कनकाई खबर  \  सताक्षी गोल्डकपको सोमबार भएको दोस्रो दिनको खेलमा बेलबारी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्रि स्टार फुटवल क्लव विजयी बनेको छ । विजेता बनेसँगै थ्रि स्टार सेमिफाइनलमा प्रवेश गरेको छ । बेलबारी प्रदेश लिगको उपविजेता टिम हो । दोस्रो क्वार्टर फाइनल खेलको सुरुवाती समयमै थ्रि स्टारले बेलबारीलाई दबाबमा राखेको थियो ।

"/>
Header Ad Header Ad

Most Viewed

Categories

दोस्रो दिनको सताक्षी गोल्डकपमा थ्रि स्टारको सानदार विजयी

कनकाई खबर  \  सताक्षी गोल्डकपको सोमबार भएको दोस्रो दिनको खेलमा बेलबारी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै थ्रि स्टार फुटवल क्लव विजयी बनेको छ । विजेता बनेसँगै थ्रि स्टार सेमिफाइनलमा प्रवेश गरेको छ ।
बेलबारी प्रदेश लिगको उपविजेता टिम हो । दोस्रो क्वार्टर फाइनल खेलको सुरुवाती समयमै थ्रि स्टारले बेलबारीलाई दबाबमा राखेको थियो । खेलको नवौँ मिनेटमा थ्रि स्टारका सञ्जोग राईले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विपक्षीको हेडर फ्लिक भएको मौकामा उनले गोल गरेका हुन् ।

   त्यसको पाँच मिनेटपछि सञ्जोगकै सहयोगमा सुशील राईले गोल गर्दै आफ्नो टिमलाई अग्रता कायम राखेका थिए । खेलको ५३ औँ मिनेटमा सञ्जोगको प्रहार बेलबारीका गोल किप्पर सनम राईले उत्कृष्ट बचाउ गरे पनि एक मिनेटपछि लालारामको पासमा सञ्जोगले एक गोल थप्दै टिमलाई ३–० मा पुर्याएका हुन् । खेलको म्यान अफ दि म्याच थ्रि स्टारका दुई गोलकर्ता सञ्जोग राई घोषित भए ।

   तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जि्लिङको एमएफसीले सहभागी रहेको आयोजकका उपाध्यक्ष फुर्वा तामाङले जानकारी दिए । प्रतियोगिताको विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख नगद पाउने भएका छन् ।

Facebook Comments

    Leave Your Comment

    Your email address will not be published.*

    Forgot Password