्वान्दो खेलाडी समेत बनाइन्। प्रत्येक दिन उनी आफ्नी छोरीलाई एउटै कुरा मात्रै दोहोर्याइरहन्थिन् र भन्ने गर्थिन्” छोरी तिमी माथि आइलाग्ने जो कोहीलाई मृत्युको घाटमा पुर्याउनु।”

    एकदिन ती छोरीमाथि एक व्यक्तिले दुर्व्यवहारको प्रयास गर्‍यो। छोरीले आफ्नो रक्षाका लागि भन्दै आफूले झोलामा बोकी ल्याएको धारिलो हतियार प्रयोग गरी त्यस व्यक्तिको हत्या गरिदिइन्। त्यो व्यक्ति मर्यो र तत्काल तिनीलाई प्रहरीले गिरफ्तार गर्यो। उनलाई हिरासत लगी अनेक प्रकारको यातना दिइयो। मृतक व्यक्तिका आफन्तको प्रभाव र दबाबमा ती छोरीलाई मृत्युदण्ड दिइने निश्चित गरियो। जब उनले यो कुरा आफ्नै कानले सुनिन् तब उनलाई लाग्यो” आत्मरक्षा त म त्यहाँबाट भागेर पनि गर्न सक्थे। मैले आफ्नो बहादुरी देखाउँदाको परिणाम मृत्युदण्डसम्मको सजाय भोग्नुपर्यो।”
    मृत्युदण्ड पूर्वको अघिल्लो दिन उनको अन्तिम इच्छा सोधियो। ती छोरीले मेरो अन्तिम इच्छा “आमालाई एउटा पत्र लेख्नु छ” भन्ने कुरा व्यक्त गरिन्। त्यो पत्र उनलाई लेख्न मात्र दिइएन बरु त्यो पत्र आमाको हातसम्म पनि पुर्‍याइयो। पत्रमा छोरीले बडो कारुणिकताका साथ लेखेकी रहिछन्” आमा ! तिमीले मलाई कहिल्यै बहादुर बनाइनछौ, आज मलाई मृत्युको अघिल्लो दिन लागिरहेछ । तिमीले बरु उल्टै मलाई कायर बनाइछौ। तिमीले मलाई कहिले यो सिकाइनौ कि आत्मरक्षा भनेको भाग्नु पनि हो। तिमीले मलाई जहिले यही मात्रै सिकायौ कि आत्मरक्षा भनेको मृत्युको घाट उतार्नु मात्रै हो। त्यो घटनामा म सजिलै भाग्न सक्थेँ। मैले तिमीलाई गुरुमान्दा आज मृत्युको मुखमा पुगेकी छु। तिमीले ञहामी यहुद भएर बलात्कृत भयौँ भन्ने फ्रस्टेसनझ म माथि पोख्दा आज तिमी सन्तानविहीन हुँदैछौ। त्यसैले आमा मैले त अब तिम्रो गुण तिरी नै सकेँ । अब तिमी कसैलाई पनि ऋणको यो भारी न बोकाऊ र आफ्नो फ्रस्ट्रेसनको सिकार अरू कसैलाई पनि नबनाऊ । उनले अगाडि थपेकी रहेछिन् आमा तिमीले मलाई बहादुर त बनायौ तर मर्दाचाहिँ एकदम कायर भएर मर्दैछु। किनकि अब म आफूले आफूलाई कतैबाट पनि बचाउन सक्ने ठाउँमा छैन। ”

    माथिको “जेल डायरी” झण्डै १५ वर्षअघि पढ्दा मलाई निकै भावुक बनाएको थियो। आज पनि त्यस घटनाका आमाछोरी दुबै मेरो मानस पटलमा छमछम नाचिरहन्छन्। आमा त्यस समयका लागि कति ठिक अनि कति बेठिक थिइन् रुझ भनेर विश्लेषण गर्नुभन्दा पनि वीर छोरी कायर भएर मर्नुपर्दाको पीडाचाहिँ कहालीलाग्दो हुन्छ जस्तो लाग्छ यो पंक्तिकारलाई। हामी आफ्ना असफलताहरूलाई छोप्न आफ्ना सन्तानहरूलाई कमजोर बाटो नहिडोस् भन्ने चाहना राख्छौँ तर कहिलेकाहीँ तिनै कमजोर बाटाहरू बलिया भएका हुन्छन् भने कहिलेकाहीँ बलिया बाटाहरू चाहिँ भत्किरहेका हुन्छन्।

    सायद विचार अनि विमर्शमा हाम्रो पुस्ता कमजोर भएकै हो । यो कुरालाई सकार्नु सबैका लागि हितकर हुन्छ जस्तो लाग्छ। हामीले आफ्ना अनेकन् फ्रस्ट्रेसनको भारी आफूले त बोकिरहेका छौं नै साथै हाम्रा कलिला सन्तानहरूलाई नजानिँदो ढङ्गबाट उसरी नै बोकाइरहेका छौं। सम्बन्धित विषयको विषय विज्ञलाई पनि अर्ती दिने अथवा ज्ञान बाँड्ने हामी आफूचाहिँ के खोजिरहेका छौँरु कसका लागि खोजिरहेका छौँरु कतिचाहिँ भए हामीलाई पुग्छरु सोको यकिन गर्ने कुरोमा कुहिरोको कागझैँ रनभुल्ल भएका छौँ। मान्छे हौँ,आकाङ्क्षा हुनु स्वभाविक हो तर आफ्नो तीब्र आकाङ्क्षा परिपूर्ति गर्न फ्रस्ट्रेसनको सहारा लिई दुनियाँ धिक्कार्ने परिपाटीलाई आजै त्याग्दा अति राम्रो हुन्छ किनकि ढाडमा निक्लिएको पाकेको पिलो छोप्न सेतो सर्टको सहारा लिँदा पिलो फुटेर पिप बाहिर निक्लियो भने वास्तविक दुर्गन्ध त त्यसले छर्छ नै । यसर्थ आफ्ना कमजोरीहरूलाई छोप्न अरुका अति साना वा कपोकल्पित कमजोरीहरूलाई उदाङ्गो पारेँ भन्दै वकालत गर्दा तत्कालका लागि दुनियाका आँखामा सज्जन कहलिन सकौँला तर कालान्तरमा यथार्थ बाहिर आउँदा फेरि फ्रस्ट्रेसनको सिकार हुनबाहेक कुनै पनि उत्तम विकल्प हामीसँग बाँकी नरहन सक्छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.