Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पुस्तक समिक्षा ःदेवहूति महाकाव्य संक्षिप्त एक अध्ययनः सूर्यप्रसाद अधिकारी
    कनकाई नगरपालिका

    पुस्तक समिक्षा ःदेवहूति महाकाव्य संक्षिप्त एक अध्ययनः सूर्यप्रसाद अधिकारी

    कनकाई खबरBy कनकाई खबर२०८१ असार २६, बुधबार २१:४५ गते6 Mins Read

    काव्यहरूमै सर्वोत्कृष्ट साहित्यिक विधा हो महाकाव्य। पूर्वीय एवं पाश्चात्य विधामै सर्वप्राचीन विधाको रुपमा स्थापित महाकाव्य आफैंमा एक भीमकाय विधाका रुपमा स्थापित विधा पनि हो। पश्चिमका प्राचीन महाकाव्यहरू इलियट र ओढेसी अनि पूर्वका रामायण र महाभारत महाकाव्यहरू नै आजका आधुनिक भनौँ वा उत्तर आधुनिक युगलाई झक्झक्याउने महाकाव्यहरूका प्राचीन एवं नवीनतम् स्रोत समेत हुन्।

    पूर्वीय महाकाव्यका मूल स्रोतहरूमा रामायण र महाभारत त हुँदै हुन् यसका अलावा हाम्रा १८ वटै महापुराणहरू वेद, उपनिषद्, इतिहासमा ख्याति कमाएका प्रसिद्ध राजा महाराजाहरू, कुनै सज्जन व्यक्तिहरूको चरित्र आदि जस्ता विषयहरु हाम्रा पूर्वीय महाकाव्यका स्रोत बनेर परम्परादेखि चल्दै आइरहेका छन् । आजको उत्तर आधुनिक युगसम्म आइपुग्दा महाकाव्यहरूले नवीनतम् विषयहरूलाई पस्किने सन्दर्भमा सर्वसाधारण व्यक्तिहरूको चरित्रलाई समेत उजागर गरेर महाकाव्यको विषयगत स्रोत बन्न सफल नभएका होइनन् तर पनि ती स्रोतहरूले कुनै न कुनै रूपमा पूर्वीय एवं पाश्चात्य परम्पराको प्राचीनतम् पद्धतिलाई आत्मसात् गर्न भने छोडीहालेको देखिँदैन। पूर्वीय महाकाव्य परम्परालाई अङ्गीकार गर्दै आफ्नो लेखनीलाई अहोरात्र दौडाउन सक्ने महाकाव्यकार हुन् महाकवि मित्रप्रसाद दाहाल। हो, यिनै महाकवि मित्रप्रसाद दाहालको भर्खरै प्रकाशनमा आएको महाकाव्य देवहूति महाकाव्यको चर्चा गरिनु यस लेखको मुख्य सन्दर्भ रहनेछ।

    मित्रप्रसाद दाहाल नेपाली काव्य परम्परामा अब छोड्नै नमिल्ने नामको रुपमा दरिएको स्थापित नाम हो। प्रमद्वारा, महाकाव्य ,श्रीवत्स, महाकाव्य, मल्लिका, महाकाव्य, आमा, महाकाव्य, देवहूति महाकाव्य गरी पाँचवटा महाकाव्य एवम् तारा, शोक काव्य तथा मित्र कविता कुञ्ज ,कविता सङ्ग्रह अनि परिवर्तन ,कथासंग्रहसमेत प्रकाशन गरिसक्नुभएका महाकवि दाहालको यो पछिल्लो महाकाव्य देवहूति जीवनकालको चौरासीयौँ वसन्त पार गरिसकेपछिको पछिल्लो महाकाव्य भएका कारणले पनि यसको आफ्नै इतिहास बन्ने कुरामा दुविधा छैन। ८४औं वर्ष जीवनको उत्तरार्ध अर्थात् हाम्रो वैदिक सनातनी परम्परामा भगवद् भक्तिमा तल्लीन भई आफूलाई ईश्वरप्रति समर्पित गर्ने समय हो तर महाकवि दाहालले भने आफूलाई ईश्वरप्रति त समर्पित गरेका छन् तर काव्य साधनामा लीन भएर । दाहालको जुन उमेरमा यो महाकाव्य आएको छ यसले हरेक उमेर समूहका व्यक्तिहरूलाई जीवन पर्यन्त झक्झकाइरहनेछ। आफूलाई पाको सम्झिने हरेक व्यक्तिहरूका लागि यो महाकाव्य पियूष सिद्ध हुनेछ ।

