Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा धुमधामसँगले मनाइयो विश्वकर्मा पूजा
    कनकाई नगरपालिका

    कनकाईमा धुमधामसँगले मनाइयो विश्वकर्मा पूजा

    कनकाई खबरBy कनकाई खबर२०८० आश्विन १, सोमबार २१:२३ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाई नगरपालिका क्षेत्रका विभिन्न स्थानमा आज विश्वकर्मा पुजालाई विशेष पर्वका रुपमा मनाइएको छ ।


    विभिन्न फलामे औजार र कल कारखानाहरु रंगीचंगी बनाएर पुजाआजा सहित बिश्वकर्मा पूजाको अवसरमा परम्पराको निरन्तरता स्वरुप बिशेष रुपमा मनाइएको हो ।यसै अवसरमा कनकाई नगरपालिका परिसरमा एक विशेष कार्यक्रमका विच सवारी इकाई समितिले पालिका अन्तर्गतका सवारी साधनहरुको पुजाआजा गरेर विश्वकर्म पुजालाई भव्य रुपमा सम्पन्न गरेको इकाई इन्चार्ज रोहित कोइरालाले जानकारी दिए ।


    सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजाआजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजा पतका लगाएर रंगीन बनाइएको छ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आरधना गरी विश्वकर्मा दिवस मनाएका हुन्।


    विश्वकर्मा पुजालाई सुरुङ्गास्थित स्वतन्त्र यातायात मजदुर भलाई मन्चले समेत विशेष पुजाआजाको कार्यक्रम सहित साधारण सभा सम्पन्न गरेको छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । साधन,औजार,युक्ति र निर्माणका देवताविश्वकर्माका विषयमाविभिन्नकिवन्दतीप्राप्तछन् ।


    अधिकांशःविद्वानहरुविश्वकर्मा नामलाई एउटा उपाधिमात्र मान्दछन्, किनभने शास्त्र र संस्कृत साहित्यमा पनि समकालीन कतिपय विश्वकर्माको उल्लेख गरिएको छ। कालान्तरमाविश्वकर्मा एउटा उपाधिवापदवीबन्नपुग्यो। यो भनाईको अर्थ विश्वकर्मा नामक मूलपुरुष अथवाआदिपुरुष थिएनन् भन्ने होइन, विद्वानहरूमाझमा मत भेद यसमापनि छ कि मूलपुरुषविश्वकर्मा को—बाट भए ?


    भगवान् विश्वकर्माको वर्षभरिमाकति पटक पूजा र महोत्सव मनाइन्छ । जस्तै भाद्र पद शुक्ल पक्षको प्रतिपदा तिंथिको महिमा महाभारतमा विशेषतः प्राप्त हुन्छ । यस दिन भगवान विश्वकर्माको पूजाअर्चना गरिन्छ । यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा आश्विन १ गते(कन्या सङ्क्रान्ति)का दिन मनाउने प्रचलन छ ।


    भारतका कतिपय क्षेत्रमा गोरुतिहारका दिन भगवान् विश्वकर्माको पूजाअर्चना गर्ने गरिन्छ । यसरी भगवान् विश्वकर्माको जयन्तीमनाउने क्रममाविद्वानहरूमाझमतभेद छ । श्रुतिको वचन छ – विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान् विश्वकर्माको पूजा–आराधना गर्नुपर्दछ ।


    कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालु वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति काठमाण्डौ तर्फ वाग्मती मुहानस्थल सुन्दरी जल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ ।


    आजकादिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक मान्यता छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते

    साना तथा मझौला उद्यमीका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

    २०८३ भाद्र २८, आईतवार ०८:०९ गते

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.