Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » क्रान्तिका ऊर्जापूञ्ज डी. कौडिन्यका सपना
    विशेष

    क्रान्तिका ऊर्जापूञ्ज डी. कौडिन्यका सपना

    तीर्थराज खरेलBy तीर्थराज खरेल२०८१ श्रावण ७, सोमबार ११:०८ गते5 Mins Read

    राजनीति, प्राध्यापन, साहित्य र पत्रकारितालाई सँगसँगै उत्तिकै सन्तुलनमा राखेर थोरै मानिसले मात्र सक्छन् । देवकुमार आचार्य अर्थात् डी. कौडिन्य वामपन्थी आन्दोलनका पूर्व क्षेत्रका चम्किला रातो तारा हुन् । उनी नेपाली राजनीतिक क्षेत्रका युगयुगसम्म अमर रहिरहने नेता हुन् भने साहित्य आकाशका एक चम्किला नक्षत्र हुन् । उनी लोकप्रिय लेखक थिए, क्रान्तिका ऊर्जापूञ्ज थिए । उनी प्रतिभाशाली माक्र्सवादी बुद्धिजीवी थिए ।

    प्रगतिशील साहित्य क्षेत्रका सिद्धहस्त कलमकर्मीको रुपमा चिरपरिचित बहुआयामिक व्यक्तित्वका धनी डी. कौडिन्य एक जनपक्षीय पत्रकार, माक्र्सवादी विश्लेषक र क्रान्तिकारी बुद्धिजीवी थिए । उनी नेपाली जनताको हृदयमा बलिदान र समर्पणका बिम्बका रुपमा रहेका छन् । उनी कम्युनिष्ट पार्टी र आन्दोलनले परिवर्तनका एजेण्डालाई सम्बोधन गर्न सक्नुपर्छ र गरिब, निमुखा जनतालाई शोषण, थिचोमिचो र दमनबाट मुक्त गर्न सक्नुपर्छ भन्थे । क्रान्तिकारी निष्ठा र त्यस प्रतिको प्राणोत्सर्गका कारण उनी नेपाली राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा सदासदा जीवन्त रहिरहने छन् ।

    २०१९ साल असोज १० गते जन्मेका डी. कौडन्यले गरिबी र अभावका वीचबाट आफ्नो शैक्षिक, साहित्यिक र राजनीतिक यात्रालाई शुरु गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एम्.ए. गरेका थिए । सामाजिक न्याय र समानताको पक्षमा वकालत गरेकै कारण २ पटक भूमिगत, ३ पटक जेल (करिब ६ वर्ष) र ४ पटक गिरफ्तारीमा परेका थिए । इमान्दार, मिजासिलो, शालीन, विवेकी नेताको रूपमा उनलाई आज पर्यन्त उनका साथीसङ्गी र उनी भूमिगत रहेका घरका अभिभावक तथा जनता मान्दछन् । सरल जीवन र उच्च विचारका पक्षपाती उनी श्रमजीवी जनताका पक्षधर थिए । उनी एक लोकप्रिय र परिपक्व नेता थिए । उनी आज पनि जनताको मनमस्तिष्कमा बाँचिरहेका छन् । लोकतान्त्रिक आन्दोलनमा जसरी सी. के. प्रसाई (भरतबाबु) लाई आदरका साथ हेरिन्छ, त्यसरी नै झापामा आज पनि द्रोणाचार्य क्षेत्री, डी. कौडिन्य, रामनाथ दाहाल, नेत्र घिमिरे र गौरीशङ्कर खडका (राजेन्द्र) लाई नेपाली कम्युनिष्ट आन्दोलनका समर्थकहरू उच्च सम्मानका साथ सम्झना गर्छन् । जनताको हृदयको ढुकढुकी भएर धड्कनका लागि जनता, समाज र मुलुकका लागि निस्वार्थ रूपमा योगदान दिएको हुनुपर्छ । सांसद हुँदैमा, मन्त्री हुँदैमा, प्रधानमन्त्री हुँदैमा कोही पनि जनताको प्यारो हुनसक्छ भन्ने छैन । डी. कौडिन्यले जीवनभर सङ्घर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिनुप¥यो । उनले आजीवन सुन्दर समाजका लागि लडेका थिए । त्यसैले उनी नेपाली जनताको हृदयमा छन् आज पनि र रहिरहनेछन् ।