    समग्र पूर्वीय काव्य परम्पराको जगमा उभिई तयार गरिएको प्रस्तुत देवहूति महाकाव्य १८ महापुराणहरू मध्येको श्रीमद्भागवत महापुराणको तृतीयस्कन्द अन्तर्गत देवहूति कपिल संवादको मुख्य आख्यानलाई विषयवस्तु मानी तयार गरिएको महाकाव्य हो। अत्यन्तै क्षीण कथानकमा पनि एउटा उत्कृष्ट महाकाव्य निर्माण हुन सक्छ भन्ने ज्वलन्त उदाहरणका रुपमा स्थापित यस महाकाव्यले कथानक कम र दर्शन ज्यादा बोकेको पाइन्छ। श्रीमद् भागवत महापुराणको तृतीयस्कन्दमा मुख्यतया चार प्रमुख पात्रहरू रहेका छन् । ती हुन् विदुर, मैत्रेय, देवहूति र कश्यप। देवहूति तृतीयस्कन्दकै प्रमुख चार पात्रहरू मध्ये दोस्रो स्थान कि पात्र हुन् ।

    पिता स्वायम्भू मनु र माता सत् रुपाकी छोरी हुन् देवहूति। श्रीमद् भागवतमा वर्णित कथाअनुसार ब्रह्मपुत्र मनु आफैँमा एक शक्तिशाली व्यक्ति हुन्। स्वायम्भू मनु विष्णुको स्वरुप र सतरुपालाई लक्ष्मीको स्वरूपका रूपमा वर्णन गरिएको कथा अनुसार देवहूति तीन बहिनीहरु अर्थात् आकुति र प्रसूति मध्येकी माइली बहिनी हुन्। दुई दाजुहरू प्रियव्रत र उत्तानपाद कि बहिनी देवहूति अत्यन्तै शालीन, सौम्य अनि भद्र व्यक्तित्व का रूपमा यस महाकाव्यमा बढी वर्णित छिन्।

    बृहत नारदीय पुराणकाअनुसार भगवान् रामचन्द्रको आगमन हुनुभन्दा १०६ वर्षअघिको कथाका रुपमा देवहूतिको कथाको प्रसङ्गलाई उठाइएका कारण यस महाकाव्यको कथाश्रोतको समयलाई सत्ययुगको अन्त्य र त्रेतायुगको प्रारम्भिक समयका रूपमा अनुमान लगाउन सकिन्छ। दिदी आकुति र बहिनी प्रसूति मध्येकी माहिली देवहूति केही कुरूपा भएका कारण पनि स्वायम्भू मनुलाई आफ्नी माइली छोरीको विवाह गर्न निकै सकस परेको कुरा कथा प्रसङ्गहरुमा समेत वर्णित भएर आएको पाइन्छ। यहाँसम्म कि छोरीको विवाह गर्न बाबु मनुले आफैँले नसकेका कारण स्वयम् ब्रह्मालाई समेत गुहार्नु परेको थियो। ब्रह्माको अनेकौं आग्रहका बावजुद ऋषि कर्मद विवाह गर्न मन्जुर भएका थिए। परिणामतः देवहूतिको विवाह कर्दम ऋषिसँग भएको थियो भनिन्छ कर्दम ऋषि आफू ६४ वर्षको हुँदा छ वर्षीय देवहूतिलाई विवाह गरेका थिए। त्यो पनि स्वयं ब्रह्माको आग्रहले। एउटा मात्रै सन्तान जन्माउने वचनबद्धताका साथ विवाह गरेका कर्दम ऋषिले विवाह पश्चात् कामक नामको विमान चढी तीर्थ गई इन्द्रसरोवरमा २१६ घण्टा स्नान गरे पश्चात् नौ बहिनी छोरीको जन्म भएको कथा प्रसङ्ग श्रीमद् भागवतको तृतीय स्कन्दमा वर्णित रहेको छ। यसै कथा प्रसङ्गमा तयार गरिएको देवहूति महाकाव्य महाकवि मित्रप्रसाद दाहालको एक पौराणिक विषयमा तयार पारिएको महाकाव्यका रूपमा स्थापित छैटौं महाकाव्य हो।

