Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मजदुरलाई मालिक बनाउने कनकाई नगरपालिकाको योजना अलपत्र
    कनकाई खबर बिशेष

    मजदुरलाई मालिक बनाउने कनकाई नगरपालिकाको योजना अलपत्र

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ श्रावण ३१, बिहीबार ०६:५९ गते4 Mins Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकामा मजदुरलाई मालिक बनाउने नगरकै अत्यन्तै महत्वकांक्षी योजना अलपत्र परेको छ ।

    स्थानीयतहको पहिलो निर्वाचनपछि नगर क्षेत्रमा रहेका मजदुरलाई मालिक बनाउने महत्वकांक्षी योजनाका साथ कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत दर्ता कायम रहेको कनकाई—७ स्थित श्रमिक स्वावलम्बन उद्योग लिमिटेड हाल अलपत्र अवस्थामा पुगेको हो ।

    आजभन्दा पाँचवर्ष अघि कनकाई नगरपालिकाले एक करोडको बजेट व्यवस्थापन गरी निर्माण सुरु गरेको उद्योग स्थलको घेराबारामा साढे अठार लाख र एउटा भवन(उत्पादन घर) साथै कार्यालय भवनसहित शौचालय निर्माणमा १५ लाख बढी नै खर्च भइ जम्मा निर्माण कार्यमा मात्रै साढे ३३ लाख भन्दा बढी नै खर्च भएको तत्कालीन उपभोक्ता समितिका सचिव प्रेमप्रसाद अधिकारी बताउँछन् । नगरपालिकाबाटै आर्थिक कारोबार हुने भएकाले यस योजनाका लागि अन्य केही शीर्षकमा खर्च भएको छ भने पनि आफूहरुलाई थप जानकारी नभएको समितिका सचिव अधिकारीले बताए ।

    कनकाईको वडा नं.७, दुर्गापुर बजार पूर्वतर्फ एक बिगाहा १७ कठ्ठा जमिनमा वरिपरि प्लम उठाएर तारजाली सहित व्यवस्थित घेराबारा गरेर फलामे गेट लगाएको उद्योग क्षेत्र अहिले दुव्र्यसनीहरुको सुरक्षित स्थल बनेको स्थानीयबासी बताउँछन् । बिरिङ खोलाको बगरमा घाँसपात र रुख बोटबिरुवाले ढाकेको एकान्त ठाउँमा रहेको उद्योग क्षेत्रको आसपासमा यतिबेला साँझ बिहानको समयमा जोकोही पनि एक्लै हिड्न सक्ने अवस्था नरहेको बताइएको छ ।

    प्रारम्भिक चरणमा पेवर्स(ब्लक) उत्पादन गर्ने त्यसपछि क्रमिक रुपले ह्युमपाइप र विद्युत पोल उत्पादन गर्ने योजना रहेको उद्योग क्षेत्रभित्र एउटा भवन (उत्पादन घर), उद्योगको कार्यालय भवन, शौचालय साथै उत्पादन भएका सिमेन्टका सामग्री भिजाउने प्रयोजनका लागि एउटा पोखरी निर्माणको कार्य तत्कालीन समयमै सम्पन्न भइसकेको उपभोक्ता समितिका अध्यक्ष मात्रिका पोखरेल बताउँछन् ।

    कनकाई नगर क्षेत्रकै मजदुरहरुलाई प्राथमिकतामा राख्ने नगरको महत्वकांक्षी योजनाको निर्माण स्थलमा विद्युत विस्तारका लागि उद्योगमा आवश्यक पर्ने कालो तारको समेत व्यवस्थापन मिलाइसकेको र अब विद्युत मिटर राख्ने काम मात्र बाँकी रहेको बताइएको छ ।विद्युत मिटरसहित सामग्री निर्माणका लागि आवश्यक फर्मा तथा मेसिन औजारको व्यवस्थापन हुन सकेमा तत्काल उद्योग सञ्चालनमा आउन सक्ने अवस्था रहेको समितिका अध्यक्ष पोखरेलले जानकारी दिए । उद्योग सञ्चालनमा आउन सके स्थानीय मजदुरहरुले प्राथमिकताका साथ काम पाउनुका साथै कनकाई नगरपालिकाको दिगो आर्थिक स्रोतको एउटा भरपर्दो माध्यम बन्न सक्ने सरोकारवाला बताउँछन् ।

