मनोज वस्नेत
सुरुङ्गा \ रक्तदान जीवनदान भन्ने नारालाई आत्मसाथ गर्दै लायन्स क्लब तथा लीयो क्लब अफ कनकाई सुरुङ्गाको संयूक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कनकाई नगरापालिका–३ सुरुङ्गा चौकमा अवस्थित प्रधान मेडिसिन सेन्टरको अगाडीपटी भएको उक्त कार्यक्रममा ७७ जनाले रक्तदान गरेका थिए । देश व्यापीरुपमा भएको रगतको अभावलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ लायन्स क्लब इन्टरनेशलन डिस्टिक ३२५ए१ले वर्ष २०१८÷२०१९ का लागि रक्तदानलाई पनि मुख्य सेवाका रुपमा राखिएको हुनाले लायन्स क्लबले रक्तदान कार्यक्रमलाई यस वर्ष अलि बढी प्राथमिक्ता दिने क्लबका चार्टर प्रेसिडेन्ट लीलाप्रसाद चिमरियाले बताएका छन् ।
लायन्स क्लब भनेको एउटा सेवमुखी संस्था भएका कारण जहाँ आवश्यक्ता त्यहाँ लायन्स भन्ने नारालाई आधार मानि यस वर्ष रगत अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्येश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष रुपनारायण खतिवडाले बताए ।
लायन्स क्लब अफ कनकाई सुरुङ्गाका कोषाध्यक्ष सञ्जय गजुरेलको संयोजकत्व रहेको ३ सदस्यीय समितिको सक्रिय सहयोगमा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख अकिल अहमद सिद्धिकी, लीयो क्लबअफ कनकाई सुरुङ्गाका प्रेसिडेन्ट विजय पाठक, सेक्रेटरी गिवसन ढकाल, ट्याक्सी व्यवसायी संघ सुरुङ्गाका पदाधिकारीहरु लगायतले रक्तदान गरेको क्लबका सेक्रेटरी साजन थापाले बताए । उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी विर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।