    शासकहरूबाट जतिसुकै उत्पीडन र कठोर यातना पाउँदा पनि उनी कहिल्यै झुकेनन्, क्रान्तिप्रति निरन्तर आस्थावान रहे । उनले माफी मागेको भए वा क्रान्तिप्रति गद्दारी गरेको भए सायद उनी मारिँदैनथे होलान् । तर उनले विश्वासघातभन्दा मृत्यु रोजे । भनिन्छ उनी पार्टीभित्रकै गद्दारीले शासकका पञ्जामा परे । हातमा कलम बोकेर अज्ञान र अन्धकारका विरुद्ध लड्ने एक होनहार योद्धालाई शासकहरूले भालाले रोपीरोपी यातना दिएर मारे र खुशीयालीमा भोज लगाए । तर डी. कौडिन्यले देखेको सपनालाई छोप्न सकेनन्, उनका दूरदृष्टिमाथि बर्फिलो पानी खनाउन सकेनन् । आज उनी लगायत हजारौं शहीदको बलिदानका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएको मुलुकमा हामी उभिरहेका छौं । केही परिवर्तन अवश्यै भएको छ । आज पनि नेपाली जनता पूर्ण रूपमा खुशी हुन सकिरहेका छैनन् । उनको सपना पूर्ण रूपमा पूरा हुन सकिरहेको छैन ।
    डी. कौडिन्यले जीवनभर देश र जनताकै लागि सङ्घर्ष गरिरहे । उनी नेपालको राजनीतिक आन्दोलनका यस्ता हस्ती हुन् जो निरङ्कुश शासकका सामु लत्रेनन् । उनी सदैव अधिनायकवादी शासकहरूको विपक्षमा उभिए । उनी कहिल्यै विचलित भएनन् । निरङ्कुशता विरुद्ध आक्रोश र विद्रोह बोल्दै उनले जीवनभर सङ्घर्ष गरे । त्यसैले शासकहरूले निर्ममतापूर्वक उनको हत्या गरेका थिए ।
    सँधै साथमा कलम र कापी लिएर लेखिरहने र नयाँ नयाँ पुस्तक खोजेर पढिरहने डी. कौडिन्यलाई हत्या गरेर उनीसँग हतियार भेटिएको र भीडन्तमा मारिएको कपोलकल्पित समाचार प्रशारण गरियो र तर सत्य कहिल्यै छोपिँदैन । एउटा मुलुककै होनहार स्रष्टा र विचारकलाई अमानुषिक यातना दिएर मारेको यथार्थ झापाली जनताले कहिल्यै बिर्सन सक्दैनन् । उनी अध्ययनशील नेता थिए । उनले स्वदेशी र विदेशी साहित्यको गहिरो अध्ययन गरेका थिए । इतिहास, दर्शन, साहित्य र अर्थशास्त्रको गहिरो ज्ञानबिना राजनीति हाँक्न त्यति सजिलो हुँदैन भन्ने सच्चाइलाई उनले बुझेका थिए । आजका राजनीतिककर्मीहरूमा अध्ययनशीलताको अभाव छ र हावादारी प्रवृत्ति हावी हुँदै गएको छ । नपढ्ने र नलेख्ने नेता मुलुक र जनताका लागि केही गर्न सक्दैनन् । मुलुक योजना र कार्यक्रमबाट परिवर्तन हुने हो, हावादारी गफबाट होइन । यो सच्चाइलाई उनले हृदयतः ग्रहण गरेका थिए ।
    जनताका छोराछोरीलाई हलीगोठाला सम्झिनेका विरुद्धमा उनले जेहाद छेडे, त्यसैले उनको हत्या भएको हो । उनको निधन २ दशक बिते पनि उनको विचारको महत्ता र गरिमा घटेको छैन । उनी मरेर गए पनि आज पनि हजारौं–लाखौं नेपाली जनताको मनमस्तिष्कमा उनी बाँचिरहेका छन् । उनी निरङ्कुश सामन्ती तथा पूँजीवादी राज्यव्यवस्थाका कडा आलोचक थिए । पूँजीवादी व्यवस्था तीब्र उपभोक्तावादी हुने भएकाले अनैतिक, अदूरदर्शी, क्रुर र शोषणमा आधारित हुन्छ भन्ने उनको धारणा थियो । साम्यवादी लोकतान्त्रिक व्यवस्थाका पक्षमा चट्टानी दृढतासहित उभिने डी. कौडिन्यले तत्कालीन समयमा पार्टीभित्र हुर्किँदै गरेको फौजी अराजकता र जनताबाट अलगथलग हुने परिपाटीको विरोध गरेका थिए भनेर मानिन्छ । पार्टीमा जनवादी केन्द्रीयताको प्रयोग सन्तुलित रुपमा हुनुपर्छ भन्नेमा उनको स्पष्ट विचार थियो । उनले बुद्धिजीवीलाई जनताहरु दुःख, कष्ट र वेदनामा रहेका बेला किनारामा उभिएर टुलुटुलु नहेर्न सुझाएका थिए । उनले व्यक्तिगत सम्पत्ति र परिवारलाई रत्तिभर वास्ता नगरी सामूहिक स्वार्थ र राष्ट्रको हितका लागि आफूलाई समर्पित गरे र समयक्रममा आफ्नो जीवन नै बलिदान गरे ।

