कनकाई खबर \ झापाको कनकाई नगरपालिका क्षेत्रका विभिन्न स्थानमा आज विश्वकर्मा पुजालाई विशेष पर्वका रुपमा मनाइएको छ ।
विभिन्न फलामे औजार र कल कारखानाहरु रंगीचंगी बनाएर पुजाआजा सहित बिश्वकर्मा पूजाको अवसरमा परम्पराको निरन्तरता स्वरुप बिशेष रुपमा मनाइएको हो ।यसै अवसरमा कनकाई नगरपालिका परिसरमा एक विशेष कार्यक्रमका विच सवारी इकाई समितिले पालिका अन्तर्गतका सवारी साधनहरुको पुजाआजा गरेर विश्वकर्म पुजालाई भव्य रुपमा सम्पन्न गरेको इकाई इन्चार्ज रोहित कोइरालाले जानकारी दिए ।
सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजाआजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजा पतका लगाएर रंगीन बनाइएको छ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आरधना गरी विश्वकर्मा दिवस मनाएका हुन्।
विश्वकर्मा पुजालाई सुरुङ्गास्थित स्वतन्त्र यातायात मजदुर भलाई मन्चले समेत विशेष पुजाआजाको कार्यक्रम सहित साधारण सभा सम्पन्न गरेको छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । साधन,औजार,युक्ति र निर्माणका देवताविश्वकर्माका विषयमाविभिन्नकिवन्दतीप्राप्तछन् ।
अधिकांशःविद्वानहरुविश्वकर्मा नामलाई एउटा उपाधिमात्र मान्दछन्, किनभने शास्त्र र संस्कृत साहित्यमा पनि समकालीन कतिपय विश्वकर्माको उल्लेख गरिएको छ। कालान्तरमाविश्वकर्मा एउटा उपाधिवापदवीबन्नपुग्यो। यो भनाईको अर्थ विश्वकर्मा नामक मूलपुरुष अथवाआदिपुरुष थिएनन् भन्ने होइन, विद्वानहरूमाझमा मत भेद यसमापनि छ कि मूलपुरुषविश्वकर्मा को—बाट भए ?
भगवान् विश्वकर्माको वर्षभरिमाकति पटक पूजा र महोत्सव मनाइन्छ । जस्तै भाद्र पद शुक्ल पक्षको प्रतिपदा तिंथिको महिमा महाभारतमा विशेषतः प्राप्त हुन्छ । यस दिन भगवान विश्वकर्माको पूजाअर्चना गरिन्छ । यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा आश्विन १ गते(कन्या सङ्क्रान्ति)का दिन मनाउने प्रचलन छ ।
भारतका कतिपय क्षेत्रमा गोरुतिहारका दिन भगवान् विश्वकर्माको पूजाअर्चना गर्ने गरिन्छ । यसरी भगवान् विश्वकर्माको जयन्तीमनाउने क्रममाविद्वानहरूमाझमतभेद छ । श्रुतिको वचन छ – विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान् विश्वकर्माको पूजा–आराधना गर्नुपर्दछ ।
कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालु वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति काठमाण्डौ तर्फ वाग्मती मुहानस्थल सुन्दरी जल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ ।
आजकादिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक मान्यता छ ।