    निर्माण कार्य सम्पन्न भएपछि तत्कालीन समयमा मेसिन खरिदका लागि टेण्डर प्रक्रिया अघि बढाउन उपभोक्ता समितिले नगरपालिकालाई घच्घच्याएपछि टेण्डर आव्हान गरिएको थियो । तर सामग्री खरिदका लागि आवश्यक भन्दा कम्ती दररेट राखेर बोलपत्र आह्वान भएका कारण कुनैपनि सप्लायर्सले टेण्डर नहालेपछि रोकिएको कामले हालसम्म पनि निरन्तरता पाउन नसकेको बताइएको छ ।उद्योग संचालनमा ल्याउन नगरपालिकाको तर्फबाट उपभोक्ता समितिलाई आजका दिन सम्म थप केही निर्देशन नभएका कारण अब के हुन्छ भन्ने कुरा अन्यौलमा रहेको बताइएको छ ।

    नगरकै महत्वकांक्षी योजनाको अवस्थाका बारेमा कनकाई नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ५ का वडाअध्यक्ष कृष्णबहादुर राईले यस योजनाको पछिल्लो अवस्थाका बारेमा आँफूलाई केही पनि जानकारी नभएको बताए । नगरपालिकाको कार्यपालिका बैठकमा समेत श्रमिक स्वावलम्बन उद्योगका बारेमा केहीपनि छलफल नभएका कारण यस विषयमा आफू केही पनि भन्न नसक्ने प्रवक्ता राईले प्रष्ट पारे ।आँफु कनकाई नगरपालिकाको नाम मात्रको प्रवक्ता भएको भन्दै राईले प्रवक्ताले खेल्नु पर्ने भुमिका साथै काम, कर्तव्य र अधिकारका बारेमा नगरपालिकाले आँफूलाई औपचारिक रुपमा त्यस्तो केहीपनि अनुमति नदिएका कारण आफ्नो वडादेखी बाहेक अरु विषयमा आँफूलाई केहीपनि थाहा नहुने जानकारी दिए ।

    मजदुरलाई मालिक बनाउँने उद्योगका विषयमा थप कुराकानी गर्न नगर प्रमुख राजेन्द्रकुमार पोखरेलसँग नगरपालिकामै गएर समय माग्दा ‘कार्यक्रममा जानु पर्ने छ, ढिला भइसक्यो’ भन्दै रिपोर्टिङमा गएका पत्रकारलाई समय उपलव्ध नगराई नगर प्रमुख पोखरेल नगरपालिका परिसरबाट बाहिरीएकाथिए ।

    मजदुरहरुलाई विशेष प्राथमिकतामा राखेका कनकाई नगरपालिकाका प्रमुख पोखरेलले नगरबाट आफूले पाउने वर्षभरिको भत्ता वापतको सुविधा मजदुर हित कोषमा जम्मा गरिदिएर अत्यन्तै महत्वपूर्ण कामको सुरुवात गरेका थिए । मजदुरहरुलाई आपतविपत पर्दा सहयोग गर्ने, विमाको व्यवस्था गर्ने साथै सस्तो ब्याजमा ऋण उपलव्ध गराउने गरी स्थापना भएको कनकाई मजदुर हितकोषको संरक्षकको जिम्मेवारीमा नगर प्रमुख पोखरेल रहेका छन् । कोष स्थापनाको प्रारम्भिक चरणमा केही राम्रो लक्षण देखिएको भएपनि क्रमिक रुपले निष्क्रिय बनेको मजदुर हितकोषको अवस्थाका बारेमा हाल मजदुरहरु नै बेखबर रहेको कोषको समितिमा रहेका एक जिम्मेवार मजदुर बताउँछन् ।

    कनकाई नगर क्षेत्रमा बिजुली, प्लम्बर, पेन्टर, कंक्रिट उद्योग, राजमिस्त्री, ग्रिल उद्योग, टेम्पो, सफारी, छोटा हात्ती, सबै किसिमका सवारी साधनको ग्यारेज, लोड अनलोड, निर्माण लगायतका क्षेत्रमा काम गर्ने १० हजार भन्दा बढी मजदुरहरु क्रियाशिल रहेकोमा हाल काम साथै उचित दाम पाउन छाडेपछि धेरै मजदुरहरु पलायन भएको स्वतन्त्र मजदुर संगठन कनकाई नगर समितिका पुर्व अध्यक्ष साथै वर्तमान प्रमुख सल्लाहकार केशर न्यौपानेले जानकारी दिए । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै मजदुरहरुको समेत सुनिश्चित भविष्यकालागि केही आशा पलाएको भएपनि कार्यान्वयन पक्ष कमजोर भएकाले क्रमिक रुपले अधिकांश मजदुरहरुमा निराशा छाएको मजदुर नेता न्यौपाने बताउँछन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.