कनकाई खबर \  मकर संक्रान्तीको अवसरमा कनकाई माईको पुर्वी किनारमा लागेको माईमेलाको विषयलाई लिएर केहि संचार माध्यम साथै सामाजिक संजालमा आएका विभिन्न नकारात्मक टिकाटिप्पणीप्रति मेला आयोजक समितिले गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।    आयोजक समितिले सुरुङ्गामा पत्रकार भेटघाटको आयोजना गरी परम्परागत रुपमा लाग्दै आएको धार्मिक माइमेलाको विषयमा भएको गलत प्रचारको पछि नलाग्न सम्वन्धित सवैलाई

"/>
Header Ad Header Ad

Most Viewed

Categories

अहिलेसम्मकै उत्कृष्ट कनकाई माईमेला

कनकाई खबर \  मकर संक्रान्तीको अवसरमा कनकाई माईको पुर्वी किनारमा लागेको माईमेलाको विषयलाई लिएर केहि संचार माध्यम साथै सामाजिक संजालमा आएका विभिन्न नकारात्मक टिकाटिप्पणीप्रति मेला आयोजक समितिले गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।

   आयोजक समितिले सुरुङ्गामा पत्रकार भेटघाटको आयोजना गरी परम्परागत रुपमा लाग्दै आएको धार्मिक माइमेलाको विषयमा भएको गलत प्रचारको पछि नलाग्न सम्वन्धित सवैलाई अनुरोध गरेको छ । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष इतिहासमै उत्कृष्ट मेला संचालन भएको दावी गर्दै मेला आयोजक समितिका संयोजक ज्ञानेन्द्र चुडालले मेला अवधिभर राज्यले प्रतिवन्ध गरेका कुनै पनि खेल नखेलाएको प्रष्ट पारेका छन् ।

   सवैभन्दा बढी चर्चामा आएको पार्किङ्को सवालमा समितिका संयोजक चुडालले यस पटक एकदिनको मात्र नभएर मेलाअवधिभरकालागि मोटरसाइकलको न्युनतम पार्किङ शुल्क रु.२ सय लिएको बताए । जुन रकम अघिल्लो वर्षमा समेत लिने गरेको संयोजक चुडालले दाबी गरे । यस अर्थमा अघिल्लो वर्षको तुलनामा यस पटक मेलाअवधिभरको ज्यादै न्युनतम पार्किङ् शुल्क लिएको चुडालले वताएका छन् । पार्किङ्को विषयमा जनगुनासो आएपछि पार्किङ तर्फका ठेकेदार विपिन सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानपछि तारेखमा छाडेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

   स्थानीय सरकार, प्रहरी प्रशासनसँगको महत्वपूर्ण सहयोगका कारण स्थानीय युवाहरुको सक्रियतामा एस बिडी कन्स्ट्रक्सन प्रा.ली.ले संचालन गरेको कनकाई माइमेला शान्तीपूर्ण रुपमा सम्पन्न भएको भन्दै आयोजक समितिले मेलाअवधिभर भक्तजनहरुको सुविधाकालागि विभिन्न संघसंस्थाहरुवाट भएको सहयोगप्रति आभार प्रकट गरेको छ । भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै इतिहासमै पहिलो पटक मकर संक्रान्तीका दिन कनकाई माइको पूललाई खुल्ला राखेर सडक क्षेत्रमा हुने अप्रिय घटनालाई निरुत्साहित गर्न प्रहरी प्रशासनवाट भएको महत्वपूर्ण कार्यको मेला आयोजक समितिले प्रशंसा गरेको छ ।

   मकर मेलाको मुख्य दिन माघ १ गते कनकाई नदिवाट वारीपारी गर्नकालागि खोलामा अस्थायी फलामे पुलको समेत व्यवस्था गरेको वताइएको छ । मेला अवधिभरकालागि सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्न तीन सय बढी प्रहरी परिचालन गरिएको साथै आवश्यक्ताअनुसार विभिन्न ठाउँमा सिसि क्यामरा जडान गरेर निगरानी बढाएका कारण मेला क्षेत्रमा कुनै पनि अप्रिय घटना नभएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

 कनकाई नगरकै धार्मिक तथा पर्यटकीय क्षेत्र पवित्र कनकाई माइको किनार कोटीहोम परिसरमा शान्तीपूर्ण रुपमा सम्पन्न भएको धार्मिक मेलाको विषयमा आवश्यक भन्दा बढी मनगडन्ते प्रचारबाजी नगर्न एस बिडी कन्स्ट्रक्सन प्रा.ली.का अध्यक्ष धर्मेन्द्रप्रसाद दहाल (पप्पु) ले सम्वन्धित सवैलाई अनुुरोध गरेका छन् । पत्रकार सम्मेलनमा मेला आयोजक समितिका सचिव तुलाराम विश्वकर्म(वकिल), कोषाध्यक्ष सुर्यवहादुर बुढाथोकी(नवराज) लगायतले धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा स्थापित कनकाई नगरको विकास अनि समृद्धिकालागि आँफूहरु सधैं सकारात्मक रहेको जानकारी गराउँदै आगामी दिनमा समेत समाजमा थप रचनात्मक गतिविधि गर्दै जाने वताएका छन् ।

    माईमेलाको समापनसँगै ठेकेदार समितिका स्थानीय युवाहरुले मेला क्षेत्रको सरसफाई गरेका छन् । मेला समापन भएसँगै त्यस क्षेत्रमा भएको फोहोर मैला र दुर्गन्धका कारण वातावरणमा प्रत्यक्ष असर पर्ने भएकाले सरसफाईमा आँफूहरु जुटेको समूहका सक्रिय युवा सरोज पोखरेलले वताएका छन् ।  आँफूहरु पनि स्थानीयबासी नै भएकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाई गर्नु आफ्नो कर्तव्य संझेर  फोहोर मैलाको उचित व्यवस्थापनकालागि पोखरेलको नेतृत्वमा समिति जुटेको वताइएको छ ।

Facebook Comments

    Leave Your Comment

    Your email address will not be published.*

    Forgot Password