सामुदायिक वन स्तरीय नकआउट फुटवल प्रतियोगिता

प्रजापति \ कनकाई नगरपालिका १ स्थित प्रजापति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।

    फुटवलसँगै पर्यापर्यटन संचालन गर्दै दिगो आम्दानीको स्रोत निर्माण गरी युवा शक्तिलाई दुव्रर्यसनवाट टाढा राख्ने दिर्घकालिन योजनाका साथ यहि असोज १३ गतेदेखी ३० गते सम्म वन समूहको आफ्नै खेल मैदानमा संचालन हुन लागेको प्रतियोगितामा झापा जिल्लाका ५९ वटै सामुदायिक वनको सहभागिता रहने आयोजक प्रजापति सामुदायिक वन समूहका अध्यक्ष सूर्यकुमार थापाले वताएका छन् ।

    प्रजापति सामुदायिक वन अन्तर्गत रहेको ऐतिहासिक पर्यटकीय स्थल गैंडे आहालमा मंगलवार फुटवल प्रतियोगिताको वारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै मूल आयोजक समितिका संयोजक समेत रहेका थापाले खेल सम्पन्न गर्न १५ लाख सम्मको खर्चको स्टमेट गरेको वताएका छन् ।

    “सामुदायिक वन युवा र प्रतिभा हाम्रो गहना, पर्यापर्यटनमा गैंडे आहाल प्रवद्र्धन हाम्रो चाहाना” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सामुदायिक वन स्तरीय फुटवल नेपालकै पहिलो प्रतियोगिता रहेको आयोजक समितिले दावी गरेको छ ।

    

     प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख १ हजार १ सय ११, दोस्रो हुनेलाई ७५ हजार ५ सय ५५ र तेस्रो हुने टिमलाई ४१ हजार १ सय ११ नगद, प्रमाण पत्र र ट्रफी प्रदान गरीने वताइएको छ । प्रतियोगिताको हरेक दिनको म्यान अफ दी म्याचलाई १ हजार नगद र अन्तिम दिन म्यान अफ दी सिरिजलाई १० हजार नगद प्रदान गरिने आयोजक वन समूहकी सचिव मेनुका श्रेष्ठले वताएकी छन् ।

     प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक रकम सहभागी प्रति टिमको प्रवेश शुल्क रु.१० हजार साथै अन्य रकम विभिन्न खेल प्रेमी व्यक्तित्वहरु, उद्योगी व्यवसायी, विभिन्न संघ संस्थाहरुवाट प्राप्त हुने सहयोगवाट संकलन हुने खेलका मुख्य सहयोगी संस्था प्रजापति सामाजिक क्लवका अध्यक्ष दिपेश रिमालले वताएका छन् । पुरस्कारको प्रायोजन गर्न इच्छुक व्यक्तित्व तथा संघसंस्थाहरुको खोजी भइरहेको वताइएको छ ।

    “हरियो वन नेपालको धन” भने जस्तै “सामुदायिक वन युवाको मन” लाई सार्थक वनाउँनुका साथै युवालाई गोलबद्ध गरी स्थानीय स्तरको पर्यटन प्रवद्र्धनमा खेलसँगजोड्दै हिन्दुहरुको महान पर्व दशैंको अवसरमा खेल आयोजना गरीएको खेल आयोजक समितिका सचिव ईश्वर सुवेदीले वताएका छन् ।

    प्रतियोगिता सम्पन्न गर्नका लागि वन समूहका अध्यक्ष थापाको संयोजकत्वमा समूहका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, प्रजापति सामाजिक क्लव, साविक सुरुङ्गा १ मा क्रियाशिल रहेका सम्पूर्ण संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु सहितको १५१ सदस्यीय मूल समारोह समिति निर्माण गरीएको आयोजक समितिका सदस्य डम्वर घिमिरेले वताएका छन् । प्रतियोगितालाई चुस्त दुरुस्त, मर्यादित, अनुशासित र पारदर्शी रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत निर्माण गरेर तिव्र गतिमा तयारी भइरहेको सदस्य घिमिरेले जानकारी दिएका छन् ।

Facebook Comments