    पूर्वीय महाकाव्य सिद्धान्तको परम्पराअनुसार महाकाव्यको कथास्रोतलाई आत्मसात् गर्न सफल यस महाकाव्यले नायक वा मुख्य पात्रका रूपमा स्वयं देवहूतिलाई नै उभ्याएको पाइन्छ। १८ सर्गमा संरचित महाकाव्य स्वयम् कविकै भनाइ अनुसार पनि बढी अनुष्टुप छन्दका र त्यसपछि सार्दूलविक्रीडित लगायत अन्य विभिन्न छन्दहरूमा रचना गरिएको छ। प्रत्येक सर्ग अन्त्यमा छन्द परिवर्तन गरिनुका साथै भावी सर्गको कथाको सूचकलाई पनि प्रस्तुत गरिएको छ। महाकाव्यको सैद्धान्तिक परम्पराअनुसार श्रृङ्गार, वीर अनि शान्तरसमध्ये मुख्यतया यस महाकाव्यको केही स्थानहरूमा पाइने श्रृङ्गारसलाई छाडेर महाकाव्य शान्तरस प्रोती नै रहेको छ। अर्थात् अङ्गरसको रूपमा श्रृङ्गार रहे पनि अङ्गीरसको रुपमा शान्तरस प्रमुख रहेको छ। पूर्वीय महाकाव्यय ढाँचाकै मङ्गलाचरण, महाकाव्य ीय जीवन जगतको पूर्ण आयामलाई आत्मसात गरेको यस महाकाव्यले पात्र विधान, रस व्यवस्था एवं सन्धि व्यवस्था तथा प्राकृतिक परिवेशलाई समेत पूर्णतः अङ्गीकार गरेको पाइन्छ।

    महाकाव्य आफैंमा एक भीमकाय विधा भएका कारणले पनि पूर्वीय सिद्धान्तअनुसार तीन पुस्ताको वर्णन हुन अनिवार्य मानेको देखिएकाले यस काव्यमा पनि तीन पुस्ताहरू जस्तै स्वायम्भू मनु सतरुपा, देवहूति कर्दम तथा देवहूति र कर्दमका छोरीहरूको प्रसङ्गलाई उठाइएको पाइन्छ। यस महाकाव्यकी मुख्य पात्र अझ भनौं नायक आफै देवहूतिभएका कारणले पनि महाकाव्य उनीमा केन्द्रित रहेको पाइन्छ। महाकाव्यको सन्दर्भमा देवहूतिको चारित्रिक विशेषतालाई खुट्याउने हो भने उनी अध्यात्मवाद र भौतिकवादलाई संयोजन गराउने एक प्रमुख पात्र हुन् । हुन त महाकाव्य अध्यात्मवादमा केन्द्रित छ। यसको मुख्य स्रोत श्रीमद् भागवतको तृतीयस्कन्द भएका कारणले पनि अध्यात्मवादमा केन्द्रित हुनु यस महाकाव्यको मूल उपजीव्यता नै हो। तर पनि देवहूतिसँग जोडिएको संवाद तथा उनले आफ्ना छोरीहरूलाई दिएको मातृप्रद सन्देश लाई आधार मान्ने हो भने ती सन्देशहरू आजको एक्काइसौं शताब्दीको यस सन्दर्भमा पनि उत्तिकै उपयोगी, मर्मस्पर्शी एवं वैज्ञानिक रहेका छन्। यस महाकाव्यको अर्को मूल सन्देश भनेको जीवात्मा र परमात्माबीचको सानिध्यता प्रकट गरी त्यस सानिध्यतामा मानवीयताको खोज गर्नु पनि रहेको छ। देह र आत्माबीचको संयोजन तथा, कर्मण्ये वाधिकारास्ते मा फलेसु कदाचन। भन्ने श्रीमद् भागवत गीताको मूलसार समेत यस काव्यमा परिभाषित रहेर आएको छ यस महाकाव्यकी नायक देवहूतिका माध्यमबाट।

    ८४ औँ वर्षको पाको शरीरलाई महाकाव्यजस्तो बलशाली काव्यमा लीन गराई मस्तिस्कको सुईलाई लेखनीको माध्यमबाट पोखाउन सक्ने महाकाव्यकार भित्रप्रसाद दाहाल पाँच महाकाव्यका पिता भएका कारणले पनि उनको लेखकीय क्षमता कति सशक्त र प्रभावशाली छ भन्ने कुरामा अब तर्क गर्नु भन्दापनि उनीमा भएको पूर्वीय दर्शनको अक्षुण सागरमा डुबुलकी मार्दै उनका महाकाव्यहरूको अध्ययन गरी रसस्वादन गर्नु नै उपयुक्त हुन्छ भन्ने यस पंक्तिकारको ठम्याइरहेको छ। अन्त्यमा महाकाव्यकार मित्रप्रसाद दाहालको सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनाका साथ उनकै महाकाव्यको यस पंक्तिलाई राख्दै लेखनीलाई विश्राम दिइन्छ।
    मन्दमति छ यो जीव नाशवान शरीरको,
    पुत्र कलत्र जो सारा धन धान्यादि वस्तुको।।४७।।
    लोभिँदै मोहले ठान्दै नित्य नै ती अनित्यको ,
    नित्य मानेर सारा यी स्वजनादि कुटुम्बको।।४८।।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.