    पुरातन समाजको ध्वंश गरेर अपूर्व नूतन समाजको निर्माण गर्ने उनको सपना आज कतै असरल्ल परेको छ । विजय भएको क्रान्तिको पछि लाग्ने हजारौं हुन्छन्, भनिन्छ त्यतिबेला मरेका लासहरू पनि उहिल्यैदेखि जीवित भएको नाटक गर्छन्, अब्बल क्रान्तिकारी भएको अभिनय गर्छन्, तर क्रान्तिले धक्का खाएको बेलामा मुसाको दुलामा पस्छन् । विजयको बेलामा तिनै कायरहरू क्रान्तिको भाग खोस्न निर्लज्ज अघि सर्छन् र शहीदका सपनालाई घाँटी रेटेर रछ्यानमा मिल्काउँछन् । हो, यस्तै भएको छ उनका हकमा पनि आम शहीदलाई जस्तै, शहीद तथा बेपत्ता परिवारलाई जस्तै । वामआन्दोलन र प्रगतिवादी सांस्कृतिक क्षेत्रका महान् योद्धा डी. कौडिन्यका योगदानलाई स्मरण गर्न र उनले देखाएको बाटोमा हिँड्न कठिनाइ हुँदै गएको छ सबैका लागि । २०५९ साल साउन ७ गते चारआलीस्थित शाही नेपाली सैनिक क्याम्पमा खसेको कालो रात जस्तो क्रुर, पापी र मुटु चुँडाल्ने रात झापाली जनताको घरआँगनमा अब कहिल्यै नआओस् । लोकतन्त्र र आमूल रूपान्तरणका पक्षमा कलम चलाउँदा चलाउँदै जीवन बलिदान दिने जनपक्षीय पत्रकार शहीद डी. कौडिन्यलाई भावपूर्ण श्रद्धाञ्जली !!

    कमेन्टस्

    Author

    • तीर्थराज खरेल

      युनिक बहुमुखी क्याम्पसमा प्राध्यापक समेत रहेका खरेल कनकाई खबर अनलाइनका सल्लाहकार सम्पादक हुन् । खरेल पूर्वाञ्चल दैनिकमा समेत संवाददाता एवं स्तम्भकारका रुपमा कार्यरत् छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.